काठमाण्डौ । ‘नेपाली ब्रो’ नामले चिनिने टिकटकर कुमार थापा मगरले पत्नी ईश्वरी भुजेलको हत्यापछि वालाजु प्रहरी बृत्तमा पुगेर आफन्तहरुले कडा कारवाहीको माग गरेका छन्।
शुक्रबार बेलुकी तारकेश्वर नगरपालिकास्थित लोलाङ, पैँयुटारमा स्कुटीमा सवार ईश्वरीको टाउकोमा कुमारले रड प्रहार गरी हत्या गरेका थिए। हत्यारालाई कडा कारवाहीको माग राख्दै आफन्त र शुभेच्छुकहरुले प्रहरी कार्यालय वालाजु अगाडि नारावाजी समेत गरेका थिए।
शनिबार दिउँसो परिवारका सदस्य एवम शुभेच्छुकहरुले प्रहरी कार्यालय अगाडि भेला भइ कारवाहीको माग गरेका हुन्। सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटी, पूर्वगृहमन्त्री सुधन गुरुङले पनि वालाजु बृत्तमा पुगेर हत्यारालाई आवश्यक कारवाहीको माग राखेका थिए।
नेपाली सेनामा कार्यरत ईश्वरीको हत्या पश्चात पूर्वगृहमन्त्री गुरुङले हत्यामा संलग्नलाई कडा कारबाहीको मागसहित सत्यतथ्य छानबिन गर्न अनुरोध गरेका थिए। गुरुङले मृतक ईश्वरी भुजेलको आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिएका थिए।
रड प्रहारबाट सिकिस्त भएकी इश्वरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा निधन भएको हो। कुमार आफूलाई रेस्लर र फाइटरका रुपमा पनि चिनाउने गर्दछन्। ४२ वर्षीय उनीहरूबीच सम्बन्ध बिच्छेदको तयारी गरिएको थियो।
नेपाली ब्रोको श्रीमती मृत्यु प्रकरण प्रकाश भुजेल माथि पनि अनुसन्धान गर्न पीडित परिवारको माग गरेका छन।पीडित परिवारले घटनामा अन्य व्यक्तिहरूको पनि भूमिका हुन सक्ने आशंका व्यक्त गर्दै झाक्री प्रकाश भुजेलसहित दुई अन्य महिलामाथि समेत निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।






































