काठमाडौं / आगामी तीन दिन देशभरका अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस कारण आगामी तीन दिन देशका धेरै नदीमा पानिको बहाव विभागले जनाएको छ ।
नारायणी र यसका साना सहायक नदीहरूमा जल सतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्नसक्ने विभागको भनाइ छ ।
कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव बढ्ने तर सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको विभागले जनाएको छ ।