समाचार

    Showing 6,861-6,870 of 23,538 items.
  • १६ अंक बढ्यो नेप्स, कारोबार रकम घट्यो

    काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसुचक १६.६७ अंकले बढेको छ । यसअघि लगातार तीन कारोबार दिन घटेर बन्द भएको नेप्से आजभने बढेर २५०३.८५ बिन्दुमा पुगेर रोकिएको हो ।यसअघि बिहीबार १८.४० अंकले घटेको नेप्से २४८७.१७ अंकमा झरेर बन्द भएको थियो । यसदिन कुल ३२३ स्टकको २ अर्ब ७९ करोड ११ लाख ८९ हजार रुपैयाँको कुल ६१ लाख ९९ हजार ९ सय कित्ता शेयर करोबार भएको छ । यसअघि ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँको ७६ लाख ४३ हजार कित्ता शेयर कारोबार भएको थियो । यस हिसाबले अघिल्लो कारोबारको तुलनामा आजभने कारोबार घटेको छ ।आज सेन्सेटिभ इन्डेक्स २.१३, फ्लोट इन्डेक्स ०.९८ र सेन्सेटिभ फ्लोट इन्क्डेक्स ०.७२ अंकले बढेको

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 264 पटक पढिएको
  • मुख्यमन्त्री बानियाँको नयाँ अभियान : सुनुवारलाई नयाँ घर हस्तान्तरण

    मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रकुमार बानियाँले आफ्नो सरकारी सेवाबाट जनताको जीवनस्तर सुधार गर्न थालेको अभियान अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा एक विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरेका छन् ।मनहरी गाउँपालिका–९, ज्यामिरेकी मिठो माया सुनुवारका लागि बनाइएको घर शुक्रबार एक विशेष समारोहबीच औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। उक्त घर पूर्णरूपमा भूकम्प प्रतिरोधी प्रविधिबाट तयार पारिएको छ । निर्माण समितिका अनुसार घरको अनुमानित लागत रु. ४ लाख ६५ हजार रहेको छ । घरमा आवश्यक आधारभूत सुविधा जस्तै पानी, बिजुली, र सुरक्षित बासको व्यवस्था गरिएको छ ।घर निर्माण समितिक

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 249 पटक पढिएको
  • बाजुरामा मतदाता नामावली दर्ता कार्य धमाधम

    बाजुरा ।  बाजुरामा मतदाता नामावली दर्ता धमाधम भइरहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि  जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता कार्यलाई तीव्रता दिइएको हो । असोज १० गतेदेखि सञ्चालन भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य विहान ८ बनेदेखि साँझ ६ बजेसम्म निरन्तर चल्ने गरेको जिल्ला निर्वाचन कार्यालय बाजुरामा निमित्त जिल्ला निर्वाचन अधिकारी अङ्गत बहादुर महत बताए ।उनका अनुसार,हालसम्म तीन हप्ताको अवधिमा २२१ जनाले मतदाता नामावली सूचीमा नाम दर्ता गराएको बताएका छन् । जसमा पुरुष १३३ जना र महिला ८८ जना रहेको निमित्त जिल्ला निर्वाचन अधिकारी महतको भनाइ छ

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 210 पटक पढिएको
  • डा. संगिता मिश्रा सहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ ।आयोगका अनुसार म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा लागत अनुमान तयार गर्ने चरणदेखि नै मिलेमतो गरी ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी कार्य सम्पन्न गरिएको पाइएको छ । ठेक्का सम्झौताको शर्तअनुसार सम्पूर्ण सामाग्री नआइकनै झुट्टा तथा नक्कली बिल बिजक तयार गरी झुटो आधारमा १३ करोड ३७ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरिएको आयोगले जनाएको छ ।आर्थिक वर्ष २०७८/७९ सालमा स्वास्थ्य सेवा विभागले गरेको म्यामोग्राफी मेसीन सम्बन्धी ठेक

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 225 पटक पढिएको
  • वागमती प्रदेश सभा बैठक तिहारपछि, नयाँ भवनको सरसफाई गरिंदै

    हेटौँडा । लामो समयदेखि अवरुद्ध वागमती प्रदेश सभाको बैठक तिहारपछि सञ्चालन गर्ने तयारी थालिएको छ । प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री सभा हलमा बैठक राख्ने तयारी गरिएको छ ।प्रदेश सभाको मुख्य भवन क्षतिग्रस्त भएपछि तत्कालका लागि हेटौँडा उपमहानगरपालिका कार्यालय पछाडिको भवनमा अस्थायी रूपमा बैठक सञ्चालन गर्नका लागि उक्त भवनको मर्मत सम्भार कार्य भइरहेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उक्त हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालनको तयारी गरेको हो ।जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको उक्त भवनको अधिकांश भाग जलेका छन् । अल्मोनियम र युपिभिसी प्रोफाइलबाट निर्म

