बिर्तामोड / भारत भ्रमणमा रहेका पुर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतको केन्द्रिय सरकारकी उच्च मन्त्री समेत रहेकी भाजपा नेतृ साध्वी निरञ्जन ज्योतीसँग भेट भएको सार्वजनिक भएको छ ।
भारतको हरिद्वारमा हरेक १२ बर्षमा एक पटक लाग्ने कुम्भ मेला आयोजकको निमन्त्रणमा पुगेका उनको हरिद्वारमा साध्वीसँग भेट भएको बताईएको छ । भारत भ्रमणमा गएका उनको हरिद्वारमा उनीसहित भारत सरकारका प्रतिनिधी र भाजपाका उच्च नेताहरुसँग भेट भएको स्रोतहरुले जानकारी गराएका छन् ।
हरिद्धार पुगेका उनले आईतवार विहान दक्षिणकाली मन्दिरको दर्शन गरेका थिए । हरिद्धारका निरंजन पिठाधिश्वर महामण्डलेश्वर कैलाशनन्द गिरीसँग ज्ञानेन्द्रको शाही स्नान हुने बताईएको छ । सोमबार ज्ञानेन्द्रले शाही उनीसँगै शाही स्नान गर्ने बताईएको छ । हरिद्वारमा उनलाई पुर्व राजा नभई नेपालका राजाकै रुपमा सम्मान गरिएको छ ।
हरिद्धारको एक निजी फार्म हाउसमा उच्च सुरक्षा सहित बसेका पुर्व राजाले उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गरिरहेको सार्वजनिक भएपनि उनको निजी सचिवालयले भने सो कुराको पुष्टि गरेको छैन ।