समाचार

    Showing 6,861-6,870 of 19,527 items.
  • तीनकुने घटना: प्रसाईँ थुनामा, क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतको आदेश

    काठमाडौ— तीनकुने घटनासम्बन्धी थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। साथै, क्यान्सर पीडित प्रसाईँको अस्पतालमा उपचारको व्यवस्था गर्न समेत अदालतले निर्देशन दिएको छ।अदालतले यो आदेश बिहीबार मध्यराति न्यायाधीश ध्रुबराज कार्कीको इजलासबाट दिएको हो।प्रसाईँको तर्फबाट बहस गरेका अधिवक्ता स्वागत नेपालले अदालतको इतिहासमा पहिलो पटक थुनासँगै उपचारको व्यवस्था गर्न आदेश आएको बताएका छन्।थुनछेक बहसमा संलग्न ३९ जनामध्ये प्रसाईँसहित ७ जनालाई थुनामा पठाउने निर्णय भएको छ।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 263 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै

    काठमाण्डौ । लामो समयदेखि अवरुद्ध हुँदै आएको संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आजका लागि पनि बोलाइएको छ । बैठक आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरुले जेठ १३ गतेदेखि लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका विपक्षी दलहरूले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका हुन् । विपक्षी दलहरुको अवरोधको कारण प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको हो । पटक–पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन्

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 228 पटक पढिएको
  • मध्यरातमा आएको आदेशमा दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि कारागार पठाइने

    काठमाडौं — चैत १५ गते तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न ठहर गर्दै काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सम्पन्न भएपछि मध्यरातमा उक्त आदेश जारी गरिएको हो। अदालतले बाँकी ३२ जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ।प्रदर्शनका 'जनकमान्डर' भनेर चिनिएका प्रसाईँ सहित ३९ जना प्रतिवादीलाई थुनछेक बहसका लागि इजलास बाहिर राखिएको थियो। उनीहरू चैत १५ गते संयुक्त जनआन्दोलन समितिको प्रदर्शनका क्रममा भड्किएको हिंसामा संलग्न रहेको अभियोग छ। उक्त प्रदर

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 331 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २६ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 176 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।देशभर आंशिकदेखि साधरणतया बदली रहेको र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा अहिले चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 193 पटक पढिएको
  • एयर इन्डिया दुर्घटना: ६१ जना विदेशी नागरिक सवार

    गुजरात— भारतको गुजरातस्थित अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा ६१ जना विदेशी नागरिक सवार रहेको पुष्टि भएको छ। भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार तीमध्ये बेलायतका ५३, पोर्चुगलका ७ र क्यानडाका एक नागरिक थिए।विमानमा १६९ जना भारतीय यात्रुहरू तथा १२ जना क्रु सदस्यहरू रहेको जनाइएको छ। बिहीबार गुजरातको अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डिया ७८७ विमान केही मिनेटमै दुर्घटनामा परेको हो। विमान बस्ती क्षेत्रमा रहेको डाक्टरहरू बस्ने एक होस्टेलमा खसेको जानकारी प्रहरीले दिएको छ। सो होस्टेलमा ५०–६० जना बस्दै आएको बताइएको छ।विमानमा गुजरातका पूर्व मुख्यमन्त्र

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 245 पटक पढिएको
  • एअर इण्डियाको २४२ यात्रु सवार विमान दुर्घटना

    काठमाडौं। भारतको गुजरात राज्यस्थित अहमदाबादमा बिहीबार दिउँसो एक गम्भीर विमान दुर्घटना भएको छ। लन्डनका लागि उडान भरेको एअर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान टेकअफको केहीबेरमै दुर्घटनाग्रस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।विमानमा २४२ जना यात्रु सवार थिए, जसमा चालक दलका सदस्यहरू पनि रहेका छन्। प्रारम्भिक जानकारी अनुसार विमान सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलको बाउन्ड्रीमा अवस्थित संरचनामा ठोक्किएर दुर्घटनामा परेको आशंका गरिएको छ।दुर्घटनापछि विमानस्थल क्षेत्रबाट बाक्लो धुवाँको मुस्लो निस्किएको तस्बिरहरू सार्वजनिक भएका छन्। उद्धार कार्यका लागि सुरक्षाकर्मी र आपतकालीन टोली ख

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 92 पटक पढिएको
  • टेकुमा जाँच गराएकामध्ये ५ जनामा कोरोना भएको पुष्टि

    काठमाडौं— शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा परीक्षण गराएका मध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पछिल्लो एक हप्तामा जचाउने आएका मध्ये ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनीहरु ज्वरोलगायतका संकास्पद लक्षण लिएर आएका थिए। परीक्षणका क्रममा कोरोना पुष्टि भएको छ।काठमाडौंको नर्भिक अस्पतालबाट रिफर भएर टेकु पुगेका एकजना भने भर्ना भएर उपचार गरिरहेका छन्। उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।अस्पताल स्रोतका अनुसार उनले ८ दिन नर्भिक अस्पतालमा उपचार गरेका थिए। त्यसपछि रिफर लिएर टेकु आइपुगेका हुन्।  इपिडिमियोलोजी तथा

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 243 पटक पढिएको
  • १ करोड ५० लाख बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— १ करोड ५० लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी हिरण्य कुमार मगरलाई प्रहरीले पक्राउ गरेको छ।भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–१४ महालक्ष्मी बसोबास गर्दै आएका ४१ वर्षीय मगरलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।उनका अनुसार नेपाल सरकार वादी भई दायर भएको सो मुद्दामा मगर लामो समयदेखि फरार रहेका थिए। उनलाई पक्राउ गरी हाल थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मगरविरुद्ध अदालतले बैंकिङ कसुरसम्बन्धी ठुलो बिगोको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश द

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 191 पटक पढिएको
  • एयर इन्डिया विमान दुर्घटनाः हालसम्म ५० शव निकालियो

    गुजरात— भारतको गुजरातस्थित अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ।उद्धारकर्मीहरूले विमानको भग्नावशेषबाट हालसम्म ५० जनाको शव निकालेका छन्। आगलागी नियन्त्रण र उद्धार कार्यसँगसँगै जारी रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्नेछ।घटनास्थलमा उद्धार तथा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ। उनीहरूले आगो निभाउँदै भग्नावशेषभित्र फसेका घाइते तथा अन्य यात्रुहरूको खोजीलाई तीव्र पारेका छन्।विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीसहित २४२ जना यात्रु सवार थिए। लन्डनका लागि उडान भरेको केही मिनेटमै विमान दुर्घटनामा परेको थियो।

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 333 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा