बिर्तामोड / सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट घेराबारीले एकै दिनमा दुई ठाँउबाट लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड –२ बेलडाँगीका ३० वर्षीय जीवन धौराली र सोही ठाँउका २२ वर्षीय सुमन मिश्र रहेका छन। उनीहरुलाई बोर्डर आउट पोष्ट घेराबारीबाट खटिएको प्रहरी टोलीले दिउँसो २ बजे कचनकवल गाउँपालिका –१ उग्र गाँउबाट १४ बोतल कोडिन र ३० ओटा नाइट्रोजन ट्याब्लेट सहित पक्राउ गरेको घेरावारीका प्रहरी निरीक्षक रविन ढुङ्गेलले जानकारी दिए ।
त्यसैगरी पक्राउ पर्नेमा बिर्तामोड –७ का २८ वर्षीय सुरेन्द्र ढकाल रहेका छन् । उनलाई बोर्डर आउट पोष्ट घेराबारीबाट खटिएको प्रहरी टोलीले दिउँसो ३ः५० बजे उग्रगाँउ बाट ४४ नाइट्रोजन ट्याब्लेट र २६ ग्राम गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय राजगढ बुझाएको प्रहरी निरीक्षक रविन ढुङ्गेलले बताएका छन्।