समाचार

    Showing 20,391-20,400 of 25,992 items.
  • मलेसियामा बसेर नेपाली महिलाको चरित्र हत्या गर्ने पक्राउ

    झापा - विदेशमा बसेर नेपाली महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले मलेसियाबाट नेपाल फर्कँदै गरेका रौतहटको देवाही नगरपालिका ५ टिकुलियाका २२ वर्षीय हरिहरप्रसाद यादव पक्राउ गरेको हो। उनलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही हुने प्रहरी उपीक्षक पशुपतिकुमार रायले बताए। यादवलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइँ आवश्यक अनुसन्धान भइहेको रायले बताए।  यादवले महिलाको चरित्रहत्या हुने अश्लील शब्द सामाजिक सञ्जालमा फोस्ट गर्ने गरेका थिए। उनले पीडित महिलाकी नाबालिका बहिनीसमेतको फोटो सामाजिक सञ्जालमा राखेर मानसकि तनाव दिएको भन्दै साइबर व्यूरो

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 157 पटक पढिएको
  • द्रव्य शाह बहुमुखी क्याम्पसमा स्ववियूले लगायो ताला

    झापा- क्याम्पस प्रमुखमाथि कुटपिट गर्नेलाई कारवाही नगरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले द्रव्य शाह बहुमुखी क्याम्पसमा ताला लगाएको छ । दोषी उपर कारबाहीको माग गर्दै उजुरी दिए पनि प्रहरी संगठन र प्रशासनले विभिन्न बहानाबाजीमा घटनालाई राजनीतिकरण गरी आन्तरिक मेलमिलापको चेष्टा गरेको भन्दै क्याम्पसको स्ववियूले तालाबन्दी गरेको हो ।शुक्रवार प्रेस बिज्ञप्ती जारी गर्दै स्ववियूले दोषीलाई कानूनी दायरामा नल्याएसम्म क्याम्पसको पठनपाठन एवं प्रशासनिक कामकाज बन्द रहने जनाएको छ । ‘अपराधिक मानसिकताका व्यक्तिहरु दिनदहाडै बजारमा खुलेआम रुपमा हिँडिरहेको र घटनामा आरोपित व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 188 पटक पढिएको
  • प्रतिबन्धित औषधीसहित तीन जना पक्राउ

    झापा - उदयपुर र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार अपरान्ह इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-४ का ३७ बर्षीय हरीकृष्ण सुनुवार र कटारी-३ का कुमार सुनुवारलाई नाईट्राभेट-२६५ ट्याबलेट र लुपिजेसिक, डाईजेपाम, एल्जिक समेत गरी ८९ एम्पुल सहित पक्राउ गरेको हो । साथै बिराटनगर महानगरपालिका-१२ स्थितमा वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका-४ का २७ बर्षीय अजय राईलाई संका लागि चेक जाँच गर्दा उनको साथबाट स्पास्मो २४ ट्यावलेट र नाईट्रोसन १० ट्यावलेट फेला परेकोले पक्राउ गरिएको छ । प्रतिबन

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 147 पटक पढिएको
  • पक्राउ परे डिल्लीराम खनाल

    झापा-अभिनेतृ करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। युट्युबमा करिश्माको चरित्र हत्‍या गर्ने किसिमको भ्रम फैलाउने अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका हुन्। खनाल युट्युबका ‘भाइल म्यान’ हुन्। उनलाई काठमाडौंबाट पक्राउ गरेर थप अनुसन्धान सुरू गरिएको साइबर ब्युरोका एसपी पशुपति रायले जानकारी दिए।अभिनेतृ तथा नेकपा एमाले नेतृ करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या हुने अभिव्यक्ति दिएको भन्दै खनालविरुद्ध २५ माघमा प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। खनालले करिश्मा लिभिङ टुगेदरमा रहेको भन्दै युट्युबमा अन्तरवार्ता दिएका थिए।

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 214 पटक पढिएको
  • धनकुटा बहुमुखी क्याम्पसमा झडप, दुई विद्यार्थी घाइते

    धनकुटा - धनकुटा बहुमुखी क्याम्पसमा विद्यार्थी भर्नाको विषयमा बिहीबार अपराह्न दुई संगठनबीचको विवादपछि झडप हुँदा दुई विद्यार्थी घाइते भएका छन् । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियुबीच झडप भएको प्रहरीले जनाएको छ ।घटनामा नेविसंघतर्फका दुई विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा नेविसंघ क्याम्पस इकाई सभापति सुवास भण्डारी र सचिव युवराज कार्की रहेका छन् । घाइते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । जसमध्ये भण्डारीलाई थप उपचारका लागि विराटनगरतर्फ लगिएको जनाइएको छ । घटनाबारे आधिकारीकरुपमा प्रहरीमा उजुरी आइनसकेको प्रवक्ता डीएसपी नरेन्द्र कुँ

