कैलाली / कैलालीमा साढे पाँच किलो चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका –११ का ४० वर्षीय गोरे धामी र गोदावरी नगरपालिका –६ का ३५ वर्षीय धनबहादुर धामी रहेका छन् ।
उनीहरूलाई सोमबार राति चेकजाँचको क्रममा सुदूरपश्चिम प्रदेश प्रहरीको टोलीले गौरीगंगा नगरपालिका –८ बाट पक्राउ गरेको हो ।
शंका लागेर गोरेले बोकेको झोला चेकजाँच गर्दा साढे पाँच किलो चरेस फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यलय कैलालीले जनाएको छ ।