समाचार

    Showing 21,901-21,910 of 25,992 items.
  • अब ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता

    झापा / पाल्पामा अब ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता  उपलब्ध गराइने भएको छ । जिल्लाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको हो । एघारौँ गाउँसभा मार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने बताए ।साथै ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने भएको छ । सरकारको नीतिअनुसार यसअघि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्

    • प्रकाशित मितिः असार १२, २०७९
    • 84 पटक पढिएको
  • सडकसँगै भासियो घर

    पोखरा / केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका –४ मा सडकसहित एक घर भासिएको छ ।वडाध्यक्ष देवकृष्ण पराजुलीका अनुसार फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको हो । वडाध्यक्ष पराजुलीले भने  ‘सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ । घरको बाहिरी भाग सकुशल छ तर, भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ ।’त्यस्तै वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो जाँदा पोखरा–सिक्लेस सडक ३ दिनदेखि अवरुद्ध भएको छ । गाउँपालिकाका अनुसार विभिन्न वडाका ५ ठाउँमा पहिरो गएकाले तत्काल सडक सञ्जाल सञ्चालनमा आउने सम्भावना कम छ ।मादी गाउँपालिका १ का वडाध्यक्ष द

    • प्रकाशित मितिः असार १२, २०७९
    • 86 पटक पढिएको
  • प्रदेश १ सहित केही स्थानमा भारी वर्षाको सम्भावना

    बिर्तामोड / आज प्रदेश १ सहित केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको र सुदूरपश्चिम भू–भागमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव छ ।देशभरका पहाडी भू-भागका धेरै स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी, कर्णाली तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना  रहेको बताइएको छ ।विभागले आगामी २४ घण्टाका लागि देशभरका पहाडी भू–भागका धेरै स्थानमा र बाँकी भू–भागका थोरै

    • प्रकाशित मितिः असार १२, २०७९
    • 63 पटक पढिएको
  • भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको साढे ५ लाख बढी मूल्यको कपडा र चप्पल बरामद

    झापा / धनगढीमा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको साढे ५ लाख बढी मूल्यको सामाग्री प्रहरीले बरामद गरेको छ । शनिबार धनगढी त्रिनगरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले त्रिवेणीघाट इलाकाबाट उक्त सामान सहित अटोरिक्सा पनि बरामद गरेको हो । प्रहरीका अनुसार  से १ ह ११८१० ईअटोरिक्सा र (पेट्रोल अटो) से १ स ३६५९ बाट कपडा र चप्पल बरामद गरिएका हुन् । बरामद भएका सबै सामाग्री आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असार ११, २०७९
    • 212 पटक पढिएको
  • ढुंगा प्रहार गरि ३७ वर्षीय महिलाको हत्या गरेको आरोपमा एक पक्राउ

    काठमाडौं / काठमाडौंको कलङ्कीमा ढुंगा प्रहार गरि महिलाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कलङ्कीमा फुटपाथमा तरकारी बेच्ने अन्दाजी ३७ वर्षीय मेनुका उप्रेतीमाथि शनिबार बिहान करिब ८ बजेतिर ढुंगा प्रहार भएको थियो । टाउकोमा ढुंगा प्रहार हुँदा घाइते भएकी उनलाई नेपाल नेशनल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए। प्रहरीले हत्या आरोपमा एक जना पुरूषलाई पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त कालिमाटीले पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ११, २०७९
    • 106 पटक पढिएको
  • आगामी तीन दिन सम्म देशका धेरै नदीमा पानिको बहाव बढ्ने सतर्क रहन आग्रह

    काठमाडौं / आगामी तीन दिन देशभरका अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस कारण आगामी तीन दिन देशका धेरै नदीमा पानिको बहाव विभागले जनाएको छ । नारायणी र यसका साना सहायक नदीहरूमा जल सतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्नसक्ने विभागको भनाइ छ । कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव बढ्ने तर सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको विभागले जनाएको छ । 

    • प्रकाशित मितिः असार ११, २०७९
    • 57 पटक पढिएको
  • ठगीबाट बच्न केन्द्रीय अनुसन्धान ब्युरोको अनुरोध

    काठमाडौं / प्रहरीले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेकाले  त्यसबाट बच्न केन्द्रीय अनुसन्धान ब्युरोले अनुरोध गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले सूचना जारी गरी त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुरोध गरेको छ ।पछिल्लो समय नेपालमा अवैध ऋण लगानी (मिटर ब्याज) गरी दिएको रकमको धेरै गुणा रकम तिरिसक्दासमेत तमसुक, चेक वा दृष्टिबन्धक जग्गा फिर्ता नदिई उठिवास गराउने गरेको, वैदेशिक रोजगारीको प्रलोभन, फोन, मेल र सामाजिक सञ्जालको दुरुपयोग गरी वा सामाजिक सञ्जालमा साथी बनाई चिठ्ठा, उपहारका न

    • प्रकाशित मितिः असार ११, २०७९
    • 74 पटक पढिएको
  • सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

    झापा / तेह्रथुममा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार लालीगुराँस–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगर रहेकी छिन् । जिल्लाको लालीगुराँस नगरपालिकामा भएको  दुर्घटनामा परि दुईजना सख्त घाइते भएका छन् ।लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त नम्बरको ट्याक्टर वसन्तपुर बजार छेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा लालीगुराँस–७ का ट्र्याक्टर चालक २२ वर्षीय जयन्तकुमार लिम्बू र ट्याक्टरमा सवार २२ वर्षीय ललितकुमार मगर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक भुवन विकले जानकारी दिए  ।खस्त

    • प्रकाशित मितिः असार ११, २०७९
    • 56 पटक पढिएको
  • युवकलाई कुटपिट गरि हत्या गरेको आरोपमा १ नाबालकसहित १२ जना पक्राउ

    बिर्तामोड / बाराको जीतपुरसिमरा उपमहानगरपालिका- ६ नगौलका राकेशभक्त पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा एक नाबालकसहित १२ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका ५० वर्षीय चित्रबहादुर क्षेत्री, ५० वर्षीया दुर्गा खत्री, ५० वर्षीय सन्ते बछार, २६ वर्षीय सन्दीप थापा, २४ वर्षीय सुमन लामा र २६ वर्षीय सुदीप घिमिरे छन् ।यसैगरी पक्राउ पर्ने अन्यमा जीतपुरसिमरा–२ फूलबारी टोलका ४२ वर्षीय खगेन्द्र रिजाल, सम्झौता टोलका ३५ वर्षीय उद्धव अधिकारी, जीतपुरसिमरा–३ बजनी बलुवा टोलका ४८ वर्षीय बलरामप्रसाद चिमरिया, जीतपुरसिमरा–६ रामवन ट

    • प्रकाशित मितिः असार ११, २०७९
    • 70 पटक पढिएको
  • आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षा हुने

    झापा / आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । सुदूरपश्चिममा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव छ ।उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । रातको समयमा पनि सोही मौसमी प्रणाली कायम र

    • प्रकाशित मितिः असार ११, २०७९
    • 54 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.