बिर्तामोड / पूर्वपश्चिम लोकमार्गको काकडभिट्टा – बुटवल सडक खण्ड चार लोनको बनाउने प्रकृया सुरु भएको छ । भारतसँग सिमाना जोडिएको पुर्वी नाका काँकडभिट्टादेखि बुटवल सम्मको सडकलाई ४ लेनमा विस्तार गर्न काम शुरु गरिएको सडक विभागले जानकारी गराएको छ ।
हाल दुई लेनमा रहेको सडकलाई ४ लेन बनाउन सो सडक खण्डलाई खण्ड–खण्ड पारी काम अघि वढाइएको विभागले जनाएको छ । पहिलो चरणमा सो सडकको स्तरोन्नति का लागि दुई खण्डको ठेक्का लगाएर काम अघि वढाइएको विभागका महानिर्देशक अर्जुन जंग थापाले जानकारी गराएका छन् । उनले सो सडको केही खण्डको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार हुँदै गरेको अनि बाँकी रहेका खण्डमा काम अघि वढाउन डीपीआर बनाउने कम्पनीको छनौटको प्रकृया अघि वढेको बताएका छन् ।
१ हजार २८ किलोमिटर कूल लम्बाई रहेको पूर्व–पश्चिम लोकमार्गको आधाभन्दा धेरै भाग ७ वर्षभित्र ४ लेनको बनाइसक्ने गरी कामलाई द्रुत गतिमा अघि वढाइएको विभागले जनाएको छ । दातृ निकायको ऋण सहयोगमा काकडभिट्टा–बुटवल सडक खण्डलाई चार लेनमा स्तरोन्नति गर्न लागिएको विभागले बताएको छ । एसियाली विकास बैंक र विश्व वैंकको कर्जा सहयोगमा सो लोकमार्गको स्तरोन्नतिको प्रकृया थालिएको हो ।
सो सडक खण्डमा पर्ने कमला– ढल्केबर – पथलैया विश्व बैंकको सहयोगमा र नारायणगढ–बुटवल, कमला–कञ्चनपुर, काँकडभिट्टा–लौकी, पथलैया–नारायणगढ एशियाली विकास बैंकको सहयोगमा बन्ने विभागले जनाएको छ ।
पुर्वी नाका काँकडभिट्टा देखि बुटवलसम्मको सडकखण्ड आर्थिक वर्ष २०८४–८५ सम्ममा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको विभागका महानिर्देशक थापाले जानकारी गराएका छन् । काँकडभिट्टा–बुटवल सडक खण्डको कूल लम्बाई ५ सय ८९ किलोमिटर रहेको छ ।बि।स।२०१९ सालमा निर्माण गरिएको पूर्व–पश्चिम लोकमार्ग स्तरोन्नती नुहँदा जीर्ण बनिसकेको छ। अब बन्ने सडकलाई भारतसँग जोड्ने प्रस्तावित एसियन मार्गको स्तरमा नै बनाउन लागिएको हो ।
चार लेनको भनिएको सो सडकमा पर्ने मुख्य बजार र शहरी क्षेत्रमा भने छ लेनको बनाईने गरी तयारी भईरहेको छ । शहर र बस्ती क्षेत्रमा सडक चाप बेसी हने भएकाले ६ लनेको बनाउन लागिएको हो ।
काकटभिट्टा–लौकी
पूर्वी नाका काँकटभिट्टा देखी लौकी सम्मको १ सय २० किलोमिटर सडकको विस्तृत योजना प्रतिवेदन डीपीआर बनाउने प्रकृया अन्तिम चरणमा पुगेको छ ।सुसङ–इआरएमसी–टेक स्टुडिओ अफ इन्जिनरिङले सो खण्डको डीपीआर बनाउने जिम्मा पाएको थियो। काँकडभिट्टा–लौकी सडकखण्ड आर्थिक वर्ष २०७८–७९ मा ठेक्का लगाउने गरी काम भईरहेको सडक विभागले जानकारी गराएको छ ।