काठमाण्डौं । सरकारसगँ वार्ताका लागि सकारात्मक रहेको विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको समयमा पनि सरकारले सो पार्टीका नेताहरुमाथि धरपकड गर्न भने छाडेको छैन ।
आज सर्वोच्चको आदेशमा रिहा भए लगत्तै नेता धमेन्द्र बास्तोलालाई प्रहरीले पुनः पक्राउ गरेको हो । सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा गर्न आदेश दिएको थियो ।
तर अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले सर्वोच्च परिसरबाट पक्राउ गरेको हो । बास्तोलाई पुनः काभ्रेमा पठाउने तयारी प्रहरीले गरेको छ ।