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 143 पटक पढिएको
  • झापामा लागुऔषधसहित चार जना पक्राउ

    झापा-झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार अपरान्ह बुद्धशान्ती गाँउपालिका-४  मा लागुऔषध कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० बर्षीय  सुरज  मगरको घर कोठा खानतलासी गरेको थियो । सोहिक्रममा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी SPASPAIN, TRAMADOL गरी १ सय १० पत्ता  र २ ग्राम ६ सय ४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषध बरामद भए संगै संलग्न सोही स्थानका ३८ बर्षीय अमृत श्रेष्ठ समेतलाई प्रहरीले नियन्त्रणमा ल

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 116 पटक पढिएको
  • काँकडभिट्टाबाट मेची–महाकाली उल्टो पैदल यात्रा सुरु गरेका दम्पति पुगे सिन्धुली

    झापा - गत माघ २३ गतेदेखि नेपालको पूर्व–मेचीको काँकडभिट्टाबाट मेची–महाकालीसम्मको उल्टो पैदल यात्रा सुरु गरेका एक दम्पति १२ औं दिनमा सिन्धुली पुगेका छन् ।पश्चिम बाँकेका ५२ वर्षीय रुपना थारु र उनकी श्रीमती ४९ वर्षीय पतरानी थारुले देशमा शान्ति सुव्यवस्था र समस्त प्राणी जगतको कल्याणको कामना गर्दै मेची महाकाली पैदल यात्रा सुरु गरेको बताएका हुन् । पैदल यात्राका क्रममा रुपना थारुले मेचीदेखि महाकालीसम्म उल्टो पैदल यात्रा गरेका छन्।रुपनाकी श्रीमती पतरानीले भने सुल्टो यात्रा गरेकी छन् । उनीहरुको यात्रालाई सफल बनाउन मेचीदेखि महाकालीसम्मका विभिन्न स्थानमा स्थानीय वासीन्दाले खानपान र बासको व्यवस्थापन गर्दै

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 127 पटक पढिएको
  • स्कुटर चालक महिलाको ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु

    झापा- पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार बिहान चितवनबाट मनहरीतर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले मनहरी–६ रामडाँडामा विपरीत दिशामा जाँदै गरेको ग १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट स्कुटर चलाइरहेकी कास्की निर्मलपोखरी–२ कि ३८ वर्षीय अमृता परियारको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । ठक्कर दिने ट्रक, ट्रकका चालक र स्कुटर प्रहरी नियन्त्रणमा रहेको छ । मृतकको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 117 पटक पढिएको
  • एक महिनादेखि प्रसूति सेवा ठप्प

    झापा - जिल्ला अस्पताल पर्वतमा एक महिनादेखि प्रसूति सेवा ठप्प भएकाे छ । जिल्ला अस्पतालका चिकित्सक लामो समयसम्म उपलब्ध नहुँदा प्रसूति सेवा बन्द हाे । प्रसूति सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।अस्पतालमा जलजला, फलेवास, कुश्मा र मोदी, महाशिला र विहादीका सेवाग्राही सेवा लिन आउने गर्छन् । छिमेकी जिल्ला बाग्लुङको दक्षिणी क्षेत्र जैमिनी नगरपालिकाका नागरिक पनि यहाँ उपचारका लागि आउने गर्दछन् ।  एक महिनादेखि चिकित्सक नहुँदा प्रसूति गराउनका लागि पोखरा, काठमाण्डाैलगायत ठाउँ पुग्नुपर्ने बाध्यता रहेकाे छ । पर्वतको कुश्मा नगरपालिका–३ आम्बोटकी कुमारी रेग्मी प्

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 100 पटक पढिएको
  • घरमा आगो लगाउएर श्रीमती र छोराछोरीकाे हत्या गर्न खाेज्ने पक्राउ

    झापा- रुपन्देहीको देवदहमा श्रीमती र छोराछोरीको हत्या प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् । देवदह ९ कालिका टोलस्थित ३९ वर्षका रामबहादुर बिकलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।विकले सोमबार साँझ आफ्नै घरमा श्रीमती र छोराछोरीलाई भित्र थुनेर बाहिरबाट चुक्कल लगाई घरमा आगो लगाएका थिए ।घरको छानोमा आगो सल्किएर दन्किन थालेपछि घर भित्रबाट उनीहरुले हारगुहार गरेपछि गाउँलेहरु जुटेर उद्दार गरेका थिए ।आरोपित विकलाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको छ ।

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 157 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.