सोलुखुम्बु / एक वर्षमा खुम्बुक्षेत्र भ्रमणमा आएका १३ जना विदेशी पर्यटकको मृत्यु भएको छ भने दुई जना हराएका छन्। पर्यटक प्रहरी कार्यालय लुक्ला सोलुखुम्बुका अनुसार २०७८ को जेठदेखि ०७९ को जेठसम्ममा खुम्बु भ्रमणमा आएका १३ जना विदेशीको मृत्यु भएको र दुई जना बेपत्ता भएका हुन् । २०७८ मा सगरमाथा आरोहण गरेर फर्कने क्रममा लडेर वैशाख ३० गते ३४ वर्षीय बेलायती नागरिक, ४१ वर्षीय स्वीस नागरिक र जेठ ८ गते ३४ र ६१ वर्षका दुई बेलायती नागरिकको मृत्यु भएको थियो । त्यस्तै असोज २९ गते भारत केरलाका २० वर्षीय नागरिक र कात्तिक १९ गते १९ वर्षीय बेलायती नागरिकको लेक लागेर बेस क्याम्प क्षेत्रमा मृत्यु भएको
झापा / बहुविवाह मुद्दा र सवारी ज्यान मुद्दाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुविवाह मुद्दाका सुनसरी इटहरी उप- महानगरपालिका वडा नं २ बस्ने ३६ वर्षीय सुशील पोदार र सवारी ज्यान मुद्दाका सुनसरी धरान उप- महानगरपालिका वडा नं- २० देबिगाउ बस्ने २८ वर्षीय रामशरण राई रहेका छन् । उनिहरुलाई १ नम्बर प्रहरी कार्यालय विराटनगर आर आइ टि बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पोदारलाई आज र राईलाई गत १६ गते पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार पठाइएको छ ।प्रतिव
काठमाडौँ / सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको हो । यस भन्दाअघि अधिकारीलाई हटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन समिति गठन गर्नुका साथै दुई पटक स्पष्टीकरण समेत सोधिसकेको थियो ।कानुनी आधार र औचित्यबिना ट्वीनेटर विमान भाडामा दिएको, निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रयोजनको लागि भ्रमण कार्यमा विना निर्णय जम्बो टोली सहभागी गराई निगमलाई ठूलो वित्तीय हानी नोक्सानी पुर्याएको उनीमाथि आरोप लागेको थियो । त्यस्तै सार्वजनिक प्रतिस्पर्ध
झापा / सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनपुर नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अञ्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा
काठमाडौं / स्रोत नखुलेको रकम सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- ६ तिनचुली बगला मार्ग बस्ने गोरखा चुम नुब्री गाउँपालिका- १ घर भएका २४ वर्षीय धावा घ्याल्चेन रहेका छन् । उनलाई स्रोत नखुलेको नगद ४९ लाख ५० हजार ५० रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका- ६ भृकुटी चोकबाट बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई उक्त रकम ३२ लाख ५० रुपैयाँ सहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा प्रहरीले उनको डेरा कोठाबाट थप १७ लाख ५० हजार रुपैयाँ फेला पारेको हो । यस सम्बन्धमा थप
झापा / निलकण्ठ नगरपालिका- ३ धादिङबेसी थोपल खोलास्थित सडकबाट बिस्कुट आकारको सुन जस्तो देखिने पहेंलो धातु १ थान र अमेरिकी डलर जस्तो देखिने ५० दरको नोट ९७ थान र १०० दरको नोट १ सय ६३ थान सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खनियाबास गाउँपालिका- ४ बस्ने बेग बहादुर तामाङ र शोभा तामाङ रहेका छन् । लपाङफेदीबाट धादिङबेसीतर्फ आउँदै गरेको ग १ ज ६७५३ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त पहेँलो धातु र अमेरिकी डलर जस्तो देखिने नोट सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा जिल्ला प्
काठमाडौं / काठमाडौंबाट चिनियाँ नागरिक अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको हो ।काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।उनले भने, ‘म्याद थप गर्दैछौ, त्यसपछि विस्तृत विवरण सार्वजनिक गर्छौ ।’ पक्राउ पर्नेहरू चाहिँ सबै नेपाली नागरिक हुन् ।
काठमाडौं / धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेपाल आयल निगम अगाडि प्रदर्शन गरेको छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा समेत नेपालमा पुरानै दर कायम राखिएको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन् । अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दबाब दिएको हो । तर, सरकारले बुधबार नै विज्ञप्ति जारी गर्दै तत्काल इन्धनको मूल्य घटाउन नसक्ने जनाइसकेको छ । आयल निगम अझै २३ अर्ब घाटामा रहेको भन्दै तत्काल मूल्य समायोजन गर्न नसक्ने विज्ञप्तिमा जनाएको छ । १५ दिनको बीचमा भारतले दुई पटक इन्धनको मूल्य घटाएर पठाएपछि न
काठमाडौं / लैनचौरबाट एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जना पक्राउ गरिएको छ । बुधबार राति चिनियाँलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरू सबै नेपाली रहेका छन् ।बन्धक बनाइएका चिनियाँको उद्धार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।उनीहरूले तीन चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइलसमेत लुटेको प्रहरीले दाबी गरेको छ । अपहरणमा परेका चिनियाँसँग एक करोड फिरौती माग गरिएको बुझिएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन । अपहर
सुनसरी / सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । सप्तकोसीको बाढी बुधबार बिहान करिब ४ बजेतिर उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ को डुम्रिबोटको बाँध भत्काउँदै बस्तीमा पसेको थियो । सो बाढीबाट उदयपुर र सुनसरीका २ हजार ३ सय घरधुरी प्रभावित भएका छन् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ । बाढीबाट मानवीय क्षति भने भएको छैन । तर धान, मकै लगायतका खेतीबालीमा क्षति पुगेको छ ।मन्त्रालयले पीडितका लागि खाद्यान्न लगायत राहतका सामग्री पठाइसकेको मन्त्री केदार कार्कील
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.