समाचार

    Showing 25,831-25,840 of 26,068 items.
  • गृहमन्त्री अमित साहसहित उच्च अधिकारीको पुर्वराजा सँग भेट (भिडियो सहित)

    बिर्तामोड / बाह्र वर्षमा हरिद्धारमा हुने महाकुम्भ आयोजकको औपचारीक निमन्त्रणामा भारत पुगेका पुर्व राजा ज्ञानेन्द्र शाहको भारत सरकारका प्रभावशाली मन्त्री अमित शाह , साध्वी निरञ्जन ज्योती र नरेन्द्र मोदीका सहोदर दाई सहित भाजपाका उच्च नेतासँग भेट भएको सार्वजनिक भएको छ । शाह निकट स्रोतले दिएको जानकारी अनुशार उनीबसेको निजी फार्म हाउसमा नै शनिवार राती अमित शाह सहित भारतीय सरकारका उच्च अधिकारीले शाहसँग भेट गरेका हुन् । भेटका क्रममा नेपालमा देखिएको राजनितिक संकट अनि राजनितिक विषयमा छलफल भएको स्रोतको भनाई छ । नेपाललाई हिन्दु राष्ट्र वनाउने माग उठीरहेको समयमा भएको भेटलाई अर्थपुर्ण रुपमा लिईएको छ । प

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 666 पटक पढिएको
  • सीमा नाकामा सयन्त्र नहुँदा सङ्क्रमणको जोखिम

    नेपालगञ्ज / छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण बढ्दो भए पनि बाँकेको नेपाल–भारत सीमा जमुनहा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सयन्त्र परिचालन गरिएको पाइँदैन । सीमा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि संयन्त्र नहुँदा भारतको उच्च जोखिम भएको ठाउँबाट नेपाल प्रवेश गर्नेबाट सङ्क्रमणको जोखिम बढेको पाइएको छ । अहिले भारतको महाराष्ट्र, तामिलनाडु, पञ्जाव, मध्यप्रदेश, नयाँदिल्ली, गुजरात, कर्नाटक र हरियाणा राज्यमा दोस्रो लहरको सङ्क्रमणको दर बढ्दो रहेको छ । सीमा नाकामा ती राज्यबाट आउनेलाई बढी निगरानी गरिएको छ । भारतका ती ठाउँमा सङ्क्रमण बढेपछि सरकारले यही चैत ११ गतेदे

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 80 पटक पढिएको
  • फरार प्रतिबादी लागुऔषध सहित पक्राउ

    उदयपुर / उदयपुरमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका –११ का ३० बर्षीय गोकर्ण कार्की रहेका छन् ।  कार्कीलाई आज दिउसो साढे १० बजे बिशेष सुचनाको आधारमा सोही स्थानबाट लागूऔषध ब्राउन सुगर २ ग्राम १० मिलिग्राम, तौल नाप्ने डिजीटल मेशिन थान १, बिभिन्न कम्पनीका मोबाईल थान १०, सिमकार्ड  थान ९ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्की गत माघ १६ गते देखी ब्राउन सुगर बिक्री बितरण मुद्धाको फरार प्रतिबादी समेत रहेको सो कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 66 पटक पढिएको
  • काँकडभिट्टा – बुटवल सडकखण्ड ४ लेनको बनाइँदै

    बिर्तामोड / पूर्वपश्चिम लोकमार्गको काकडभिट्टा – बुटवल सडक खण्ड चार लोनको बनाउने प्रकृया सुरु भएको छ । भारतसँग सिमाना जोडिएको पुर्वी नाका काँकडभिट्टादेखि बुटवल सम्मको सडकलाई ४ लेनमा विस्तार गर्न काम शुरु गरिएको सडक विभागले जानकारी गराएको छ ।हाल दुई लेनमा रहेको सडकलाई  ४ लेन बनाउन सो सडक खण्डलाई खण्ड–खण्ड पारी काम अघि वढाइएको विभागले जनाएको छ । पहिलो चरणमा सो सडकको स्तरोन्नति का लागि दुई खण्डको ठेक्का लगाएर काम अघि वढाइएको विभागका महानिर्देशक अर्जुन जंग थापाले जानकारी गराएका छन् । उनले सो सडको केही खण्डको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार हुँदै गरेको अनि बाँकी रहेका खण्डमा काम अघि वढ

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 1,412 पटक पढिएको
  • माछा मार्न गएका युवकको छ दिनपछि शव फेला

    गोरखा / माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिएका छन् । यही चैत २३ गते सोमबार साँझ साथीहरुसँगै घरबाट माछा मार्न भनेर नदीमा गएका प्रजा नफर्किएपछि उनको खोजी हुँदै आएको थियो । प्रजाको शव त्रिशूली नदी किनारमा फेला परेको प्रनाउ दाहालले बताएका छन् । उनलाई नदीले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता प्रजाको सोही रातिदेखि खोजी भए पनि फेला पर्न सकेका थिएनन् । स्थानीयवासीले शहीद लखन थापा गाउँ

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 89 पटक पढिएको
  • भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

    बैतडी / बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका रहेका छन् । सङ्क्रमित आठै जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ । सीमा नाका खुला भएसँगै सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क सञ्चालन गरिएको&nbs

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 55 पटक पढिएको
  • पुर्वराजा ज्ञानेन्द्रको भारतीय मन्त्री साध्वीसँग भेट(भिडियो सहित)

    बिर्तामोड / भारत भ्रमणमा रहेका पुर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतको केन्द्रिय सरकारकी उच्च मन्त्री समेत रहेकी भाजपा नेतृ साध्वी निरञ्जन ज्योतीसँग भेट भएको सार्वजनिक भएको छ ।भारतको हरिद्वारमा हरेक १२ बर्षमा एक पटक लाग्ने कुम्भ मेला आयोजकको निमन्त्रणमा पुगेका उनको हरिद्वारमा साध्वीसँग भेट भएको बताईएको छ । भारत भ्रमणमा गएका उनको हरिद्वारमा उनीसहित भारत सरकारका प्रतिनिधी र भाजपाका उच्च नेताहरुसँग भेट भएको स्रोतहरुले जानकारी गराएका छन् ।हरिद्धार पुगेका उनले आईतवार विहान दक्षिणकाली मन्दिरको दर्शन गरेका थिए । हरिद्धारका निरंजन पिठाधिश्वर महामण्डलेश्वर कैलाशनन्द गिरीसँग ज्ञानेन्

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 218 पटक पढिएको
  • होटलमा युवकको शव फेला, दुई जना पक्राउ

    काठमाडौं /  काठमाडौंको गोँगबू नयाँ बसपार्कनजिक एक होटलमा एकजना युवकको शव फेला परेको छ । शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।मृतकको नागरिकताको आधारमा उनको परिचय खुलेको हो । मृतकको घुँडामा चोट लागेको जस्तो देखिएको का डीएसपी रोशन खड्काको भनाइ छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेको बताइएको छ ।

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 71 पटक पढिएको
  • दुर्घटनामा दुईको मृत्यु, सात घाइते

    चितवन / भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेका छन् ।तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चार जनाको उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । भरतपुरबाट श

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 50 पटक पढिएको
  • ‘मिनी ग्रेटवाल’ पर्यटकको पहिलो रोजाइ

    तनहुँ / बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरेर चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवाल पर्यटकको आर्कषण बन्दै गएको हो । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माणपछि पर्यटकको आगमनमा वृद्धि हुँदै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताएका छन् । आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । उनले भने, “अन्य दिनको तुलनामा बिदा,

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 55 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.