काठमाडौं— संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै छन् । आइतबार पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।पूर्वाधार विकास समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग र रसुवागढीलगायत अन्य सडकको अवस्था र चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे नै सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री आज नेपाल आउँदैछन्।उनी आइतबार अपरान्ह काठमाडौं आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणबारे जानकारी गराएको छ ।ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ। तर, भ्रमणको औपचारिक मिति भने अझै तय भइसकेको छैन। विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन्। विदेश सचिव मिश्रीले राष्ट्रपति
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केहि स्थानमा मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशको तराई र पहाडी भूभाग तथा बाँकी प्रदेशको पहाडी भूभागको केहि स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९० रुपैयाँ ३८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ३७ पैसा र बिक्री
ललितपुर । राष्ट्रपति पौडेलले पाटनस्थित् कृष्ण मन्दिरको दर्शन र भगवान् श्रीकृष्णको पूजा आराधना गरी प्रसाद ग्रहण गरेका छन् ।श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाकालागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित पाटनस्थित् कृष्ण मन्दिर पुगेका थिए । राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन रहेको छ ।राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले स्वागत गरेका थिए ।किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले बंगलादेश ‘ए’ विरुद्ध बलियो लक्ष्य पाएको छ ।शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाया । नेपाललाई जितका लागि १८४ रनको चुनौती दिएको छ ।बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रनको योगदान दिए । नेपालका तर्फबाट रिजन ढकालले २ विकेट लिए । नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।नेपालले यसअघि शुक्रबार भएको पहिलो खेलमा एनटी स्ट्राइकसँग पराजय ब्यहोरेको थियो ।
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन ढिला हुँदा कांग्रेस मात्र नभइ देश नै कमजोर हुने बताएका छन् । शनिबार नेपाली कांग्रेस सोलुखुम्बुले काठमाडौमा आयोजना गरेको ‘नेपाली कांग्रेस भित्रको अपरिहार्यता–सहमति, सहकार्य र एकता आजको आवश्यकता’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले पार्टीको महाधिवेशन चाँडो गर्नुपर्नेमा जोड दिए ।उनले भने, ‘नेपाली कांग्रेसको छिटो भन्दा छिटो अधिवेशन भएन भने पार्टी कमजोर हुन्छ । कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर भए देश कमजोर हुन्छ ।’नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले १७ औं संस्करणको नाडा अटो शो प्रदर्शनीका लागि अति उच्च प्रविधिबाट बनेका ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौं ल्याएको छ । आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म (१९–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डपको सार्वजनिक प्रदर्शनको लागि अत्याधुनिक युनिट्री रोबोट्स र डिपाल इभिटिओएल (भख्त्इी० फ्लाइङ ट्याक्सी सुरक्षित रूपमा काठमाडौं ल्याइएको हो । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले विज्ञप्तिमार्फत तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै अति उच्च प्रविधिहरू नेपाल ल्याउन सफल भएको जानकारी दिएको छ ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौँ ल्याइँदै छ।कारागार व्यवस्थापन विभागका अनुसार लामिछानेलाई दिउँसो ३:१० बजे बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौँ ल्याइदै गरेको हो।बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। तर, प्रक्रिया तत्काल अघि बढ्न सकेको थिएन।केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले रुपन्देही कारागार अनुगमन गर्ने क्रममा लामिछानेले भैरहवामा आफ्नो ज्यानसमेत असुरक्षित रहेको बताएपछि सरकारले उनलाई काठमाडौँ
बैतडी— बैतडी कुवाकोट निवासी एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर ‘यथार्थ’ एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर नेकपा विभाजन पश्चात् एमालेमा सक्रिय रहेका थिए । कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरे ।माओवादी केन्द्रका बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर ‘विजय सुन्दर’ ले कुँवरलाई पार्टीमा पुनर्मिलनको निम्ति सहजीकरण गरेका छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.