समाचार

    Showing 531-540 of 17,356 items.
  • कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता

    कञ्चनपुर— जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन्। फिर्ता आएकामा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन्।कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागार तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये अझै ९९ जना फरार रहेका छन्। फरारमध्ये १७ महिला कैदीसमेत छन्। जोशीका अनुसार फिर्ता भएकामध्ये ६३ कैदीलाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी पुनः कारागारमा बुझाएको हो।कारागारमा हाल १४ भारतीय नागरिकसमेत कैद सजाय भोगिरहेका छन्भने १७ भारतीय कैदी अझै फरार छन्। स्वेच्छिक रूपमा फिर्ता हुन तोकिएको समयभित्र नफर्किने कैदी तथा थुनुवामाथि कारागार ऐन, २०७९ र अन्य प्रचलित का

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 374 पटक पढिएको
  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गुह्येश्वरीमा छठी माताको पूजा अर्चना

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलका साथ छठ पर्व २०८२ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए । राष्ट्रपति पौडेल गुहृेश्वरीमा पुग्दा राष्ट्रिय सभा सदस्य विष्णुदेवि पुडासैनी, पशुपति विकास कोषका पदाधिकारी, काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगत, छठ

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 393 पटक पढिएको
  • हिमपात र वर्षाको कारण दैनिक जीवन र पर्यटन प्रभावित हुन सक्ने चेतावनी

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।महाशाखाले सोमबार दिउँसो सुचना जारी गदै यस्तो जानकारी दिएको हो । महाशाखाका अनुसार, मिति २०८२/०७/१० गते रातीदेखि २०८२/०७/१२ गते बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुने अनुमान गरिएको छ ।साथै, गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा एक–दुई स्थानमा भारी हिमपात हुने सम्भावना पनि रहेको छ । हिमपात र वर्षाले दैनिक जीवनसँगै

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 389 पटक पढिएको
  • जेनजी आन्दोलनमा भएको लुटपाट र तोडफोडबारे छानबिन गर्न महासंघद्वारा सरकारलाई आग्रह

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।महासंघले सोमबार जारी गरेको वक्तव्यमार्फत आन्दोलनको समयमा घुसपैठमार्फत भएको ती घटनाहरूले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै आर्थिक गतिविधिमै नकारात्मक असर पु¥याएको जनाएको छ । महासंघका अनुसार, पीडित व्यवसायीहरूले जाहेरी नै दर्ता नहुने गुनासो गरिरहेका छन्, जसले दण्डहीनता मौलाउने र व्यवसायी हतोत्साहित हुने अवस्था सिर्जना गरेको छ ।महासंघले भनेको छ, “यदि यस्तो अवस्था कायम रह्यो भने लगानीक

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 370 पटक पढिएको
  • अमेरिकी राष्ट्रपति ट्रम्प मलेसिया भ्रमण सकेर जापान प्रस्थान

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियामा सम्पन्न ४७ औं आसियान शिखर सम्मेलनमा सहभागी भई सोमबार बिहान क्वालालम्पुरबाट जापानतर्फ प्रस्थान गरेका छन् ।२४ घण्टे सफल भ्रमण सम्पन्न गरी ट्रम्पले मलेसियाली जनतासँग विदाइ लिँदै ‘एयर फोर्स वन’ विमानमार्फत मलेसियाबाट प्रस्थान गरेका हुन् । मलेसियामा रहँदा उनले स्थानीय अधिकारीहरूसँग भेटघाट गरेका थिए भने मलेसियाली जनताले उनलाई बिदाइ दिएका थिए ।ट्रम्पले आफ्नो ट्रुथ सोसियल अकाउन्टमा लेखेका छन,“म मलेसियाबाट प्रस्थान गर्दैछु, यो एक महान् र जीवन्त देश हो । यहाँ महत्वपूर्ण व्यापार तथा दुर्लभ खनिजसम्बन्धी सम्झौता भयो, र हिजो सबैभन्दा महत्वपूर्ण रूपमा थाइ

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 380 पटक पढिएको
  • किष्ट अस्पताल प्रकरणः स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रु ग्यास प्रहार

    काठमाडौं— सुत्केरीको मृत्यु भएपछि ललितपुरको किष्ट अस्पतालमा तनावको अवस्था सिर्जना भएको  छ ।  सुत्केरी गराउने क्रममा खोटाङकी एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताललाई दोष दिँदै तोडफोड गरेको हो ।मृतकका आफन्तहरूले अस्पतालको लापरवाहीले गर्दा मृत्यु भएको भन्दै तोडफोड र भीड जम्मा गरेर विवाद गर्न थालेका थिए । त्योसँगै अहिले अस्पतालमा तनाव भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सुत्केरीको मृत्यु कात्तिक ७ गते नै भएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 392 पटक पढिएको
  • ग्यास बुलेटले ठक्कर दिदा श्रीमान‍्को मृत्यु, श्रीमती गम्भीर घाइते

    मकवानपुर— मकवानपुरमा ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने चालककी श्रीमती गम्भीर घाइते भएकी छन्।मकवानपुरको मनहरी गाउँपालिका–७ लच्का स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एन एल०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा स्कुटर चालक पुरुषको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।मृत्यु हुनेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा अस्पताल पुग्ने बित्तिकै चिकित्सकले

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 381 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं— नेपाली बजारमा सुनको भाउ सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो ।आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । आइतबार सुन २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो ।  त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेको हो । आइतबार ३ हजार १५ रुपैयाँमा कारोवार भएको चाँदी आज २९ सय ८० रुपैयाँमा कारोवार भैइरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 421 पटक पढिएको
  • किस्ट अस्पतालमा गर्भवतीको मृत्युपछि अवस्था तनावग्रस्त, भिड नियन्त्रणमा समस्या

    काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालको अवस्था तनावग्रस्त भएको छ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको हो । अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड गरिँदा केही व्यक्ति घाइते समेत भएका छन् ।अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरु भेला भएका छन् । गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तह

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 94 पटक पढिएको
  • उपचारका लागि देउवा दम्पती आज सिंगापुर जाँदै

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणासहित उपचारका लागि सोमबार सिंगापुर जाँदैछन् ।उनीहरू उपचारका लागि सोमबार राति ९ बजे सिंगापुर जाँदै छन्।गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनीहरूमाथि सांघातिक आक्रमण गरिएको थियो।जेन जी आन्दोलनको दोस्रो दिन देउवा दम्पतीमाथि कुटपिट भएको थियो र देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।देउवाले स्वास्थ्यको कारण देखाउँदै असोज २८ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएका थिए।जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा सोही दिन केन्द्रीय कार्यालयमा उपस्थित भएका थिए ।यस्तै ऊर्जा,जलस्रोत तथा सिन्चाइ,भौतिक पूर्वाधार तथा

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 410 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा