समाचार

    Showing 23,021-23,030 of 26,026 items.
  • माछा मार्न गएका युवक खोलाले बगाएर बेपत्ता

     ताप्लेजुङ / ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङमा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । आइतबार माछा मार्ने क्रममा खोलाले बगाउँदा सोही स्थानका २० वर्षीय पर्वत खोक्लिङ बेपत्ता भएका हुन् ।  आइतबार साँझ पर्वत अन्य दुईजना साथिसंग माछा मार्न तमोर नदी गएका थिए । माछा मार्ने क्रममा पर्वतलाई बगाएपछि उनका साथीले तत्काल आफन्तलाई खबर गरेका हुन् । लगतै आफन्त र प्रहरीको टोलीले खोजी कार्य सुरु गरेपनि हालसम्म उनलाई फेलापार्न सकिएको छैन । स्थानीय र इलाका प्रहरी कार्यलय दोभानको टोलीले उनको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ । 

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 74 पटक पढिएको
  • स्याङ्जामा पुल भत्किँदा आठ कामदार घाइते

    स्याङ्जा / स्याङ्जामा जोड्ने निर्माणाधीन अवस्थामा रहेको पुल भत्किँदा आठ कामदार घाइते भएका छन् । चापाकोट–८ प्याकलुक स्थित स्याङ्जाको दामाचौर र पाल्पाको रामपुर नगरपालिकालाई जोड्न बनाउँदै गरेको पुल आइतबार राति भत्किँदा आठ कामदार घाइते भएका हुन् । पक्की पुल निर्माण कार्यमा फलामको बिम माथि उचाली जडान गर्ने क्रममा बिम सहित खस्दा रौतहटका २४ वर्षीय प्रेमधन पटेल, बाराको हरिहरपुर–८ का २२ वर्षीय रामनिवास कुमार पटेल, २८ वर्षीय जितेन्द्र पटेल र गोरखाको मिरासन गाउँपालिका–४ का २३ वर्षीय सृजन परियार घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 57 पटक पढिएको
  • होटल शिन्तामणीलाई मोक्ष होटलको व्यवस्थापनको जिम्मा

    बिर्तामोड / विश्वका विभिन्न स्थानमा आरामदायी होटल सञ्चालन गर्दै आएको ‘चेन होटल’ का रुपमा रहेको शिन्तामणी होेटलले अब मुस्ताङको चर्चित मोक्ष होटलको व्यवस्थापन गर्ने भएको छ । विश्वका चर्चित होटल मध्येको एक होटलका रुपमा रहेको होटल शिन्तामणिले अब नेपालमा पनि सेवा दिने भएको हो । एक अर्ब १० करोड लगानीमा निर्माण भएको मोक्ष होटल आगामी अक्टोबरदेखि शिन्तामणी होेटलले व्यवस्थापन गर्ने दुई पक्षीय सम्झौता भएको छ । कोभिड-१९  कारण लामो समयसम्म सञ्चालनमा नल्याइएको मोक्ष होटल अक्टोबरदेखि सञ्चालन भएपछि खर्चालु पर्यटक बढ्ने अनुमान गरिएको छ ।कम्प

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 100 पटक पढिएको
  • बौद्धबाट अनलाइन गेम बिङ्गो खेल्ने १६ जना पक्राउ

    काठमाडौँ  / काठमाडौँको बौद्धबाट अनलाइन गेम बिङ्गो खेलेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका –१ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका –७ स्थित शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पासहित १६ जना रहेका छन् । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका –६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले ७४ हजार १ सय ५० रुपैयाँ, १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर बरामद गरेको छ ।

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 71 पटक पढिएको
  • डाक्टर मृत्यु प्रकरण : फार्मेसी संचालकसहित आठ पक्राउ

