चितवन— चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् ।बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ ।दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
जनकपुर— जनकपुरधाममा शुक्रबार राति प्रहरी र स्थानीय सुनचाँदी व्यवसायीहरूबीच झडप भएको छ ।जिल्ला प्रहरी कार्यालयको टोलीले जनकपुरधामको सोनारपट्टीस्थित एक सुनचाँदी पसलमा छापा मारेपछि विवाद उत्पन्न भएको हो । सो क्रममा सुनचाँदी व्यवसायी संघ जनकपुर र उद्योग वाणिज्य संघ जनकपुरधाम अध्यक्ष सुरेन्द्र भण्डारीसहितका सदस्यहरूले दिपावलीको मुखमा राति आएर यसरी छापा मार्न नहुने भन्दै प्रतिकार गरेका थिए । सो क्रममा विवाद बढ्दै जाँदा प्रहरीले आश्रुग्यास समेत चलाएको थियो ।प्रहरीले व्यवसायीको पसलबाट सुनचाँदी बिना मुचुल्का लग्न खोजेको भन्दै व्यापार संघका अध्यक्षले रोक्न खोज्दा प्रहरी र व्यवसायीहरुबीच विवाद झन् अ
काठमाडौं— नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर
काठमाडौं— आज २०८२ साल कात्तिक १ गते शनिबार।मेषः दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधार हुनेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ । पारिवारिक र सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।वृषः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। स्वास्थ्यले साथ दिनेछ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट नाफा हुनेछ। गुरुसँग नम्र भएर प्रस्तुत हुने समय छ।मिथुनः दिन राम्रो छ । बोलीका कारण काम बन्नेछन् । शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।कर्कटः दिन राम्रो छ । गुम्न ला
काठमाडौं— नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ।ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो। सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए।बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए। त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो। नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरे।आसिफ शेख ४१ बलमा ६९
काठमाडौं— काठमाडौं महानगरपालिकाले नेपाल स्काउटको स्वामित्वमा रहेको जग्गा भाडामा लिएर नयाँ 'महानगर अस्पताल' निर्माण गर्ने योजना अघि बढाएको छ। शुक्रबार बसेको बोर्ड बैठकमा यस विषयमा प्रस्ताव पेस गरिएको हो।बैठकमा नेपाल स्काउटले उक्त जग्गा भाडामा दिन सैद्धान्तिक सहमति जनाइसकेको जानकारी दिइएको छ। तर बैठकमा भाग लिएका केही सदस्यहरूले भने महानगरपालिका अहिले आफैँ भाडामा बसिरहेको अवस्थामा अर्को भाडाको जग्गामा लगानी गर्नु उपयुक्त नहुने तर्क गर्दै आपत्ति जनाएका थिए। साथै, स्काउटको जग्गालाई खुला क्षेत्रको रूपमा जोगाइराख्नु पर्ने सुझाव पनि बैठकमा उठेको थियो।नेपाल स्काउटको केन्द्रीय कार्यालयसँग रहेको यो जग्गा
काठमाडौं— सामाओले नेपालले विरुद्धको खेलमा टस जितेको छ ।ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गतको सुपर सिक्सको अन्तिम खेलमा सामाओले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नेपालले यस खेलमा पहिला ब्याटिंग गर्ने भएको छ । नेपाल अंक तालिकामा शिर्ष स्थानमा छ भने विश्वकपमा छनौट भइसकेको छ । नेपालले आजको खेलमा समाओलाई पराजित गरेर छनौट प्रतियोगिताको ट्रफी जितेर घर फर्किने लक्ष्यका साथ आज खेल्ने छ ।त्यस्तै सामाओले भने विश्वकपको दौडबाट बाहिरिइसकेको छ । सुपरसिक्समा सामाओले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।नेपालले आज कुशल मल्ल र सोम
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको र अन्तराष्ट्रिय खेल तथा पर्यटन प्रवर्धनमासमेत यसको योगद
काठमाडौं । हरेक संघर्षमा जस्तैः जेन्जी संघर्षमा पनि दलितको प्रतिनिधीत्व नभएकोप्रति जेन्जी अगुवाले आक्रोश व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा उनीहरुले जेन्जी सरकारमा प्रतिनिधीत्वको मागसमेत राखेका छन् ।जनक परियारले जेनजीहरुका माग पुरा नगरिए भन्दै आक्रोश व्यक्त गरेका छन् । परियारले हरेक आन्दोलनमा जस्तैः जेन्जी आन्दोलनमा पनि दलितहरुले महत्वपूर्ण भूमिका खेलेकोले प्रतिनिधीत्वको माग गरेका छन् । परियारले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकारले तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सिडियोलाई नपक्रिएकोमा रोश व्यक्त गरे ।अर्का जेन्जी
हुम्ला— हुम्लाको नाम्खा गाउँपालिका– ६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ । हिमपातका कारण सडकमा हिउँ जमेर बन्द भएको सडक हिउँ पन्साएपछि सञ्चालनमा आएको हो ।पूर्वाधार विकास कार्यालय हुम्लाले न्यालु सडकमा जमेको हिउँ पन्साउनका लागि सदरमुकाम सिमकोटबाट स्काभेटर पठाएको थियो ।बिहीबार हिउँ पन्साएपछि सडक सुचारु भएको पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले बताए ।सडकमा जमेको चार फिट हिउँ तीन दिन लगाएर पन्साएपछि सहज रूपमा यातायात सञ्चालनमा आएको उनले जानकारी दिए ।सडक सञ्चालनमा आएसँगै हिमपातपछि तुम्लिङमा रोकिएका चालीस जनाभन्दा बढी यात्रु सकुशल सदरमुकाम सिमकोट पुगेका छन् ।हिमपातपछि लिमी उपत्यकामा
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.