काठमाडौं /  काठमाडौंको गोँगबू नयाँ बसपार्कनजिक एक होटलमा एकजना युवकको शव फेला परेको छ । शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

मृतकको नागरिकताको आधारमा उनको परिचय खुलेको हो । मृतकको घुँडामा चोट लागेको जस्तो देखिएको का डीएसपी रोशन खड्काको भनाइ छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

OM Sai Pathibhara Hospital

उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेको बताइएको छ ।