काठमाडौं / सोमबार पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना जारी गर्दै बतास समूहले सञ्चालन गर्दै आएको पशुपति धर्मशालाको भवन खाली गर्न आग्रह गरेको छ ।

पशुपति क्षेत्र विकास र  बतास समूह बिच भएको सम्झौता भंग गरी सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहलाई धर्मशालाको भवनमा  खाली गर्न अनुरोध गरेको थियो । बतास समूहले कोषको पत्र बुझ्न नमाने पछि सार्वजनिक सूचना नै निकालेर धर्मशालाको भवन खाली गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।