बिर्तामोड / झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाको कार्यकक्षमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ तालाबन्दी गरेको छ । एक युवतीसँग आपत्तिजनक भिडियो सार्वजनिक भएपछि युवा संघले तालाबन्दी गरेको हो । मदिराको नशाले लट्ठ भएर अनैतिक हर्कत गरेको भिडियो टिकटकबाट सार्वजनिक भएपछि निरौला यतिबेला विवादमा परिरहेका छन् । संघका जिल्ला अध्यक्ष राम पौडेलले नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईँलाई ज्ञापनपत्र बुझाउँदै निरौलाको यो हर्कतले सिङ्गो दमककै बेइज्जत भएकाले उनलाई तत्काल कारबाही माग गरिएको छ । आइतबार नगर कार्यपालिकामा प्रतिनिधित्व गर्ने १५ जना कार्यपालिका सदस्यहरूले सामूहि
काठमाडौँ / नेपाल निर्माण व्यवसायी महासंघ सरकारले आर्थिक वर्ष सकिँदा पनि ठूलो रकम भुक्तानी नगरेको भन्दै आन्दोलनमा उत्रिएको छ । रकम निकासको मागसहित धर्ना र विरोधका कार्यक्रम गर्दै आएको महासङ्घले आज बिहान प्रधानमन्त्रीको सरकारी निवास अघि धर्ना दिएका हुन् । रकम भुक्तान माग र म्याद थप सम्बन्धी निर्णयको विरोधमा व्यवसायीहरू सेफ्टी हेलमेट सहित एक घण्टा धर्नामा सहभागि भए । महासङ्घका अध्यक्ष रवि सिंहले राज्यको गैर जिम्मेवारपनका कारण महासङ्घले बाध्य भएर आन्दोलन गर्नु परेको बताए। म्याद भुक्तानीका बारेमा महासङ्घले गत फागुनदेखि नै सरकारका सबै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा आएपनि कुनै सुनुवाइ नभएपछि आ
बिर्तामोड / झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरी पक्राउ गरेको छ । लागूऔषधको बिक्री बितरण भइरहेको भन्ने विशेष सूचना प्राप्त भएसँगै आइतबार दिउँसो इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका- ५ को एक घरबाट कमल गाउँपालिका- ४ का ३५ वर्षीय सुमन श्रेष्ठ, गौरादह घर भई दमक नगरपालिका- ५ मा बस्ने २७ वर्षीय सरोज सुब्बा र सरोजकै श्रीमती ३२ वर्षीया मिना राईलाई ८ ग्राम लागूऔषध ब्राउनसुगर र ३ थान मोबाइल सहित पक्राउ गरेको हो । यसैगरी झापाकै मेचीनगर नगरपालिका- ६ मेची पुल छेउबाट बिर्तामोड नगरपालिका- ४ का २० वर्षीय महममताज अलि २ ग्राम लागूऔषध ब्रा
बिर्तामोड / मोरङको पथरी शनिश्चरे नगरपालिका(३ बाट १ थान कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय राज कुमार तुम्बाफोलाई घरैबाट कटुवा पेस्तोल सहित आईतवार साँझ पक्राउ गरेको हो । पक्राउ परेका तुम्बापोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका -६ स्थित बुट्टाबारीमा आज बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा -११ का २८ वर्षीय पुकार केसी रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आँउदै गरेको प्र-१-०२-०४३ प ८४७४ नम्बरको मोटरसाइकलमा सवार केसी गम्भिर घाईते अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्र स नि को कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई उपचारका लागी बि एण्ड सि अस्पताल बिर्तामोड पठाइएकोमा चिकित्सकले मृत्यु घोषित गरेका थिए । कनकाई नगरपालिका -८ स्थित घाग्रापुल नजिकै बेवारिसे अवस्थामा फेला परेको ना ६ख २०३३
विराटनगर / पछिल्लो केही समय यता घरानमा प्रकोपका रुपमा फैलिएको डेङ्गुको संक्रमण बढ्दै गएको छ । डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार ३५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ ।धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको जानकारी दिए । उनका अनुसार परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको हो । यस्तै धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छन् ।
झापा / आफ्नै गोठमा आगजनी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुमको छथर गाउँपालिका- ६ सुदाप बस्ने २८ वर्षीय भानु बस्नेत रहेका छन् । बस्नेतले आफ्नै गाई गोठमा गएराति आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुर र अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । आगलागीबाट गोठमा रहेको ३ वटा गाई र १० वटा खसी बाख्रा जलि मरेको छ भने गोठ नजिकै रहेको घरमा समेत आगो फैलिएर आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ता कपडा जलेर करिब ३० लाख रुपैयाँ बरामद धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बिर्तामोड / भुक्तानी रोकिएको भन्दै झापाका निर्माण व्यवसायीहरूले आज जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिएका छन् । सरकारबाट म्याद थपको विषयमा भएको त्रुटिपूर्ण आदेशको विरोध गर्दै निर्माण सम्पन्न भएको आयोजनाको भुक्तानी राज्यले दिनुपर्ने माग राख्दै व्यवसायी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । देशभर निर्माण व्यवसायीको भुक्तानी रोकिएको सन्दर्भमा आफ्ना बिभिन्न माग सहित जिल्ला प्रशासन कार्यालय झापाको मूलगेटमा धर्ना दिएका हुन् । निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेतको अगुवाइमा भएको धर्ना कार्यक्रममा २५ जना भन्दा बढि व्यवसायीहरूको उपस्थिति रहेको थियो । अध्यक्ष 
काठमाडौँ / निर्वाचन आयोगको निर्णयविरूद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार सांसदहरूले आइतबार उच्च अदालत पाटन आयोगको निर्णयविरूद्ध रिट दिएका छन् । निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध उच्च अदालत पाटनमा रिट परेको हो । आयोगले गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगले २४ सय बढी उम्मेदवारलाई जरिवाना तोकेको थियो । जहाँ सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र सोबिता गौतमले उक्त निर्णय विरुद्ध रिट दिएका हुन् । न
बिर्तामोड / मोरङको सुन्दरहरैचा नगरपालिका- ९ बस्ने २७ वर्षीया महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको आरोप ३ जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा वीरगन्ज महानगरपालिका- १६ बस्ने २६ वर्षीय विशाल रायमाझी, पर्सा जगरनाथपुर नगरपालिका- ६ बस्ने २९ वर्षीय उमेशराय यादब र माहादेबपुर नगरपालिका- ६ बस्ने ८ वर्षीय बालक रहेका छन् । सोही नगरपालिका- ८ सलकपुर बजारमा तरकारी किनिरहेको अवस्थामा सिक्री थुति भाग्ने क्रममा स्थानीयले अभियुक्त मध्येका बिशाललाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरूलाई पक्राउ गरे
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.