काठमाडौँ / काठमाडौँको बौद्धबाट अनलाइन गेम बिङ्गो खेलेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका –१ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका –७ स्थित शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पासहित १६ जना रहेका छन् । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका –६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले ७४ हजार १ सय ५० रुपैयाँ, १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर बरामद गरेको छ ।
विराटनगर / विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डा. विजय यादवको हत्याको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई घरभई हाल विराटनगर बस्ने जीवन कठेत र सुदीप पौडेलसहित आठ जना रहेका छन् । पक्राउ परेका आठ जना विरुद्ध प्रहरीले ‘अभद्र व्यवहारको मुद्दामा’ तीन दिन म्याद थप गरि अनुसन्धान सुरु गरेको बताइएको छ । सप्तहरीको विष्णुपुर गाउँपालिका –१ घर भई हाल बिराटनगरमा बस्दै आएका डा. यादवको चैत १९ गते (शनिबार) बिहान डेरा बसेको घरको कम्पाउण्डमा मृत फेला परेका थिए । मृतकको पोस्मार्टम रिपोर्ट नआएसम्म हत्या हो वा दुर्घटना भएको यकिन नभएकोले अनुसन्धान
काठमाडौं / सोमबार पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना जारी गर्दै बतास समूहले सञ्चालन गर्दै आएको पशुपति धर्मशालाको भवन खाली गर्न आग्रह गरेको छ ।पशुपति क्षेत्र विकास र बतास समूह बिच भएको सम्झौता भंग गरी सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहलाई धर्मशालाको भवनमा खाली गर्न अनुरोध गरेको थियो । बतास समूहले कोषको पत्र बुझ्न नमाने पछि सार्वजनिक सूचना नै निकालेर धर्मशालाको भवन खाली गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।
मोरङ / मोटरसाइकल दुर्घटनामा परी मोरङको बुढीगंगा गाउँपालिका-२ टंकीसिनवारीमा एकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । हिजो(आइतबार) राती टंकीसिनवारी चोकमा तीनजना सवार को १७ प ७६७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका मोटरसाइकल चालकलाई उपचारको लागी विराट मेडिकल कलेज गंगाचोक लगिएकोमा उपचारको क्रममा रातिनै मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा इटहरी १९ खनारका २२ वर्षीय अनिस कार्की रहेका छन् । मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।
बिर्तामोड / मोरङको लेटाङ घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आरोपमा ६३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार पक्राउ परेका मध्ये २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप भएको र बाँकी ४३ जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । घटनाको सम्पूर्ण अनुसन्धान सात दिनभित्र सकिने प्रहरीले जनाएको छ । मोरङको लेटाङस्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा सातमा अध्ययनरत छात्रालाई होलिका
चितवन / चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९, बाँदरझुलाका सुरेश बिक रहेका छन् । आफन्तको घरमा बस्दै आएका बिकलाई भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ बाघले आक्रमण गरेको थियो । घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन् ।
बिर्तामोड / सुनसरीको इटहरीमा बेबिलोन सेकेन्डरी बोडिङ स्कुलको बसले ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया मेहरुन खातुन रहेकी छिन् । खातुनलाई इटहरी- १८ नयाटोल स्थित कान्छीचोक चतरा सडक खण्डमा को १ क १८६६ नम्बरको बसले ठक्कर दिएको हो । पैदल हिँडिरहेकी खातुनलाई बसले ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय पकलिबाट खटिएको प्रहरी टालीले कानुनी प्रकृया पुरा गरी सवारी चालक मोरङ सुन्दरहरैचा -६ का ३६ वर्षीय प्रेम कुमार सार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरह
बिर्तामोड / झापा सदरमुकाम भद्रपुरबाट संघीय राजधानी काठमाण्डौ मात्रै उडान हुँदै आएको विमानस्थलबाट भारतीय पर्यटकलाई लक्षित गरी पोखरा सिधा उडान हुने भएको छ । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले अन्तर प्रादेशिक उडान अन्तर्गत भारतीय सीमावर्ती राज्य पश्चिम बंगाल र सिक्किमका पर्यटकलाई लक्षित गरी वैशाख २ गतेबाट उडान सुरु गर्ने भएको हो ।इलामको चियाबगान , ताप्लेजुङको पाथिभरा सहित भारतको दार्जिलिङ र सिक्किम सहितका ठाउँलाई पोखरासँग जोड्नका लागि नयाँ गन्तव्यमा उठान थाल्ने निर्णय भएको बुद्ध एयरले जनाएको छ । नेपाल र भारत सहित तेस्रो मुलुकका पर्यटक सम्मको रोजाईमा पर्ने ठाउँलाई जोड्नका लागि दैनिक
सोलुखुम्बु / सोलुखुम्बुमा खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका-७ चेराखु बस्ने जीवन राईको ५ वर्षीया छोरी पबित्र राई रहेकी छिन् । आज बिहान १२ बजेको समयमा घर नजिकै रहेको बर्खु खोलामा खेल्ने क्रममा अचानक पानीमा डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बिर्तामोड / नेपाल विद्युत प्राधिकरणले नेपालका बिभिन्न ठाउँमा अघोषित रुपमा लोडसेडिङ गर्दै आइरहेको छ । लोडसेडिङका कारण उद्योगीहरू व्यवसायीहरू समस्या परेका छन् । प्राधिकरणले इटहरी र विराटनगरमा विगत एक साता अघि देखि दैनिक १४ घण्टासम्म विद्युत कटौती गर्दै आएको छ । प्राधिकरणले भारत सँग विद्युत खरिद गरि ल्याउन नसकेको भन्दै कुनै जानकारी बिना नै विद्युत कटौती गरेका कारण उद्योगहरू थप समस्यामा परेको बताउँछन् । विद्युत प्राधिकरणले उद्योगहरूलाई तत्काल विद्युत उपलब्ध गराउनु पर्ने उद्योगहरूको भनाइ रहेको छ ।दैनिक रुपमा १२ देखी १४ घण्टा सम्म भइरहेको लोडसेडिङले ६० प्रतिशत 
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.