काठमाडौं – नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचन लागि फुर गेल्जे शेर्पा समुहले पूर्ण टिमसहित उम्मेदवारी घोषणा गरेको छ ।आगामी भाद्र ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने निर्वाचनको लागि शुक्रबार ‘पर्वतीय पर्यटनको विकास, सरक्षण र सम्बद्र्धनका लागि मेरो उम्मेदवारी’भन्ने नारासहित कार्ययोजना सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेको हुन् । संघको विधान र परिधिभित्र रही सदस्यहरूको हकहित संरक्षणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता सहित शेर्पा समूहले उम्मेद्वारी घोषणा गरेको हो । समुहले सरकारसँगको समन्वयमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको छवी उकास्ने, आपतकालीन उद्धारका लागि आ
बाजुरा – गौमुल गाउँपालिका वडा नम्बर १ माडीकी मैना बोहराले आफ्नै घरमा राडीपाखी बुन्छिन् । गाउँमै आत्मनिर्भर बन्न उनले विगतदेखि राडीपाखी बुन्दै आएकी हुन् ।राडीपाखी बेचेर राम्रो आम्दानी समेत हुने गरेकाले घरखर्च चलाउन सहज हुने भएको उनको भनाइ छ । गौमुलमा हरेक महिलाहरु पेशा व्यवसायमा जोडिएका छन् । यहाँका उद्यमी महिला, बुढाबुढी मात्रै होइन् माडीलगायत गाउँपालिकाका सवै गाउँका अन्य स्थानीयले पनि व्यावसायिक रूपमा भेडापालन गरी राडीपाखी उत्पादन गरिरहेका छन् ।कृषिबाट राम्रोसँग हातमुख जोर्न नपुगेपछि यहाँका प्रत्येक नागरिक व्यवसायिक रुपमा पेशामा आबद्ध छन् । गौमुलका स्थानीयको मुख्य पेशा भेडा पा
काठमाडौं – विशेष अदालतले माओवादी केन्द्रका नेता तथा सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै ८ वर्ष कैद र १० करोडभन्दा बढी जरिवाना तोकेको छ।साथै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेललाई पनि अदालतले दोषी ठहर गर्दै उनीहरूलाई पनि ८/८ वर्ष कैद र जनही १० करोड रुपैयाँ जरिवाना तोकेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको संयुक्त इजलासले मेयर थापा, पोखरेल र पौडेलले ३० करोड २९ लाख ३४ हजार ८
काठमाडौँ – रुकुम पूर्वको थवाङ गाउँपालिका–२ दहवाङका ५२ वर्षीय धुते रोका ६२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।पीडित महिलाको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको टोलीले रोकालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घटनासम्बन्धी आवश्यक अनुसन्धान जारी छ।
काठमाडौं – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गौतम बुद्धको विशाल प्रतिमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । थाङ्पाल गाउँपालिका ७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुंगा) मा निर्माणाधीन बुद्धको प्रतिमा तीव्रता पाएको हो ।गाउँपालिका अध्यक्ष टाशी लामाले पालिकाको गौरवको योजनाका रूपमा रहेको यो परियोजना चार वर्षदेखि सुरु गरिएको जानकारी दिए । धार्मिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको बुद्धको प्रतिमालाई एउटै ठूला ढुंगामा बनाइएको उनले बताए । ८४ फिट अग्लो बुद्धको शिरको निर्माण कार्य पूरा भइसकेको र अन्य भागहरूको निर्माण तीव्र रूपमा भइरहेको जानकारी अ
काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति शुभकामना व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्ष डा. एस जयशंकरलाई उल्लेख गर्दै भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस् भन्दै शुभकामना दिएकी हुन् ।उनले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्त्व दिएको बताइन् ।‘भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ, भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्’, परराष्ट्रमन्त्रीले एक्समा लेखेकी छन
काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आफूहरू न्यायालयप्रति भएका आलोचनालाई सकारात्मक रूपमा लिने बताउँदै अदालतको कामकारबाहीमा निहित तथ्यहरूमाथि मात्रै टिकाटिप्पणी हुनुपर्ने बताएका छन् ।‘सर्वोच्च अदालतमा मुद्दा बक्यौताको स्थिति र प्राथमिकताका क्षेत्रहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले व्यक्तिको मूल्यांकन काम नगरिकनै गरिनु गलत प्रवृत्ति भएको उल्लेख गरे ।‘देशमा मान्छेले कामै नगरिकन पनि पहिलेबाटै दुष्टको रूप बनाएको हुन्छन्,’ उनले भने, ‘पहिला काम गर्न दिनुहोस्, अनि मात्रै मूल्यांकन गर्नुहोस्, ठिक भयो कि भएन भनेर ।’उनले हाल न्यायाधीश नियुक्तिको ८
रुकुम पश्चिम – रुकुम पश्चिमको राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । शुक्रबार बिहान रुकुम पश्चिम मुसिकोट नगरपालिका-१२ प्रितिबाङस्थित राप्ती राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो आई सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको बताएको छ ।
कुवेत– कुवेतमा विषाक्त तथा अवैध मदिरा सेवनका कारण ६ जना नेपालीसहित १३ जना एशियाली नागरिकको मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार विषाक्त मदिरा सेवन गरेर बिरामी परेका थुप्रै व्यक्तिहरू अहिले विभिन्न अस्पतालमा उपचाररत छन्। उनले मृत्यु भएका अधिकांश भारतीय र केही नेपाली भएको प्रारम्भिक जानकारी आएको बताए। मृतक नेपालीहरूको परिचय र उनीहरू कार्यरत कम्पनीबारे जानकारी संकलन भइरहेको छ।नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले पनि घटनाको पुष्टि गर्दै मृत्यु हुने नेपालीको संख्या ६ रहेको
काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि स्थानिय तहबाटै आत्मनिर्भरता निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।चाँगुनारायणमा आयोजित सिटी एभोकाडो सिटी अभियानको समापन तथा अभियन्ता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको मौलिकताको आधारमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए ।उनले भने, ‘हामीले सकारात्मक सोच्ने र रचनात्मक ढंगले काम गर्ने गौरवशाली इतिहास र प्रकृति पाएका छौं । यही आधारलाई आत्मसात् गरेर स्थानिय तहबाटै विकासको मौलिक मोडेल निर्माण गर्नु आवश्यक छ । हामीले सिर्जनात्मक ढंगले हरेक वस
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.