समाचार

    Showing 2,641-2,650 of 19,052 items.
  • अत्यावश्यक प्रयासपछि बिपी राजमार्ग आजै खुल्ने, रातभर डोजरले हटाइयो अवरोध

    काठमाडौं— असोज १७ गतेदेखि बाढीका कारण पुनः अवरुद्ध बनेको बिपी राजमार्ग शुक्रबार दिउँसोसम्म सञ्चालनमा आउने भएको छ। दुई दिन लगातार परेको झरीपछि रोशी खोलामा आएको लेदो मिसिएको बाढीले राजमार्गको ५३०० मिटर डाइभर्सनमध्ये ३४१० मिटर भाग कटान गरेको थियो।डाइभर्सन पुनः निर्माण गर्न बिहीबार रातभर डोजर चलाइएको सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादले जानकारी दिए। उनका अनुसार माथिल्लो र तल्लो माम्तीमा मर्मत कार्य तीव्र गतिमा भइरहेको छ। माथिल्लो माम्तीमा ४०–५० टिपर फिलिङ गरेपछि त्यो खण्ड सञ्चालनमा आउनेछ भने तल्लो माम्तीमा खोला डाइभर्सनको काम अन्तिम चरणमा पुगेको छ। उनका अनुसार शुक्रबार दिउँसो ४ बजेस

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 357 पटक पढिएको
  • आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

    काठमाडौं—  मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ ।मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 426 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ । बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरूमा, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा भइरहेको छ दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केहि स्थान हल्का वर्षाको सम्भावना रहेको छ।राति कोशी प्रदेशलगायत गण्डक

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 248 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम थियो । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ । हिजो युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा तोकिएको थियो । हिजोको अमेरिकी डलर र युरो दुवैको मूल्य घटेको छ । यसअघि, बिहीबार पनि बुधबारको तुलनामा अमेरिकी डलर र युरो दुवैको मूल्

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 239 पटक पढिएको
  • आज २०८२ साल असोज २४ गते शुक्रबारको राशिफल

    मेष - आफन्तसँगको भेटघाटले मन प्रशन्न रहनेछ। स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। कृषि, व्यापार तथा व्यवसायमा प्रगतिका संकेत छन्। आत्मविश्वास र कार्यक्षमताको उपयोग गर्न सके सफल नतिजा मिल्नेछ। वृष - पारिवारिक वातावरणमा केही तनाव देखा पर्न सक्छ। अनावश्यक खर्चमा नियन्त्रण आवश्यक छ। नयाँ योजना वा लगानी अघि बढाउँदा विशेष सावधानी अपनाउनु उचित हुनेछ।मिथुन - चौतर्फी आम्दानीका अवसर प्राप्त हुनेछन्। कार्यक्षेत्रमा सफलता र प्रतिष्ठा दुवै बढ्नेछन्। पारिवारिक माहोल खुशनुमा रहनेछ र रमाइलो समय बित्ने सम्भावना छ।कर्कट - व्यवसाय विस्तारका साथै कार्यस्थलमा सम्मान वा पदोन्नतिको सम्भावना ब

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 399 पटक पढिएको
  • आखेटोपहारसहित दुई जना पक्राउ

    काठमाडौं— तारकेश्वर नगरपालिका–८ शिव मन्दिर चोकबाट संरक्षित वन्यजन्तु सालकको खपटा जस्तो देखिने आखेटोपहार र सालकको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का २१ वर्षीय लिजोङ तामाङ र बेलकोटगढी नगरपालिका–१ का ३९ वर्षीय श्याम ढुङ्गाना रहेका छन् ।केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले करिब दुई किलोको उक्त आखेटोपहार लिएर हिँडिरहेको अवस्थामा आज उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 443 पटक पढिएको
  • सरकारले प्रचण्ड र केपी शर्मा ओलीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलायो

    काठमाडौं—  सरकारले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ ।मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको हो ।ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गराउने गृहमन्त्रीस्तरीय निर्णय भएको गृह स्रोतले बताएको छ ।

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 463 पटक पढिएको
  • जन्ती बोकेको जिप दुर्घटना हुँदा दुलहा-दुलहीसहित १२ जना घाइते

    सल्यान— जन्ती बोकेको जिप दुर्घटनामा हुँदा दुलहा-दुलहीसहित १२ जना घाइते भएका छन् । सल्यानको शारदा नगरपालिकाको भागाचौरबाट थापाचौर तर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०२९००१ ज.००२१ नम्बरको जिप ज्वालापुरमा अनियन्त्रित भई सडकदेखि २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी शारदा नगरपालिका-९ का चेतराम गिरी (दुलहा) र शारदा नगरपालिका-१० भागाचौरकी २० वर्षीया कमला गिरी (दुलही) सामान्य घाइते भएको रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये शारदा नगरपालिका-१० भागाचौर बस्ने ६० वर्षीया गुमी कवर र सोही ठाउँकी १४ वर्षीया शोभा कवरको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेहरूमा शारदा नगरपालिका-१० भागाचौ

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 494 पटक पढिएको
  • सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समिति खारेज

    काठमाडौं— सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।यसअघिका सरकारले आयोगका नाममा देशभर सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणलाई वैधानिकता दिने प्रक्रिया अघि बढाएका थिए।कतिपय अतिक्रमित जग्गावापत नाम मात्रको राजस्व लिएर लालपुर्जा वितरण गर्ने योजना समेत सरकारले बनाएको थियो। 

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 476 पटक पढिएको
  • मुलुकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता छः लिङ्देन

    हेटौडा— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राष्ट्रपतिको ठाउँमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गरेका छन् । राप्रपा मकवानपुरको आयोजनामा हेटौंडाको एभोकाडो होटलमा आयोजित भेटघाट तथा अगुवा कार्यकर्ता कार्यक्रममा बोल्दै लिङ्देनले यस्तो दृष्टिकोण प्रस्तुत गरेका हुन् । कार्यक्रममा अध्यक्ष लिङ्देनले लोकतन्त्रको प्रवृत्तिका रूपमा राजा र कार्यकारी प्रधानमन्त्रीको समावेशी व्यवस्था महत्वपूर्ण रहेको दाबी गरे । उनले भने, ‘राष्ट्रपतिको भूमिका तटस्थ रहनुपर्ने हो भने, देशलाई समृद्धि र प्र

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 481 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा