बिर्तामोड / सुनसरीको इटहरीमा बेबिलोन सेकेन्डरी बोडिङ स्कुलको बसले ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया मेहरुन खातुन रहेकी छिन् । खातुनलाई इटहरी- १८ नयाटोल स्थित कान्छीचोक चतरा सडक खण्डमा को १ क १८६६ नम्बरको बसले ठक्कर दिएको हो । पैदल हिँडिरहेकी खातुनलाई बसले ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय पकलिबाट खटिएको प्रहरी टालीले कानुनी प्रकृया पुरा गरी सवारी चालक मोरङ सुन्दरहरैचा -६ का ३६ वर्षीय प्रेम कुमार सार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।