इटहरी / कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा सुनसरीमा भोलिदेखि खुकुलो पारिने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सुचना जारी गरी निषेधाज्ञा खुकुलो बनाउने जनाएको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । यो निर्णय सँगै प्रदेश एकमा निषेधाज्ञा खुकुलो बनाउने सुनसरी नै पहिलो जिल्ला समेत भएको छ ।

OM Sai Pathibhara Hospital

जिल्लाभर खाद्यान्न, स्टेसनरी, फलफूल तथा तरकारी  पसल बिहीबारबाट खोल्न पाइनेछ । साग शब्जी तथा तरकारी  भने घुमाएर मात्रै बेच बिखन गर्न पाइने छ । दूध र माछा–मासुको हकमा भने  बिहान १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म मात्रै खोल्न पाइनेछ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आजका निर्णय सँगै यसअघिका अन्य निर्णय भने यथावत रहने बताएका छन् । सुनसरीमा वैशाख १७ गतेबाट निषेधाज्ञा सुरु भएको थियो ।