    विराटनगर / विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डा. विजय यादवको हत्याको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई घरभई हाल विराटनगर बस्ने जीवन कठेत र सुदीप पौडेलसहित आठ जना रहेका छन् । पक्राउ परेका आठ जना विरुद्ध प्रहरीले  ‘अभद्र व्यवहारको मुद्दामा’ तीन दिन म्याद थप गरि अनुसन्धान सुरु गरेको बताइएको छ । सप्तहरीको विष्णुपुर गाउँपालिका –१ घर भई हाल बिराटनगरमा बस्दै आएका डा. यादवको चैत १९ गते (शनिबार) बिहान डेरा बसेको घरको कम्पाउण्डमा मृत फेला परेका थिए । मृतकको पोस्मार्टम रिपोर्ट नआएसम्म हत्या हो वा दुर्घटना भएको यकिन नभएकोले अनुसन्धान

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 108 पटक पढिएको
  • पशुपति धर्मशाला भवन खाली गर्न पशुपति क्षेत्र विकास कोषको सूचना

    काठमाडौं / सोमबार पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना जारी गर्दै बतास समूहले सञ्चालन गर्दै आएको पशुपति धर्मशालाको भवन खाली गर्न आग्रह गरेको छ ।पशुपति क्षेत्र विकास र  बतास समूह बिच भएको सम्झौता भंग गरी सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहलाई धर्मशालाको भवनमा  खाली गर्न अनुरोध गरेको थियो । बतास समूहले कोषको पत्र बुझ्न नमाने पछि सार्वजनिक सूचना नै निकालेर धर्मशालाको भवन खाली गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । 

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 63 पटक पढिएको
  • तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    मोरङ / मोटरसाइकल दुर्घटनामा परी मोरङको बुढीगंगा गाउँपालिका-२ टंकीसिनवारीमा एकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । हिजो(आइतबार) राती टंकीसिनवारी चोकमा तीनजना सवार को १७ प ७६७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका मोटरसाइकल चालकलाई उपचारको लागी विराट मेडिकल कलेज गंगाचोक लगिएकोमा उपचारको क्रममा रातिनै मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा इटहरी १९ खनारका २२ वर्षीय अनिस कार्की रहेका छन् । मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।  

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 95 पटक पढिएको
  • लेटाङ घटना प्रकरण : १० विद्यार्थी सहित ६३ जना पक्राउ

    बिर्तामोड / मोरङको लेटाङ घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आरोपमा ६३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार पक्राउ परेका मध्ये २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा  जिल्ला अदालत मोरङबाट म्याद थप भएको र बाँकी ४३ जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । घटनाको सम्पूर्ण अनुसन्धान सात दिनभित्र सकिने प्रहरीले जनाएको छ । मोरङको लेटाङस्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा सातमा अध्ययनरत छात्रालाई होलिका

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 98 पटक पढिएको
  • घाँस काट्न गएका विकको बाघको आक्रमणबाट मृत्यु

    चितवन / चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९, बाँदरझुलाका सुरेश बिक रहेका छन् । आफन्तको घरमा बस्दै आएका बिकलाई भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ बाघले आक्रमण गरेको थियो । घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन् ।

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 106 पटक पढिएको
  • स्कुलको बसले ठक्कर दिदाँ इटहरीमा एकजनाको मृत्यु

    बिर्तामोड / सुनसरीको इटहरीमा बेबिलोन सेकेन्डरी बोडिङ स्कुलको बसले ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ ।  दुर्घटनामा परि मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया मेहरुन खातुन रहेकी छिन् । खातुनलाई इटहरी- १८ नयाटोल स्थित कान्छीचोक चतरा सडक खण्डमा को १ क १८६६ नम्बरको बसले ठक्कर दिएको हो । पैदल हिँडिरहेकी खातुनलाई बसले ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय पकलिबाट खटिएको प्रहरी टालीले कानुनी प्रकृया पुरा गरी सवारी चालक मोरङ सुन्दरहरैचा -६ का ३६ वर्षीय प्रेम कुमार सार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरह

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 113 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.