समाचार

    Showing 20,461-20,470 of 25,992 items.
  • मोरङमा सवारी दुर्घटनाबाट १ जनाको मत्यु

    मोरङ- मोरङको बिराटनगर महानगरपालिका-१८ स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे बिराटनगर तर्फ आउदै गरेको NL 02 G 8952 नम्बरको फलाम बोकेको टेलर गाडीले बिपरीत दिशा तर्फ जादै गरेको मे. १० प ९१६१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक बिराटनगर भंसार कार्यलयमा सेक्युरीटी गार्डमा कार्यरत मेची नगरपालिका-१३ झापाका ४४ बर्षीय राजेन गिरीको घटनास्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा  इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षकको टोली खटिएर मृतक शवलाई पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 180 पटक पढिएको
  • सिटी मार्केटमा आगलागी

    सिमरा- जीतपुरसिमरा उपमहानगरपालिका- ७ जीतपुरस्थित सिटी मार्केटमा आइतबार बिहान आगलागी हुँदा पाँचवटा पसल पूर्णरुपमा जलेर नष्ट भएका छन् । आगलागीमा अन्य पसलमा पनि क्षति पुगेको छ। स्थानीय व्यवसायी अनिल साहको रेडिमेड कपडा पसलमा विधुत सर्ट हुँदा आगलागी भएको हो । दमकल,नेपाल प्रहरी,सशस्त्र प्रहरी,स्थानीयबासिन्दा र व्यवसायीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।आगो निभाउन अमलेखगंजस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपो,जीतपुरसिमरा उपमहानगरपालिका र वीरगन्ज महानगरपालिकाबाट दमकल आएका थिए । अधिकांश कपडा पसल रहेको उक्त मार्केटमा आगलागी सुरु भएलगत्तै स्थानीय व्यवसायीले प्रहरी र दमकललाई खबर गरेका थिए । प्रहरीका अन

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 92 पटक पढिएको
  • बिरामीहरुद्वारा उपचार सेवा माग्दै प्रदर्शन

    काठमाडौं - उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरुले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनको कारण केहीबेर यातायात सेवा प्रभावित भएको थियो । सडक अवरुद्ध हुने गरी प्रदर्शन गर्नेहरुलाई प्रहरीले अहिले भने हटाएको छ ।नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् । वीर अस्पतालमा आज बिहान पुगेका धेरै बिरामीहरु अलमलमा परेका थिए । सुरक्षा गार्डहरुले आज ओपीडी सेवा बन्द भएको जानकारी गराउँदै बिरामीहरुलाई फर्काएका छन् ।  आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्तामार्फत् समस्या समाधानको प्रय

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 151 पटक पढिएको
  • तयार भयो टरिगाउँ विमानस्थलको डीपीआर

    दाङ - तुलसीपुर उपमहानगरपालिका वडा नं १२ मा रहेकाे टरिगाउँ विमानस्थलको  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।  डीपीआरअनुसार विभिन्न चार विकल्प दिइएको छ । अहिले रहेको धावनमार्गबाट सिधै लैजाँदा एक हजार पाँच सय मिटरमात्रै धावनमार्ग हुनसक्ने भएकाले उत्तरतर्फ तन्काएर एक हजार सात सय मिटर बनाउन सकिने, स्थानीयवासीको जग्गा लिजमा लिएर विमानस्थल विस्तार गर्न सकिनेजस्ता विकल्प रहेको तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले जानकारी दिनुभयो । उहाँले डीपीआरमा दिइएका विकल्प माथि तुलसीपुरमा सरोकारवालासँग छलफल गर्ने तयारी रहेकोसमेत बताउनुभयो ।  छलफलपछि न

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 124 पटक पढिएको
  • चिकित्सक संघलाई आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह

    झापा । डाक्टर कुटपिट प्रकरणमा आक्रोशित बनेको नेपाल चिकित्सक संघले आइतबार सेवा ठप्प पारेको सन्दर्भमा   स्वास्थ्य  मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दिर्घरोगी, जटिल प्रकारका विरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै नेपाल चिकित्सक संघले मिति २०७९ साल माघ २९ गतेका दिन आह्वान गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएर नागरिकहरुको स्वास्थ्य उपचारको नियमित काममा जुट्नका लागि अनुरोध गर्दछौं’, मन्त्रालयको विज्

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 202 पटक पढिएको
  • पोखराको लेकसाइड सेन्टरमा आगलागि, नियन्त्रणको प्रयास जारि

    प्रदेश ब्युरो । पोखराको लेकसाइडस्थित लेकसाइड सेन्टरमा आगलागी भएको छ। लेकसाइड सेन्टरको भवनमा रहेको सेलवेज सुपरमार्केटको सोरुमबाट शनिबार अपराह्न ३:४५ देखि सुरु भएको आगो अझै नियन्त्रणमा आको छैन । आगो नजिकका अन्य पसलहरूमा पनि सल्किएको छ ।आगो नियन्त्रणका लागि अहिले नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीको टोली खटिएका छन् । दुईवटा दमकल र तीनवटा ट्याङकरको सहायताबाट आगो नियन्त्रणमा लिने प्रयास जारी छ ।आगलागीबाट हिमालयन जाभा, नासा ट्रेकिङ इकुप्मेन्ट सप लगायत पसलहरूमा पनि आगो सल्किएको छ । आगोबाट मानवीय क्षति भने भएको छैन। यद्यपि यसबाट करोडौंको क्षति भएको आकलन गरिएको छ। नजिकैका पसलहर

