समाचार

    Showing 2,641-2,650 of 26,789 items.
  • हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

    काठमाडौँ। देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराईमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेशसहित बाँकी पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँ

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 208 पटक पढिएको
  • हुम्लाको बौल्यानामा खानेपानी समस्या

    अदानचुली। ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानी चरम समस्या भएको छ । सडक निर्माण गर्न डोजर लगाएपछि पानीको मूल सुकेर गएपछि खानेपानीको समस्या भएको हो । ताँजाकोट–१ काँडागाउँका मिलन खड्काका अनुसार उक्त बस्तीका नागरिकलाई यतिबेला खानेपानीकै लागि पुमखोला र  काँडागाउँबाट उकालो चढेर पानी ल्याउनुपर्ने बाध्यता छ । उहाँले भन्नुभयो, “भैसेवाज गाउँमा विद्यालय जाने समयमा प्रत्येक विद्यार्थी हरेक दिन बिहान खाली ग्यालिन लिएर जान्छन् र साँझ विद्यालय बिदा हुँने बित्तिकै उक्त ग्यालिनमा पानी भरेर घर फर्किन्छन्् ।”उक्त विद्यालयमा अध्ययनरत लोकन्द्र खड्काले पढ्नुभन्दा बढी साँझ पानी बोक्नकै पिरलो बढी हु

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 201 पटक पढिएको
  • तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

    सिमकोट। हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ ।हुम्लाको हिल्सानाका गत वैशाख पहिलो सातादेखि  सञ्चालनमा आएको भए पनि वैशाख ३० गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु गरेका प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताउनुभयो । वैशाखमा सुनासान देखिएको सिमकोट विमानस्थलमा जेठ पहिलो सातादेखि विदेशी पर्यटकको आगमन बढेको उहाँले बताउनुभयो । गत वैशाख ३० गतेदेखि जेठ महिनाको २३ गतेसम्म नेपालगन्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भार

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 213 पटक पढिएको
  • शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता

    कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकामा शनिबार साँझ सम्पन्न पालिकास्तरीय युवा सम्मेलनले जलवायु सङ्कटविरुद्ध युवाको सक्रिय भूमिका र वातावरण संरक्षणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।चुरे विनाश, अस्वाभाविक गर्मी (लू) र बढ्दो प्लास्टिक प्रदूषणका कारण कञ्चनपुरसहितका क्षेत्र गम्भीर वातावरणीय जोखिममा परेका सम्मेलनको निष्कर्ष छ ।विश्व वातावरण दिवसका अवसरमा शुक्लाफाँटा नगरपालिकाको समन्वय तथा निड्स नेपालको व्यवस्थापनमा आयोजित सम्मेलनका सहभागी युवाले जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।सहभागीहरूले जलवायु सङ्कट गम्भीर चुनौती बनेकामा चिन्ता व्यक्त

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 213 पटक पढिएको
  • रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

    काभ्रेपलाञ्चोक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार ढकाल पुनः निर्वाचित हुनुभएको छ ।तेह्र सदस्यीय कार्यसमितिमा सचिवबाहेक सबै सर्वसम्मतिमा चुनिनु भएको हो । अधिवेशनले उपसभापतिमा पुण्यमाता घिमिरे, सहसचिवमा प्रकाश तिमल्सिना तथा सदस्यहरुमा नवरान बोलखे, सरिता केसी, सुशीला खत्री, साजन श्रेष्ठ, विकास तोलाङ्गे नगेन्द्र डोटेल, जेनकुमार लामा, ताराबहादुर कुँवर र ङेमा लामालाई चयन गरेको छ ।सचिवमा गुणनिधि सापकोटा निर्वाचित हुनुभएको छ । निर्वाचित जिल्ला सभापतिमा फेरि चुनिनु भएका ढकालले अविचलित रुपमा पार्टीलाई क्रियाशील तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।पार्ट

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 245 पटक पढिएको
  • पुराना अनुहारको पुनरावृत्ति र नयाँ शक्तिको परीक्षा बीच उभिएको नेपालको लोकतान्त्रिक भविष्य

    देशबन्धु बिश्वामित्र: नेपालको राजनीति फेरि एउटा निर्णायक मोडमा उभिएको छ। यो मोड  सरकार परिवर्तनको मोड होइन, न त  चुनावी समीकरणको मोड़ नै हो । यो मोड हो—राजनीतिक संस्कार परिवर्तन गर्ने कि पुरानै चक्र दोहोर्‍याउने भन्ने प्रश्नको मोड हो ।पछिल्ला तीन दशकमा नेपालले धेरै परिवर्तन देख्यो। पञ्चायतबाट बहुदल, बहुदलबाट गणतन्त्र, राजतन्त्रबाट संघीयता, द्वन्द्वबाट शान्ति प्रक्रिया, र पुराना दलको एकाधिकारबाट नयाँ शक्तिको उदय भयो । तर यति धेरै राजनीतिक परिवर्तनपछि पनि आम नागरिकको एउटा गुनासो उस्तै छ—“अनुहार फेरिए, तर शासनको चरित्र फेरिएन।”आज नेपालको राजनीतिक बहस  को प्रधानमन्त्री बन्यो भन्नेमा

