समाचार

    Showing 511-520 of 26,780 items.
  • वार्षिकोत्सवको अवसरमा महानगर प्रहरीद्वारा स्वयम्भूनाथमा विशेष सरसफाइ

    काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलले आफ्नो ३४औँ वार्षिकोत्सवको अवसर पारेर आइतबार स्वयम्भूनाथ क्षेत्रमा विशेष सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ ।भदौ १४ गते मनाइने महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा महानगर प्रहरीका अधिकारी तथा सुरक्षाकर्मी सहभागी भएर स्वयम्भूनाथ आसपासका सडक, सार्वजनिक स्थल र धार्मिक क्षेत्रको सरसफाइ गरेका हुन ।स्वयम्भूनाथ विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले त्यस क्षेत्रको स्वच्छता र सौन्दर्य संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले सरसफाइ कार्यक्रम गरिएको महानगर प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 136 पटक पढिएको
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४१ जनालाई कारबाही

    काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत ७७, रातोबत्तीमा २८ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४२, हर्न निषेधमा १८, लेन क्रसमा २, अवस्था ठिक नभएको २५, एकतर्फीमा ४ र अन्यमा २६५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 103 पटक पढिएको
  • नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, अधुरो पुल र बाढीको जोखिम अझै उस्तै

    जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा आएको बाढीले बगाएको भेरी करिडोर सडक नौ दिनपछि पुनः सञ्चालनमा आएको छ । बाढीले सडकसँगै पुल र चारवटा घर बगाएपछि पूर्ण रूपमा अवरुद्ध भएको जाजरकोट–डोल्पा सडकखण्ड नलगाड नगरपालिकाको समन्वयमा भेरी करिडोर सडक आयोजनाले मर्मत गरेपछि यातायात पुनः सञ्चालनमा आएको हो ।सडक खुलेसँगै जाजरकोटबाट डोल्पाको त्रिपुराकोट, छलगाडलगायतका क्षेत्रमा जाने सवारीसाधन सञ्चालनमा आएका छन् । तर, ताक्सुगाडमा पानीको बहाव बढ्नेबित्तिकै सडक फेरि अवरुद्ध हुन सक्ने जोखिम भने अझै कायमै रहेको स्थानीयको भनाइ छ ।ताक्सुगाड खोलामा आएको बाढीले सडक संरचनामा ठूलो क्षति पु¥या

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 105 पटक पढिएको
  • देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    काठमाडौं । यस वर्ष देशभर धान रोपाइँ उत्साहजनक रूपमा अघि बढेको छ । कृषि विभागका अनुसार हालसम्म धानखेतीयोग्य कुल क्षेत्रफलको ९८ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा करिब २ प्रतिशत बढी हो ।विभागका अनुसार हालसम्म देशभर १३ लाख ४१ हजार ७६४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । समयमै मनसुन सक्रिय हुनु र कृषि प्रसारमा देखिएको सक्रियताका कारण यस वर्ष रोपाइँको गति बढेको विभागले जनाएको छ ।प्रदेशगत रूपमा सुदूरपश्चिममा शतप्रतिशत रोपाइँ सकिएको छ । कर्णालीमा ९८.५०, मधेशमा ९८.१०, लुम्बिनीमा ९७.८७, बागमतीमा ९७.८२, कोशीमा ९७ र गण्डकीमा ९६.६८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 122 पटक पढिएको
  • १४ बुँदे सहमतिपछि लघुवित्त पीडित घर फर्किए, ३२३ जनालाई सरकारले बसमा पठायो

