समाचार

    Showing 7,241-7,250 of 19,556 items.
  • झापा प्रहरीद्वारा एक ट्याक्टर काँक्राको बीउ बरामत

    झापा  ।  झापाको दक्षिणी नाकाबाट  भारततर्फ तस्करी हुन लागेको अवैध ५० बोरा काँक्राको बीउसहित ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।बुधबार बिहान ४ः३० बजे झापा प्रहरीको टोलीले झापा गाउँपालिका-१ मा नम्बर प्लेट नखुलेको ट्याक्टरलाई शङ्का लागेर चेकजाँच गर्दा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लाँदै गरेको अवस्थामा ५० बोरा काँक्राको बीउ प्रतिबोरा ५० के.जीका फेला परेको थियो । अन्दाजी २ लाख ५० हजार बराबरको काँक्राको बीउ र ट्याक्टरको मूल्य, ५ लाख गरी जम्मा ७ लाख ५० हजारको अवैध सामान आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालयले

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 454 पटक पढिएको
  • बस अनियन्त्रित हुदा ७ वटा सवारी साधनलाई ठक्कर

    काठमाण्डौ । काठमाण्डौको गौशालास्थित पिंगलास्थानमा बुधबार यात्रुवाहक बसले अनियन्त्रित भएर अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।एयरपोर्टतर्फ जाँदै गरेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बसले अन्य सवारी साधनलाई ठक्कर दिएको हो। दुर्घटनामा परेर ३ जना घाइते भएका छन् ।घाइते हुनेमा धादिङका भएका ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोटका भएका २२ वर्षीय विकाश कट्टेल र खोटाङका भएका ३७ वर्षीय शैलेन्द्र राई छन् । राजकुमार श्रेष्ठ र शैलेन्द्र राई मोटरसाइकल चालक हुन् ।ठक्कर दिने गोकर्णेश्वर यातायातका चालक फरार भएका छन् । सो बसले बा.५ ख ७३१ नम्बरको हायस माइक्रो, बागमती प्रदेश–०१–०२६ च ८५७६ नम्बरको

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 312 पटक पढिएको
  • कोशी प्रदेशको सीमामा तस्करीको सिन्डिकेट : सुरक्षाकर्मी नै संलग्न !

    सुनसरी — कोशी प्रदेशअन्तर्गत सुनसरी जिल्लाका विभिन्न सिमा नाकाहरुमा तस्करीको गतिविधि दिन प्रतिदिन बढ्दो क्रममा छ। गुप्त अनुसन्धान अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीकै सेटिङमा भारतबाट भित्रिने विभिन्न सामानमा दर रेट तोकेर पैसा असुली गर्दै तस्करहरूलाई सहज रुपमा भन्सार नाका पार गराउने कार्य भइरहेको छ।जिटिभीले गरेको गुप्त स्ट्रिङ अपरेसनमा घुस्की, कप्तानगञ्ज र हरिपुरजस्ता नाकाबाट दैनिक करोडौंको तस्करी भइरहेको प्रमाण फेला परेको छ। फिल्मी शैलीमा सशस्त्र प्रहरीको आँखै अगाडि खुलेआम तस्करी हुँदा समेत प्रशासन मौन रहेको देखिनुले आम नागरिकमा गहिरो शंका उत्पन्न गराएको छ।जिटिभीको रिपोर्ट अनुसार सशस्त्र प्र

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 2,452 पटक पढिएको
  • नागढुङ्गा-नौबिसे सडक साढे ४ घण्टा बन्द

    काठमाण्डौ । राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुंगा-नौबिसे सडकखण्ड दिउँसो ४:३० घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिएका छन। यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो।आयोजनाले नागढुंगा-पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले जानकारी दिए।निर्माण आयोजनाले

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 260 पटक पढिएको
  • आज संसदीय समितिको बैठक बस्दै

    काठमाण्डौ । संघीय संसद अन्तर्गत विभिन्न ५ वटा समितिको बैठक बस्दैछ ।संसद सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति बैठक बस्न लागेको हो ।समितिका सबै बैठक सिंहदरबारमा बस्नेछन् । बिहान ७:३० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा २ वटा उपसमितिहरूले तयार पारेका प्रतिवेदनहरू समिति समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।पूर्वाधार विकास समितिको बैठक बिहान ८:३० बजे बस्नेछ । बैठकमा विद्युत विधेयक २०८० माथि संशोधनसहित दफावार छलफल हुनेछ ।अर्थसमितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पह

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 292 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८३ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७७ पैसा तोकिएको छ ।  अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ०

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 191 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतयाबदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँस कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 262 पटक पढिएको
  • नेपाल प्रहरीको रिक्त रहेको ११ डिआइजी पदमा बढुवा सिफारिस

    काठमाण्डौ  ।  नेपाल प्रहरीको रिक्त रहेको ११ डिआइजी पदमा बढुवा सिफारिस भएको छ। मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेको हो । डिआइजीमा सिनियर टोलीबाट मात्र बढुवा सिफारिस भएको छ । बढुवा सिफारिस हुनेहरुमा सुदर्शन कोइराला, दिपक रेग्मी, दिपेन्द्र घर्ती क्षेत्री, ओमबहादुर राना, माधव प्रसाद श्रेष्ठ,  दिलिपसिंह देउजा, बिनोद घिमिरे, दिपक बस्नेत, जयराज सापकोटा, सुरेन्द्र गुरुङ र संजीव शर्मा दासको बढुवा सिफारिस भएको हो ।उनीहरुमध्ये कोइराला र रेग्मी बाहेक राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली हो । सो टोलीका शारदा प्रसाद चौधरी बढुवामा छुटेका छन्।

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 446 पटक पढिएको
  • सिद्धिविक्रम शाह एआईजीमा बढुवामा सिफारिस

    काठमाण्डौ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शाहलाई बढुवा सिफारिस गरेको हो ।वहालवाला एआईजी लालमणि आचार्य उमेर हदका कारण जेठ १० गते अवकाशमा जादैँछन्।

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 359 पटक पढिएको
  • स्रोत नखुलेको २५ लाखसहित साँगाबाट दुई जना पक्राउ

    काठमाण्डौ  ।  स्रोत नखुलेको २५ लाख रूपैयाँसहित काभ्रेको साँगाबाट दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ का २१ वर्षीय राजन धमला र उनका साथी सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ का ३८ वर्षीय सञ्जय कुमार साह छन् । मंगलबार दिउँसो काभ्रेको बनेपा नगरपालिका-१४ साँगाचोकमा प्रहरी सहायक निरीक्षक भगवान अधिकारीको कमान्डमा ट्राफिकसहित खटिएको संयुक्त चेकिङ टोलीले पनौतीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बसमा सवार धमलाले बोकेको रातो जेब्रा झोलामा स्रोत नखुलेको २५ लाख रूपैयाँ फेला पारेको थियो । नगदसहित पक्राउ परेका दुवैलाई जिल्ला प्र

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 283 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा