काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाईएको छ ।संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार आज उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत बिधेयक २०८० पेश गर्नेछन्।सो अघि उक्त बिधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताब माथी प्रेम सुवालबाट प्राप्त बिरोधको सुचनालाइ निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै, पुर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
काठमाण्डौ । मंगलबार ६.३ रेक्टरको भूकम्प जाँदा सुदूरपश्चिम प्रदेशका सात जिल्लामा प्रभाव परेको छ । बझाङ, बाजुरा, डोटी, अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा गरी करिब पाँच सय घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । भूकम्पले सबै भन्दा धेरै क्षति बझाङमा पुर्याएको छ । यहाँ १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।१९ सरकारी भवन आंशिक र २ पूर्ण रूपमा क्षति भएको छ । २४५ घर आंशिक र ७० पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । बाजुरामा सरकारी भवन ९ वटा आंशिक क्षति भएको छ भने ४४ घर आंशिक , १६ पूर्ण रूपमा क्षति भएको छ । बाजुरामा २ जना घाइते भएका छन् । डोटीमा ५ वटा सरकारी भवन आंशिक क्षति भएका छन्
काठमाडौँ । सुरक्षा परिषद् बैठकमा नेपाली सेना परिचालन गर्न पर्ने अवस्था आउन सक्नेबारे छलफल भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद् बैठकमा नेपाली सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।परिषद्को बैठकले नेपाली सेनाका तलैसम्मका युनिटहरुलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको ती मन्त्रीलाई बताए । पछिल्लो समय देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढिरहेका बेला बसेको परिषद् बैठकले सेनालाई जुनसुकै बेला परिचालन हुने गरी तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।पछिल्लो केही सातायता सुनसरीको धरान, सर्लाहीको मलंग
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा यही असोज २१ गते आइतबार बेलायतको औपचारिक भ्रमणमा जाने भएका छन् ।बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा यही असोज २६ गतेसम्म हुने प्रधानसेनापतिको बेलायत भ्रमणबारे नेपालका लागि बेलायतका राजदूत रब फेनसँग बुधबार जङ्गी अड्डामा छलफल भएको छ ।त्यस अवसरमा उनीहरूबीच पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौं । सरकारले नेपाल र स्वीटजरल्यान्डबीच द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।त्यस्तै मन्त्रिपरिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतमा अधिकृतस्तरको कुल १७२ जना अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै, जिल्ला समन्वय समितिको कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज संशोधन गर्ने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत कार्यक्रमहरूका लागि अधिकृतस्तरका ६ अस्थायी दरबन्दी सिर्जना गर्ने
काठमाडौं । सरकारका प्रवक्ता रेखा शर्माले जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताएकी छिन् ।बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा प्रवक्ता शर्माले अहिलेको व्यवस्थाको जग जनयुद्ध नै भएको भन्दै जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताएकी हुन् । उनले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने धारणा राखिन् ।जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न नभएको भए अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सम्भव नहुने उनको भनाइ छ । उनले जनयुद्ध कुनै खास पार्टी र व्यक्तिको विषय नरहेको स्पष्ट
काठमाडौं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानसमान महाशाखाले जनाएको छ । अहिले कोशी र मधेश प्रदेशमा आंशिकदेखि सामान्य रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्
काठमाण्डौ । नेपालसँग सीमा जोडिएको भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। भारी वर्षासँगै टिस्टा नदीमा आएको बाढीले बगाउँदा भारतीय सेनाका २३ जना जवान बेपत्ता भएका छन्।हिन्दुस्तान टाइम्सका अनुसार बुधबार बिहान आएको आकस्मिक बाढीले सिक्किमको लाचेनमा सेनाका २३ जवान बेपत्ता भएका हुन्। बाढीले सेनाका बाहनहरु समेत बगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बेपत्ता भएकाहरुको खोजी सुरु गरिएको बताइएको छ।बाढीका कारण नदीको सतह बढेको छ। तटीय क्षेत्रमा धेरै भवन र संचरनाहरुमा बाढीले क्षति पुर्याएको बताइएको छ। बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने सडक
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्य
काठमाण्डौ । २०८० असाेज १६ गते राति बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पर्साले फेला पारेकाे छ ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रहमचोकस्थित सडक खण्डमा ना.६ ख ३३६९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक शंकास्पद देखिएको हुँदा रू. ७७,३६,०५७।- बराबरको ट्रक भित्र लोड रहेको हार्डवेयर तथा खुद्रा सामानहरू नियन्त्रणमा लिएकाे छ । यो ट्रक प्रहरिले नियन्त्रणमा लिएसङै बिरगन्ज भन्सारबा
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.