काठमाडौँ । नेकपा केपी ओली समूहको स्थायी समिति बैठक आज पनि बस्दैछ । 

 सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटन सदर गर्ने फैसलापछि बुधबार ओली समूहको स्थायी समिति बैठक बसेको थियो । बैठकले सर्वोच्चको आदेश कार्यान्वयन गर्ने, विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न संसदीय दल र केन्द्रीय समितिको बैठक बोलाउनेलगायत निर्णय गरेको थियो । 

OM Sai Pathibhara Hospital

आजको बैठकमा अबको योजना र रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन् ।