    काठमाडौं । लामो समयदेखि आन्दोलनरत लघुवित्त ऋणी र सरकारबीच १४ बुँदे सहमति भएपछि पुल्चोकमा जारी धर्ना स्थगित भएको छ । सहमतिसँगै मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका ३२३ जना लघुवित्त पीडित आइतबार बिहान आ–आफ्नो घर फर्किएका छन् ।सरकार र ऋणीका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति जुटेपछि आन्दोलनरत पक्षले धर्ना अन्त्य गरेको हो । सहमति कार्यान्वयन हुने विश्वासपछि सरकारले उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने व्यवस्था गरेको थियो ।आइतबार बिहान ८ः५० बजेदेखि सरकारले साझा यातायातका बस परिचालन गरी आन्दोलनमा सहभागीलाई घर पठाएको हो । विभिन्न सरकारी निकायका अधिकारीको उपस्थितिमा ८ व

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 104 पटक पढिएको
  • तारकेश्वरमा घरनिर्माणको जमिन कटानका कारण भिषण पहिरो, ५० घर जोखिममा

    काठमाडौं । तारकेश्वर–६ जरङ्खुको अष्टमान टोलमा घर निर्माणका लागि गरिएको जमिन कटान अहिले स्थानीयका लागि संकटको कारण बनेको छ । डोजर लगाएर जमिन खनेपछि पहिरो खस्न थालेको र करिब ५० घर प्रभावित भएको स्थानीयले बताएका छन् ।पहिरोका कारण ४–५ घर प्रत्यक्ष रूपमा उच्च जोखिममा छन् । वर्षाको समयमा जमिन थप भासिने र पहिरो फैलिने डरले स्थानीय रातदिन त्रासमा बस्नुपरेको गुनासो गर्छन् ।स्थानीयका अनुसार उक्त क्षेत्रमा करिब दुई वर्षदेखि जमिन कटान तथा घर निर्माणको काम भइरहेको छ । तर निर्माणको गति सुस्त हुँदा खुला छाडिएको जमिनमा पानी पसेर पहिरोको जोखिम थप बढेको उनीहरूको भनाइ छ ।समस्या देखिएपछि स्थानीयले जनप्रतिनिधिलाई

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 50 पटक पढिएको
  • पलाञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएपछि तान्त्रिक विधिबाट क्षमा पूजा

    काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–९ स्थित प्रसिद्ध पलाञ्चोक भगवतीको मूर्तिमा शनिबार साँझ आरतीका क्रममा पसिना देखिएपछि मन्दिरमा विशेष पूजा गरिएको छ ।आरती चलिरहेका बेला मूर्तिमा पसिना देखिएको भन्दै मन्दिर व्यवस्थापन पक्षले तत्काल मूर्तिलाई स्नान गराई तान्त्रिक विधिबाट क्षमा पूजा गरेको हो ।मन्दिर व्यवस्थापन उपसमितिका पूर्व संयोजक किरण श्रेष्ठका अनुसार यसअघि पनि मुलुकमा ठूला प्राकृतिक विपत्ति तथा राजनीतिक संकटका बेला पलाञ्चोक भगवतीको मूर्तिमा यस्तै संकेत देखिएको विश्वास स्थानीयस्तरमा रहँदै आएको छ ।उनका अनुसार १९९० सालको भूकम्पदेखि २०५८ सालको दरबार हत्याकाण्ड, २०७२ सालको भूकम्प, २०८१ सालको बाढीपहि

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 173 पटक पढिएको
  • पहिरोले विभिन्न सडक अवरुद्ध

    काठमाडौँ। वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ९ः०० बजेसम्मको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ १८ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ०४ः०० बजेदेखि बेलुका १८ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ ।मकवानपुरको कान्ति

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 204 पटक पढिएको
  • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

    चितवन। भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार नाराणगढबाट रामनगरतर्फ गइरहेको मोटरसाइकल विपरीत दिशाबाट आएका ट्रक र कार एकापसमा आज बिहान ठोक्किँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्टको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका विष्टको चितवन मेडिकल कलेजमा केहीबेरअघि मृत्यु भएको हो । मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठको सोही अस्पतालमा उपचार जारी छ । दुर्घटनामा संलग्न सवारी चालक र सवारीसाध

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 210 पटक पढिएको
  • आजको मौसमः देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका केही स्थान

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 185 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.