बिर्तामोड / सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट घेराबारीले एकै दिनमा दुई ठाँउबाट लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड –२ बेलडाँगीका ३० वर्षीय जीवन धौराली र सोही ठाँउका २२ वर्षीय सुमन मिश्र रहेका छन। उनीहरुलाई बोर्डर आउट पोष्ट घेराबारीबाट खटिएको प्रहरी टोलीले दिउँसो २ बजे कचनकवल गाउँपालिका –१ उग्र गाँउबाट १४ बोतल कोडिन र ३० ओटा नाइट्रोजन ट्याब्लेट सहित पक्राउ गरेको घेरावारीका प्रहरी निरीक्षक रविन ढुङ्गेलले जानकारी दिए । त्यसैगरी पक्राउ पर्नेमा बिर्तामोड –७ का २८ वर्षीय सुरेन्द्र ढकाल रहेका छन् । उनलाई बोर्डर आउट पोष्ट घेराबारीबाट खटिएको प्रहरी टोलीले दिउँसो
चितवन / हालै सम्पन्न राष्ट्रिय गैँडा गणनाको तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैँडा रहेको पाइएको छ । गैँडा गणनाका क्रममा निकुञ्ज र आसपासका क्षेत्रलाई १८ भागमा विभाजन गरिएको थियो । तथ्याङ्क अनुसार निकुञ्जको मुख्य कार्यालय कसरादेखि पश्चिमतर्फ ४२९ गैँडा भेटिएका हुन् । पूर्वतर्फ यो सङ्ख्या २६५ मात्रै रहेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार मुख्य कार्यालय कसराबाट पश्चिमतर्फ पर्ने सुखीभार क्षेत्रमा सबैभन्दा बढी १५४ वटा गैँडा भेटिएका छन् । यो क्षेत्र कसरासँगै जोडिएको क्षेत्र हो । यसलाई मध्यभाग मान्दा पूर्व र पश्चिम उस्तै उस्तै सङ्ख्या
इटहरी / कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा सुनसरीमा भोलिदेखि खुकुलो पारिने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सुचना जारी गरी निषेधाज्ञा खुकुलो बनाउने जनाएको हो ।बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । यो निर्णय सँगै प्रदेश एकमा निषेधाज्ञा खुकुलो बनाउने सुनसरी नै पहिलो जिल्ला समेत भएको छ ।जिल्लाभर खाद्यान्न, स्टेसनरी, फलफूल तथा तरकारी पसल बिहीबारबाट खोल्न पाइनेछ । साग शब्जी तथा तरकारी भने घुमाएर मात्रै बेच बिखन गर्न पाइने छ । दूध र माछा–मासुको हकमा भने बिहान १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म मात्रै खोल
सुनसरी / सुनसरीको धरान –८ स्थित लोकमार्गमा ट्याक्टरबाट लड्दा कामदारको मृत्यु भएको छ । आज बिहान साढे ११ बजे को१ त ६७ नम्बरको धरान उप–महानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरमा काम गर्ने कामदार सुनसरी बराह –६ का ५० बर्षीय बाबुराम पौडेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ट्याक्टरबाट लडेर गम्भिर घाईते भएका पौडेलको घोपा धरानमा उपचारको क्रममा दिउसो १२ बजे मृत्यु भएको थियो । ट्याक्टर र ट्याक्टर चालक सुरज डोमलाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।
बिर्तामोड / भारतबाट नेपाल तर्फ आएका दुई व्यक्त स्रोत नखुलेको ३० लाख रुपैयाँसहित पक्राउ परेका छन् । भारतको बिहार मोतिहारीको घोडासानका बन्टीकुमार कलवार र सुरज कलवारलाई स्रोत नखुलेको पैसा सहित रौतहटबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।रौतहटको परोहा नगरपालिका–९ मा प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ३० लाख ७६ हजार रुपैयाँ बरामद गरेको हो । भारतबाट बीआर ०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल चढेर नेपाल आउने क्रममा पक्राउ परेका हुन् । पक्राउ परेकाहरु हुण्डी कारोवारी भएको आशंकामा प्रहरीले थप अनुशन्धान थालेको बताईएको छ । प्रहरी प्रधान कार्यालयल
काठमाडौँ / विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड¬–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निक्र्योल हुने जनाइएको छ । गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिएका छन् ।“यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ”, दाहालले भने,
काठमाडौँ / निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले आज विज्ञप्ति प्रकाशन गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।राष्ट्रको चौथो अङ्गका रूपमा रहेको पत्रकार तथा पत्रकारिता क्षेत्रको उच्च सम्मान गर्दै आफूले पत्रकारका समस्याका विषयमा जहिले पनि समाधान गर्न लागिपरेको र अबका दिनमा पनि सहयोग गरि
नवलपरासी / नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाको न्यायिक समितिमा परेका सबै उजुरीहरु मेलमिलापबाटै समाधान हुने गरेका छन् । न्यायिक समिति संयोजक एवं नगर उपप्रमुख विष्णुकुमारी कँडेलले न्यायिक समितिमा पर्ने उजुरीहरु छलफलबाटै समाधान गरिने भएकाले कुनै पनि मुद्दा अदालतमा पठाउनु नपरेको बताएका छन् । “नगरपालिकाको न्यायिक समितिले न्यायिक इजलास समेत गठन गरेको छ” कँडेलले भने, “इजलासबाट समेत फैसला नगरी हामीले सबै मुद्दा मेलमिलामबाटै समाधान गर्ने गरेका छौँ ।” मेलमिलाबाट विवाद समाधान गरिँदा दुवै पक्षलाई जितको अनुभूति हुने भएकाले पनि मेलमिलापबाटै मुद्दाको छिनाफानो लगाइने कँडेलले बताएक
उदयपुर / गएराति उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको नेबिल बैंकको एटिएम मेशिन फुटाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार गएराति एक युवकले बैंकभित्र प्रवेश गरी एटिएममा ह्याम्मरले हानेर फुटाउने क्रममा बैंकका गार्डले थाहा पाएपछि मेनेजरलाई खबर गरेका थिए ।मेनेजरले तत्काल प्रहरीमा खबर गरेपछि प्रहरी आइपुग्दा उक्त युवक भागेर बजारतर्फ जाँदै गरेका अवस्थामा प्रहरीले घेरा हालेर पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिएका छन् । भारत घर बताउने २१ वर्षीय ती युवक बजारकै एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए । अभियुक्त युवकले बैंकको एटिएम फोरेर कति रकम लग
पाँचथर / पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप दुर्घटना भएको र घटनास्थलमा नै उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.