    • प्रकाशित मितिः माघ २८, २०७९
    • 391 पटक पढिएको
  • डाक्टरलाई कुट्ने प्रहरी निलम्बित

    झापा । राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिहमाथी कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङ निलम्बनमा परेका छन्।नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार गुरुङ निलम्बनमा परेको बताएका छन।पोखरेलले भने,`वरिष्ठ प्रहरी हवल्दार गुरुङ निलम्बनमा पर्नुभएको छ। अब उहाँमाथि थप अनुसन्धान र कारबाहि प्रक्रीया अगाडि बडेको छ। हामि डाक्टरहरुसँग छलफल प्रकृयामा छौँ।´राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरी गुरुङले ट्रमा सेन्टरमा कार्यरत डा.जेनिथ सिंहमाथि हातपात गरेका थिए। शुक्रबार गुरुङले डा सिंहलाई वीर अ

    • प्रकाशित मितिः माघ २८, २०७९
    • 210 पटक पढिएको
  • भोलि देशभरका स्वास्थ्य संस्था आकष्मिकबाहेकका सेवा बन्द;;नेपाल चिकित्सक संघ

    झापा । नेपाल चिकित्सक संघले प्रहरीबाट ट्रमा सेन्टरका डाक्टर कुटिएको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकष्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ ।घटनापछि आन्दोलिन रहेको संघको शनिबार बसेको बैठकले विरोधस्वरूप आइतबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने निर्णय गरेको हो ।चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै लोकतन्त्रमा भएको ज्यादतिविरुद्ध बाध्य भएर संघर्षमा उत्रनु परेको उल्लेख छ ।शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेर फर्किने क्रममा प्रहरीले उनको सवारी हुने क्षेत्रमा हिँड्डुलसमेत

    • प्रकाशित मितिः माघ २८, २०७९
    • 310 पटक पढिएको
  • लिथियमको विशाल खानी भारतमा भेटियो, जो इलेक्ट्रिक सवारीको ब्याट्रीमा प्रयोग हुन्छ।

    इलेक्ट्रिक सवारीको ब्याट्रीमा प्रयोग हुने दूर्लभ तत्व ‘लिथियम’ भारतमा भेटिएको छ। भारतले लिथियमको भण्डारको आफ्नो पहिलो महत्वपूर्ण खोजको घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ।भारत सरकारले बिहीबार जम्मू कश्मीरमा ५.९ मिलियन टन लिथियम फेला पारेको बताएको थियो। हालसम्म भारत लिथियम आयातका लागि अष्ट्रेलिया र अर्जेन्टिनामा निर्भर छ। लिथियम रिचार्जेबल ब्याट्रीहरूमा एक प्रमुख कम्पोनेन्ट हो जसले स्मार्टफोन र ल्यापटपहरू, साथै इलेक्ट्रिक कारहरू लगायत धेरै ग्याजेटहरूलाई शक्ति दिन्छ।विज्ञहरूकाअनुसार यो खोजले ग्लोबल वार्मिङसँग जुध्न कार्बन उत्सर्जन घटाउने प्रयासको रूपमा २०३० सम्ममा निजी इलेक्ट्रिक कारहर

    • प्रकाशित मितिः माघ २८, २०७९
    • 575 पटक पढिएको
  • नक्कली लालपूर्जाबाट एनआइसी एसिया बैंकले २ करोड भन्दा बढीको ऋण दियो

    प्रदेश ब्युरो । अर्काको नाममा रहेको जग्गाको नक्कली लालपूर्जा बनाइ बैंकबाट ऋण उठाएको खुलासा भएको छ । राजविराज ८ का रवीन्द्र कुमार यादवको नाममा रहेको जग्गा राजविराज ९ का वर्षाना खातुनको नाममा नक्कली लालपूर्जा तयार गरी राजविराज १ का समसादले एनआइसी एसिया बैंक राजविराज शाखाबाट २ करोड ८० लाख रुपैयाँ स्वीकृत गराइ २ करोड ३० लाख रुपैयाँ विभिन्न व्यक्तिलाई भुक्तानी दिइएको खुलासा भएको छ ।घटनापछि बिहान १० बजेदेखि नै बैंकमा सर्वसाधारणको भीड लागेको थियो भने वास्तविक जग्गाधनी र उनका आफन्तले विवाद गरेका थिए । उक्त कार्यमा सद्दामको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानमा पाइएको बैंक प्रशासनको भनाइ छ । वास्

    • प्रकाशित मितिः माघ २८, २०७९
    • 1,264 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.