सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिएका छन् । गए राति करिब १२ बजे घरबाट निस्किेकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिए । महिलाको मानसिक सन्तुलन ठिक नभएको उनले जानकारी दिएका छन् । राति
झापा / झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गएराति १२ बजे ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।ट्रकको ठक्करबाट मोटरसाईकल चालक झापा कनकाई नगरपालिका वडा नं ३ बस्ने ४३ वर्षिय पूर्णबहादुर विष्ट र पछाडि सवार उनकी श्रीमती ३६ वर्षिया भीमा विष्टको मृत्यु भएको हो । घाइतेहरुलाई उपचारका लागि लाइफलाइन अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दम्पती सुुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ ।
हेटौँडा / प्रदेश राजधानी हेटौँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा ५५ दशमलव ५४ प्रतिशत उजुरी फछ्र्योट गरेको छ । कार्यालयमा परेका विभिन्न प्रकारका ९२९ उजुरीमध्ये अनुसन्धान सम्पन्न गरेर ५१६ उजुरी फछ्र्योट गरेको भएको आयोगको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार सबैभन्दा बढी बाराको ३०४ र सबैभन्दा कम भक्तपुरको एउटा मात्र उजुरी परेको थियो । यद्यपि काठमाडौँ, ललितपुर र भक्तपुरको उजुरी काठमाडौँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा धैरै सङ्ख्यामा पर्ने गरेकाले हेटौँडास्थित कार्यालयमा उक्त जिल्लाको उजुरीको सङ्ख्या निकै कम रहेको पाइन्छ
हेटौँडा / वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा उपमहानगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ । शवलाई आर्यघाटसम्म ल्याउनका लागि नगरवासीलाई थप सहज होस् भन्ने उद्देश्यले शववाहनको सेवा सञ्चालनमा ल्याइएको उपमहानगर प्रमुख हरिबहादुर महतले जानकारी दिएका छन् ।उपमहानगरपालिकाले ठेक्कामार्फत २३ लाख ३५ हजार लागतमा शववाहन खरिद गरेको हो । उपमहानगरपालिका क्षेत्रमा कसैको भवितव्य रूपमा खोलामा डुबेर, झुण्डिएर वा विष सेवन गरेर मृत्यु भएमा परीक्षणका लागि अस्पतालसम्म ल्याउन पनि शववाहनले सेवा दिने प्रमुख महतले बताए ।
काठमाडौँ / नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’ द्वारा सम्मान गरेको छ । पत्रकार खनाललाई शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेलले ५०२ पाउण्ड राशि, निवर्तमान अध्यक्ष नरेश खपाङ्गी मगरले सम्मानपत्र र वर्तमान अध्यक्ष ध्रुवराज अर्यालले खादा लगाई सम्मान गरेका हुन् ।खनालको हिमालखबर डटकममा विसं २०७७ कात्तिक १५ गते प्रकाशित ‘ला बास्सीबाट गोर्खाली बह’ शीर्षकको सामग्रीलाई यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरिएको अध्यक्ष अर्याल बताएका छन् । पत्रकारिता, वृत्तचित्र निर्माण र पुस्तक लेखनमा पनि सक्रिय खनालले तीनवटा पुस
खोटाङ / भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा बन्दुक)सहित खरखजना लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा वडा सदस्य परशुराम बानियाँसहित तीन जनालाई प्रहरीले सोमबार राति उनीहरुको घरैबाट पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा वडा सदस्य परशुरामका छिमेकी ६९ वर्षीय मदनबहादुर बानियाँ तथा ३३ वर्षीय मिलन बानियाँ रहेका प्रहरीले जनाएको छ । पक्राउ परेका वडा सदस्यसहित तीनै जनाविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरी हिरासतमा राखेर कारवाहीको प्रक्रिया शुरु
काठमाडौं / विलक्षण स्मरण शक्तिको दावी गरेर सामाजिक सञ्जाल मार्फत चर्चामा आएका विजय शाहीको मृत्यू भएको हल्ला असत्य प्रमाणित भएको छ । प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ ।विजय शाही सामान्य विरामी भएर अस्पताल गएको र उनको मृत्यूको हल्ला झुटो भएको कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन्।शाही महावै गाउँपालिका वडा नं. ५ स्थित आफ्नो घरमा आइसकेकाे शाहले जानकारी दिएका छन् । डिएसपी शाह भन्छन् ‘मैले विजय शाहीको गाउँमा प्रहरीलाई बुझ्न पठाएको थिएँ । उनीहरुले शाहीलाई घरमै भेटेको बताएका छन् । मृत्यूको
कैलाली / कैलालीमा साढे पाँच किलो चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका –११ का ४० वर्षीय गोरे धामी र गोदावरी नगरपालिका –६ का ३५ वर्षीय धनबहादुर धामी रहेका छन् । उनीहरूलाई सोमबार राति चेकजाँचको क्रममा सुदूरपश्चिम प्रदेश प्रहरीको टोलीले गौरीगंगा नगरपालिका –८ बाट पक्राउ गरेको हो ।शंका लागेर गोरेले बोकेको झोला चेकजाँच गर्दा साढे पाँच किलो चरेस फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
काठमाडौँ / विद्युतीय ऊर्जामा गरीब तथा विपन्न र सीमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्न सरोकार विज्ञले माग गरेका छन् ।नेपाल इनर्जी फाउन्डेशनले ‘ऊर्जामा गरीबको पहुँच अभिवृद्धि’ विषयमा आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताले आधारभूत ऊर्जाको पहुँचको सुनिश्चितताले मात्रै आर्थिक, सामाजिक समृद्धिको ढोका खुल्ने बताएका छन् । साथै उनीहरुले गरीबको सही पहिचान हुन नसक्दा ऊर्जामा न्यायको पहुँच सुनिश्चिततामा कठिनाइ उत्पन्न भएको धारणा राखेका छन् ।फाउन्डेशनका कार्यकारी निर्देशक डिल्ली घिमिरेले गरीब तथा विपन्न समुदायलाई सहुलियतपूर्ण वा निःशुल्क ऊर्जाको सुनिश्चितता गर्न सरोकारवाला निकायको
कालीकोट / कालीकोटको नरहरिनाथ गाउँपालिका – १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीका बीच सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म केबुलकार बनाउने लक्ष्य राखेको छ । नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.