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 215 पटक पढिएको
  • देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा समृद्धि, समानता र शान्ति सुव्यवस्थाको स्थापनाका लागि आफू दृढ प्रतिबद्ध रहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्नेमा जोड दिए ।‘म देशमा समृद्धि ल्याइनुपर्छ, समानता ल्याइनुपर्छ, शान्ति सुव्यवस्था विश्वसनीय ढंगले स्थापना हुनुपर्छ,’ उनले भने, ‘हरेक व्यक्तिले आफ्नो जिउँधन, अधिकार र सम्पत्तिको प्रत्याभूति पाउनुपर्ने हो ।’उनले समाजमा प्रत्येक नागरिकले आत्मसम्मानसहित बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताए । ओलीले आफ्ना मूल्य र

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 239 पटक पढिएको
  • दल दर्ता गर्न आएका हर्क साङपाङ भन्छन् : श्रम गर्ने मान्छेलाई माटोसँग जोड्छु

    काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गरेका छन् । ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि आयोगमा निवेदन पेश गरेका साङपाङले आइतबार आयोगमा पुगी दल दर्ता प्रक्रियाका लागि सनाखत गरेका हुन् । दर्ता प्रक्रियाका लागि सनाखत गरेपश्चात पत्रकारहरुसँग कुरा गर्दै उनले श्रम संस्कृति पार्टी र माटो चुनाव चिन्ह राखी मान्छेलाई माटोसँग जोड्ने बताए । उनले भने, ‘अध्यक्ष भन्दा हुन्छ, श्रम संस्कृति पार्टी हो । चुनाव चिन्ह हामीले ‘माटो’ राखेका छौं । माटो चुनाव चिन्ह, श्रम संस्कृति पार्टी । श्रम किन गर्ने भने श्रम गरेर म मान्छेलाई माटोसँग जोड्छु ।

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 343 पटक पढिएको
  • उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय

    काठमाडौं । बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय भएको छ ।प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको महाप्रबन्धक प्रदीप अधिकारीले जानकारी दिए । सञ्चालक समितिको असोज ३० गते बसेको बैठकको निर्णयमा अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले आज हस्ताक्षर गरेका छ । योसँगै अब अदालतसँग वार्ता र सम्झौता गर्न ढोका खुलेको छ ।निर्णयमा लेखिएको छ, ‘२०८२ भदौ २३ र २४ मा भएको प्रदर्शनका क्रममा काठमाडौं जिल्ला अदालतको भवनमा क्षति हुन गई कार्य सञ्चालनमा बाधा पुगेको। सम्मानीत सर्वोच्च अदालत एवं संस्कृति, पर्यटन

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 195 पटक पढिएको
  • करीना र करिश्मा कपूर नयाँ लुक्समा

    एजेन्सी । बलिउडकी अभिनेतृद्वय करीना कपूर खान र करिश्मा कपूर नयाँ लुक्समा देखिएका छन् । हालै मुम्बईमा देखाइँदा उनीहरु क्याजुअल तर स्टाइलिश पहिरनमा देखिए ।आरामदायी तर स्टाइलिश पहिरनमा सजिएकी करीना कपूर खानले फेसनदार सनग्लासमा शुभचिन्तकहरुको मन खिचिन् । आफ्नो आकर्षक उपस्थितिले दर्शकहरूलाई मोहित पार्ने अभिनेत्रीले शहरमा अनौपचारिक घुमफिर वा व्यस्तताकै विच शुभचिन्तकहरुलाई हात हल्लाएर शुभेच्छा प्रकट गरिन् ।कपूर दिदीबहिनीहरू सधैं बलिउडका उत्कृष्ट स्टाइल आइकनहरू हुन्, जो ग्ल्यामरलाई सरलतासँग मिसाउनका लागि परिचित छन् ।

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 335 पटक पढिएको
  • न्यूनतम् पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिए नर्स

    विराटनगर— न्यूनतम् पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै विराटनगरका दुई वटा अस्पतालका नर्स आन्दोलनमा उत्रिएका छन् । नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पताल र विराट शिक्षण अस्पतालका नर्सहरू आन्दोलित भएका हुन् ।विराट शिक्षण अस्पतालका नर्सहरू शनिबारदेखि आन्दोलनमा उत्रिएका थिए भने नोबेलका नर्सहरू आइतबारदेखि आन्दोलित भएका हुन् ।न्यूनतम् सेवा सुविधाको माग गर्दै उनीहरूले आन्दोलन घोषणा गरेका हुन् । श्रमशोषणविरुद्ध नर्सहरूले अस्पतालको प्रशासन घेराउ गरेर नाराबाजी गरिरहेका छन् ।अस्पतालका सबै विभागमा कार्यरत नर्ससहितका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । 

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 519 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.