बिर्तामोड/ झापाको मेचीनगर नगरपालिका –८ मा बसोबास गदै आएका ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । फागुन १४ गते दिउँसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर नगरपालिका–८ बाट WB74R1215 नम्बरको मोटरसाईकलमा सवार लिप्सु राजबंशीलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर १५ ग्राम, तौल गर्ने डिजिटल तराजु थान –१ र मोटरसाईकल सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।त्यस्तै प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका –११ हडिया खोलास्थितमा २०७७ फागुन १४ गते
बिर्तामोड/ नेपाली सेनाले देशका ७५३ वटै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार गर्ने भएको छ । हाल देशका ७७ जिल्लामा मात्र सैनिक इन्टेलिजेन्स अस्तित्वमा छ । अब त्यसलाई सेनाले स्थानीय तहसम्मै विस्तार गर्न लागेको हो । थ्री प्लस वान कमाण्ड अवधारणाअन्तर्गत सेनाले आफ्नो इन्टेलिजेन्स विस्तार गर्न लागेको सेनाले जनाएको छ । आफ्नो इन्टेलिजेन्स सबैतिर हुनुपर्ने आवश्यकता बोध गर्दै सेनाले भन्ने यो संरचना खडा गर्न लागेको हो । के गर्छ इन्टेलिजेन्सले ?थ्री प्लस वान कमाण्ड अवधारणाअन्तर्गत यो संरचना सञ्चालन हुनेछ । जसलाई सेनाले क्रोप्स अफ इन्टेलिजेन्स नाम दिएको छ । यसको मुख्य काम
काठमाडौँ । नेकपा केपी ओली समूहको स्थायी समिति बैठक आज पनि बस्दैछ । सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटन सदर गर्ने फैसलापछि बुधबार ओली समूहको स्थायी समिति बैठक बसेको थियो । बैठकले सर्वोच्चको आदेश कार्यान्वयन गर्ने, विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न संसदीय दल र केन्द्रीय समितिको बैठक बोलाउनेलगायत निर्णय गरेको थियो । आजको बैठकमा अबको योजना र रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन् ।
काठमाडौं । प्रतिनिधिसभा पुनर्थापनापछि रणनीति बनाउन नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बोलाइएको बैठकमा पूर्वपदाधिकारीहरु समेत सहभागी हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेकपाका दुबै समूहको प्रस्ताव र कांग्रेसले बनाउनुपर्ने रणनीतिका बारेमा छलफल हुने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बताए ।संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । यसमा कांग्रेस निर्णायक देखिएको छ ।
बिर्तामोड । पछिल्लो समय अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएको छ । बजार मूल्य घटेसँगै अलैँची कृषक निरास हुँदै गएको छन् । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न कृषकले राम्रो लाभ लिन नसकेको फक्ताङलुङ गाउँपालिका–६ का अलैँची कृषक सन्तकुमार फेम्बुले बताए । शुरुमा राम्रो आम्दानी भएपछि खेतीप्रति उत्साहित बनेका किसान अहिले उत्पादित अलैँचीबाट उचित मूल्य नपाउँदा भने निरास भएको अलैँची कृषक सन्तकुमार फेम्बुले बताए । आजभन्दा ६७ वर्षअघि राम्रो मूल्य आएका कारण खेती गर्न हौसिएका किसानले अलैँची उत्पादन वृद्धि हुँदै गए पनि केही वर्षयता भनेजस्तो मूल्
काठमाडौं । नेकपा ओली पक्षको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सर्वोच्चको फैसला स्वीकार्दै अदालतले तोकेकै समयमा संसद्को बैठक बोलाउने निर्णय गरेको छ । नेकपा ओली समूहका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । उनले भने, ‘फैसलाले दिएको समयसीमाभित्रै बैठक बस्छ ।’ सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।बैठकले देशका विभिन्न ठ
विराटनगर / जिल्ला अदालत मोरङको हाताभित्रबाट लागुऔषध मुद्दामा पक्राउ परेका दुई अभियुक्त भाग्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले म्याद थपका लागि अदालत लगेका उनीहरु हतकडी सहित भाग्न सफल भएका हुन् । म्याद थपका लागि लगिएका मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी प्रहरीको आँखा छली हतकडी सहित भाग्न सफल भएका हुन् । लागुऔषध सहित पक्राउ परेका उनीहरु अदालतबाट पाँच दिनको म्याद थप भएपछि हतकडीसहित भागेको जिल्ला प्रहरी कार्यालय मोरङले पुष्टि गरेको छ ।सोमवार दिउँसो साँढे ३ बजेतिर भाग्न सफल भएका उनीहरु प्
काठमाण्डौं । सरकारसगँ वार्ताका लागि सकारात्मक रहेको विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको समयमा पनि सरकारले सो पार्टीका नेताहरुमाथि धरपकड गर्न भने छाडेको छैन ।आज सर्वोच्चको आदेशमा रिहा भए लगत्तै नेता धमेन्द्र बास्तोलालाई प्रहरीले पुनः पक्राउ गरेको हो । सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा गर्न आदेश दिएको थियो ।तर अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले सर्वोच्च परिसरबाट पक्राउ गरेको हो । बास्तोलाई पुनः काभ्रेमा पठाउने तयारी प्रहरीले गरेको छ ।
काठमाडौँ / आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट बार्ता भएको छ । सोमबार दिउँसो सर्वोच्च अदालतमा जबरा र थापाबीच भेटबार्ता भएको सर्वोच्च अदालतस्थित स्रोतले जानकारी दिएको छ ।भेटबार्ताका क्रममा प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वोच्च अदालत पछाडि रहेको सेनाको क्याभलरी जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको हो । क्याभलरीको जग्गा सर्वोच्च अदालतको नाममा नामसारी गर्ने प्रक्रियाबारे छलफल भएको हो, सर्वोच्च अदालत स्रोतले भन्यो, नामसारीबारे छलफल भइरहेको थियोे । प्रधानमन्त्री केपी ओलीले अवहेलना मुद्दाको जवाफ दिन गएका बेला सर्वोच्
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मातृभाषामा बोल्नेहरुको संख्या दिनानुदिन घट्दै गएको र अंग्रेजी भाषाप्रतिको मोह बढ्दै गएको बताएका छन् । त्यसैले भाषा संरक्षणको लागि सबै गम्भीर हुनुपर्ने उनले बताए । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२१ को उपलक्ष्यमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७७ को समुद्घाटन गर्दै उपराष्ट्रपति पुनले सो विचार व्यक्त गरेका हुन् ।अंग्रेजी भाषाप्रतिको मोह गम्भीर समीक्षाको विषय बन्नुपर्ने बताउनु हुँदै उपराष्ट्रपति पुनले भने, ‘‘बालबालिकासँग अभिभावकले नेपाली भाषामा पनि बोल्न छोडेका छन् । वालवालिकाको माध्यम भाषा नेपाली नभई अंग
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.