काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूबिरुद्ध कपोलकल्पित र भ्रामक समाचार प्रकाशन गरेको भन्दै आर्थिक दैनिक पत्रिकामा लेखिएको सामाचारले आफ्नो चरित्रहत्या गरेको उल्लेख गर्दै कारबाही गर्न शुक्रबार काउन्सिलमा निवेदन दिएका छन।?
उक्त पत्रिकामा जेठ २२ गते ‘दुई अर्ब कमिशनमा अर्थमन्त्री वाग्ले फसेको आशंका’ शीर्षक समाचार प्रकाशन भएको थियो। अर्थमन्त्री वाग्लेले उक्त समाचार शतप्रतिशत झुटो एवं काल्पनिक शीर्षक राखी प्रकाशन गरिएको भन्दै आपत्ति जनाएका छन्।
सार्वजनिक विवरणअनुसार बीवाईडी लगायतका केही ईभी आयातकर्ताले बजेटको अघिल्लो दिन मात्रै कर बढ्ने सूचना पाएपछि ठूलो संख्यामा सवारीसाधनको भन्सार पास गराएका थिए। सरकारी कर्मचारीकै मिलेमतोमा यस किसिमको धन्दा हुँदै आएको आशंकामा रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित ६ कर्मचारीको सरुवा समेत गरिएको छ।
यसै सन्दर्भलाई लिएर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन विद्युतीय सवारी (ईभी) मा भन्सार दर बढ्ने सूचना व्यापारीसम्म कसरी पुग्यो ? भन्ने आशंकापछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि पनि छानबिनको माग चौतर्फी उठिरहेको छ।







































