बिर्तामोड / बाह्र वर्षमा हरिद्धारमा हुने महाकुम्भ आयोजकको औपचारीक निमन्त्रणामा भारत पुगेका पुर्व राजा ज्ञानेन्द्र शाहको भारत सरकारका प्रभावशाली मन्त्री अमित शाह , साध्वी निरञ्जन ज्योती र नरेन्द्र मोदीका सहोदर दाई सहित भाजपाका उच्च नेतासँग भेट भएको सार्वजनिक भएको छ ।
शाह निकट स्रोतले दिएको जानकारी अनुशार उनीबसेको निजी फार्म हाउसमा नै शनिवार राती अमित शाह सहित भारतीय सरकारका उच्च अधिकारीले शाहसँग भेट गरेका हुन् । भेटका क्रममा नेपालमा देखिएको राजनितिक संकट अनि राजनितिक विषयमा छलफल भएको स्रोतको भनाई छ । नेपाललाई हिन्दु राष्ट्र वनाउने माग उठीरहेको समयमा भएको भेटलाई अर्थपुर्ण रुपमा लिईएको छ । पुर्व राजा निकट स्रोतहरुले भने भारत सरकारका प्रभावशाली करिव आधा दर्जन मन्त्रीसहित सरकारी अधिकारीले उनीसँग भेट गरेको वताएका छन् ।
हरिद्धारका निरंजन पिठाधिश्वर महामण्डलेश्वर कैलाशनन्द गिरीको औपचारीक निमन्त्रणामा कुम्भ स्नान गर्न पुगेका पुर्व राजा शाहलाई भारतमा यसपटक पुर्व राजाको हैसियतमा नभई नेपाल नरेश भनेर उच्च सम्मान दिईएको छ ।