काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वमा दुर्गम क्षेत्रमा अत्यावश्यक वस्तुको अभाव हुन नदिनेगरी सुपथ मुल्यमा खाद्यान्न उपलब्ध गराइने बताएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री भण्डारीले अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन थप योजना, व्यवसायिकता वृद्धि गर्न आवश्यक रहेको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशनको व्यवसायिकता बिस्तार गर्ने र अझ सेवा प्रवाहमा सहज गर्ने कुरामा मन्त्रालयले आवश्यक योजना बनाइरहेको बताए । उनले सरकारले मन्
काठमाडौं- गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारको विषयमा समिति स्पष्ट हुनुपर्ने बताएका छन् । बिहीवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने ? जाने हो भने कतिसम्म जाने ? भन्नेकुरामा समिति स्पष्ट हुन जरुरी रहेको बताएका हुन् । उनले अख्तियार निजी क्षेत्रमा जानु हुँदैन भन्नेमा आम सहमति देखिएको समेत बताए । सरकारी पैसा निजीमा गएको छ भने हेर्नुपर्ने भन्नेमा पनि सांसदहरु सहमत देखिएको उनको भनाइ छ । गृहमन्त्री लेखकले सरकारी पैसा निजीमा गएको भए कस्तो गएको ? ऋण गएको की, अनुदान गएको
काठमाडौं–कोशी प्रदेशमा पहिलो पटक ट्रायल पास गरेलगत्तै अस्थायी सवारी अनुमतिपत्र वितरण गर्न सुरु गरिएको छ । स्मार्ट लाइसेन्सका लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै प्रदेश सरकारले बुधबारदेखि अस्थायी अनुमतिपत्र वितरणको सुरुवात गरेको हो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा मुख्यमन्त्री हिक्मतबहादुर कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले औपचारिक रूपमा सवारी अनुमतिपत्र वितरण गर्दै यो नयाँ व्यवस्थाको उद्घाटन गरेका हुन् । अस्थायी अनुमतिपत्र एक वर्षसम्म मान्य हुनेछ र यस अवधिमा स्थायी स्मार्ट लाइसेन्स छाप्ने तयारी भइरहेको छ ।यो नयाँ प्रणालीले अब सेवाग्राहीले
काठमाडौं–सरकारले चाडबाडलाई लक्षित गरी सहुलियत मूल्य पसल असोज ७ देखि छठसम्म सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानलाई सहुलियत पसल सञ्चालन गर्न निर्देशन दिएको छ ।४२ जिल्लामा ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुनेछ, जहाँ चामल, दाल, गेडागुडी, तेल, चिनी, घ्यूजस्ता अत्यावश्यक वस्तुहरूमा छुट उपलब्ध हुनेछ। साल्ट ट्रेडिङले उपत्यकामा ९ स्थान र अन्य २२ जिल्लामा सहुलियत पसल सञ्चालन गर्नेछ ।दुग्ध विकास संस्थानले भदौदेखि कात्तिक मसान्तसम्म छुट योजना लागू गरेको छ भने आयल निगमलाई पेट्रोलियम आप
सुनसरी । सुनसरी जिल्लाको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट भाद्र २६ गते सशस्त्र प्रहरीले २ सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा ईलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अबस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बिओपी लौकही र सुरक्षा बेश भुटाहाको टोलीले बरामद गरेको हो ।सशस्त्र प्रहरीले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा फसेपछि चालक भने फरार भएका थिए । बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।यसअघि सशस्त्र प्रहरीले भाद्र २५ गते सोही
जुम्ला । पहिरोले कर्णाली राजमार्ग निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गए रातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्णरुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन र तिनका यात्रु अलपत्र परेका छन् ।
काठमाण्डौ । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो ।आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्य
काठमाण्डौ । वाइफाइ अवरुद्ध भएकोे विवादमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । खुर्पा प्रहारबाट छोरी घाइते भएका छन् । बाराको निजगढ नगरपालिका–९ की ४० वर्षीया लक्ष्मी राईको श्रीमानले हत्या गरेका हुन् ।प्रहरीका अनुसार, घटना मंगलबार साँझ करिब साढे ७ बजे भएको हो, जब ४६ वर्षीय बिमलकुमार वस्नेतले मादक पदार्थ सेवन गरेर घर फर्केपछि वाइफाइ रिचार्जको विषयमा श्रीमतीसँग विवाद भयो । ४ दिनदेखि घरमा वाइफाइ सेवा बन्द थियो । श्रीमतीले रिचार्ज गर्न पैसा नहुने रक्सी खान हुने भनेपछि विवाद चर्किएको थियो । त्यसपछि बिमलले खुर्पाले श्रीमतीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।उनलाई बचाउन आएकी १८ वर्षीया
काठमाण्डौ । संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक बिहीबार बस्दैछ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुनेछ।उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची छ।
काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र गण्डकी प्रदेशका एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राती देशभर आंशिक देखि साधारण
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.