हेटौँडा / वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा उपमहानगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ । शवलाई आर्यघाटसम्म ल्याउनका लागि नगरवासीलाई थप सहज होस् भन्ने उद्देश्यले शववाहनको सेवा सञ्चालनमा ल्याइएको उपमहानगर प्रमुख हरिबहादुर महतले जानकारी दिएका छन् ।
उपमहानगरपालिकाले ठेक्कामार्फत २३ लाख ३५ हजार लागतमा शववाहन खरिद गरेको हो । उपमहानगरपालिका क्षेत्रमा कसैको भवितव्य रूपमा खोलामा डुबेर, झुण्डिएर वा विष सेवन गरेर मृत्यु भएमा परीक्षणका लागि अस्पतालसम्म ल्याउन पनि शववाहनले सेवा दिने प्रमुख महतले बताए ।