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 213 पटक पढिएको
  • अर्थमन्त्री वाग्लेले दिए प्रेस काउन्सिलमा उजुरी

    काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूबिरुद्ध कपोलकल्पित र भ्रामक समाचार प्रकाशन गरेको भन्दै आर्थिक दैनिक पत्रिकामा लेखिएको सामाचारले आफ्नो चरित्रहत्या गरेको उल्लेख गर्दै कारबाही गर्न शुक्रबार काउन्सिलमा निवेदन दिएका छन।?उक्त पत्रिकामा जेठ २२ गते ‘दुई अर्ब कमिशनमा अर्थमन्त्री वाग्ले फसेको आशंका’ शीर्षक समाचार प्रकाशन भएको थियो। अर्थमन्त्री वाग्लेले उक्त समाचार शतप्रतिशत झुटो एवं काल्पनिक शीर्षक राखी प्रकाशन गरिएको भन्दै आपत्ति जनाएका छन्।सार्वजनिक विवरणअनुसार बीवाईडी लगायतका केही ईभी आयातकर्ताले बजेटको अघिल्लो दिन मात्रै कर बढ्ने सूचना पाएपछि ठूलो संख्यामा सवारीसाधनको भन्सार पा

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 255 पटक पढिएको
  • जेन–जी आन्दोलन र नेपाली राजनीति: परिवर्तनको लहर, चुनौती र भविष्यको दिशा

    देवेन्द्र किशोर:  नेपालको राजनीति विगत केही दशकदेखि निरन्तर परिवर्तन, संक्रमण र प्रयोगको चरणबाट गुज्रिरहेको छ। २०४६ सालको जनआन्दोलनदेखि गणतन्त्र स्थापना, संघीयता कार्यान्वयन र पछिल्ला निर्वाचनसम्म आइपुग्दा राजनीतिक संरचना बदलियो, तर जनताले अपेक्षा गरेको सुशासन, आर्थिक समृद्धि र संस्थागत स्थायित्व भने अझै पूर्ण रूपमा स्थापित हुन सकेको छैन। यही पृष्ठभूमिमा नेपाली राजनीतिमा नयाँ पुस्ताको सक्रियता, विशेषगरी जेन–जी (जनरेशन जेड ) को राजनीतिक चेतना र सहभागिताले नयाँ बहस र सम्भावनाको ढोका खोलेको छ।पुरानो राजनीतिक संरचनाप्रति बढ्दो असन्तुष्टि:- नेपालका प्रमुख राजनीतिक दलहरूले लोकतान्त्रिक आन्दोलन,

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 402 पटक पढिएको
  • रौतहटमा तस्करि मौलायो: भन्सार छलीका सामग्री र पिकअप गाडीसहित प्रहरिको नियन्त्रणमा

    रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेका विभिन्न सामग्री र एउटा पिकअप गाडी प्रहरीले नियन्त्रणमा  लिएर आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए अनुसार इलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट खटिएको गस्ती टोलीले बौधिमाई नगरपालिका वडा नं. ५ स्थित बमनहर सडकखण्डमा जाँच गर्ने क्रममा शनिवार बिहान प्रदेश २–०३–००१ च २७२१ नम्बरको पिकअप गाडीबाट अवैध सामान बरामद गरेको छ।चालक गाडी छाडेर फरार भएको र प्रहरीले बेवारिसे अवस्थामा फेला परेको रौतहट प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जानकारी दिए।

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 419 पटक पढिएको
  • ‘नेपाली ब्रो’ माथि अनुसन्धान गर्न सुधनको माग

    काठमाण्डौ । ‘नेपाली ब्रो’ नामले चिनिने टिकटकर कुमार थापा मगरले पत्नी ईश्वरी भुजेलको हत्यापछि वालाजु प्रहरी बृत्तमा पुगेर आफन्तहरुले कडा कारवाहीको माग गरेका छन्।शुक्रबार बेलुकी तारकेश्वर नगरपालिकास्थित लोलाङ, पैँयुटारमा स्कुटीमा सवार ईश्वरीको टाउकोमा कुमारले रड प्रहार गरी हत्या गरेका थिए। हत्यारालाई कडा कारवाहीको माग राख्दै आफन्त र शुभेच्छुकहरुले प्रहरी कार्यालय वालाजु अगाडि नारावाजी समेत गरेका थिए।शनिबार दिउँसो परिवारका सदस्य एवम शुभेच्छुकहरुले प्रहरी कार्यालय अगाडि भेला भइ कारवाहीको माग गरेका हुन्। सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटी, पूर्वगृहमन्त्री सुधन गुरुङले

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 453 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.