समाचार

    Showing 20,331-20,340 of 25,992 items.
  • विराटनगरका आठ स्थानमा ट्राफिक लाइट जडान गरिँदै

    झापा - विराटनगर महानगरपालिकाका विभिन्न आठ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । मुख्य राजमार्ग र बजार क्षेत्रमा ती लाइट जडान गरिने जनाइएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार रोडशेषदेखि राजवंशी चोकसम्म पाँच ठाउँमा ट्राफिक लाइट जडान गर्न प्रक्रिया अघि बढाइएको छ । मुख्य राजमार्गका यी क्षेत्रमा अत्यधिक ट्राफिक जाम र यातायात व्यवस्थापनमा समस्या हुने गरेको छ । बजार क्षेत्रको ट्राफिक चोकदेखि तीनपैनीसम्म तीन ठाउँमा विराटनगर महानगरपालिकाले ट्राफिक लाइट जडान गर्ने तयारी गरेको छ । कार्कीले भने, “लाइट जडानपछि ट्राफिक व्यवस्थापनमा सहज हुनेछ

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 180 पटक पढिएको
  • ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को फिल्ड अडिसन फागुन २० बाट

    दमक । सर्वाधिक पुरस्कार राशी भएको पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को फिल्ड अडिसन झापाको दमकमा हुने भएको हो । दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुने रियालिटी शो को बारेमा जानकारी गराइएको हो । पूर्वकालागि आगामी फागुन २० र २१ गते झापा दमकको सरस्वती मावि इँटाभट्टामा अडिसन हुने छ ।पत्रकार सम्मेलनमा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका सचिव सुरेन शेर्माले विश्वभर छरिएर रहेका नेपाली भाषीको अन्तरनिहित प्रतिभा गायन र नृत्यको माध्यमद्वारा प्रस्फुटन गर्ने उ

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 285 पटक पढिएको
  • बिर्तामोड नगरमा हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रम शुभारम्भ

    झापा- बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रम शुभारम्भ भएको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रम विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले औषधी सेवन गरेर नगर स्तरिय औषधी सेवन कार्यक्रमको शुभारम्भ गर्नु भयो । कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले पनि औषधी सेवन गर्नु भयो ।बिर्तामोड नगरपालिकाको आव्हान, हात्तीपाईले रोग मुक्त नगर हाम्रो अभियान भन्ने मुलनाराका साथ फागुन ११ देखि १७ गतेसम्म

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 81 पटक पढिएको
  • प्रहरी जवान मृत फेला

    झापा- सुर्खेतमा एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।जिल्ला प्रहरी कार्यालय सुर्खेतकी इन्सपेक्टर झरना सोनारका अनुसार विक आफैंले बोकेको एसएलआरको गोली दायाँ कन्चटमा लागेको छ । उनका अनुसार घटना आज बिहान २ः५६ बजे तिरको हो । त्यतिबेला विक ड्युटीमै थिए । अहिले शव शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान गरिरहेको इन्सपेक्टर सोनारले जानकारी दिइन् ।

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 101 पटक पढिएको
  • निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ

    झापा- प्रहरीले निर्माण व्यवसायी मनोज भेटवाललाई पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा भेटवाललाई उनको घरबाटै बुधबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।उनीविरूद्ध चेक बाउन्स गरेको भन्दै प्रहरीकोमा उजुरी परेको थियो । पक्राउ परेका भेटवालमाथि थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 74 पटक पढिएको
  • आजदेखि झापासहित १५ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

    झापा - सरकारले आजदेखि २५ गतेसम्म १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ ।लक्षण नदेखिकाहरुमा पनि हात्तीपाइले रोग लागेको हुन सक्ने भएकाले अभियान चलाइएको बेलामा औषधि खान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासको सुझाव छ । हात्तीपाइलेको लक्षण देखिएपछि औषधि खाँदा निको हुँदैन । त्यसैले रोग लाग्नु अगावै औषधि खान डाक्टरको सुझाव छ ।हात्तीपाइले रोग विरुद्

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 56 पटक पढिएको
  • ‘अस्वस्थकर’ काठमाडौंको वायु

    काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्ला चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको सूचकांकले देखाएको छ ।आईक्यू एयरका अनुसार उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर सूचकांक (एक्यूआई) बढ्दै गएको छ । बिहीबार बिहान ११ः४५ बजे काठमाडौंका मुख्य स्थानहरूमा वायु प्रदूषणको मात्रा १७४ यूएस एक्यूआईसम्म पुगेको आईक्यू एयरले जनाएको छ । सोमबार १५९ रहेको यो मात्रा चार दिनयता निरन्तर बढ्दो क्रममा देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार एक्यूआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ ।एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मि

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 62 पटक पढिएको
  • डब्लुएचओका महानिर्देशक र स्वास्थ्यमन्त्रीबीच स्वीजरल्याण्डमा भेटवार्ता

    झापा - बिरामी सुरक्षासम्बन्धी पाँचौंँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीजरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आफ्नो कार्यकक्षमा भेट गरेका छन्।भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिए। विशेष गरी खोप कार्यक्रम पोलियोलगायत खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानको साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि मन्त्री गिरीले

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 133 पटक पढिएको
  • फरार सांसद लक्ष्मी कोइरीको नाम राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ । जहाँ फरार सांसद लक्ष्मी चौधरी कोइरीको पनि नाम समावेश छ ।उनी निलम्बनमा नपरेका कारण उनको नाम मतदाता नामावलीमा समावेश भएको निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् । मतदाता नामावलीका सम्बन्धमा दाबी, विरोध र उजुरी गर्ने समय सुरु भएको र उजुरी आएको खण्डमा त्यसउपर छलफल हुने पनि आयोगले जनाएको छ ।गत ४ मंसिरको चुनावमा महोत्तरी-१बाट निर्वाचित कोइरीमाथि मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई जबरजस्ती निकालेर हत्या गरेको आरोप छ । उनलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 238 पटक पढिएको
  • छोराछोरीको जन्मदिनमा बालगृहलाई सहयोग

    झापा - झापा बिर्तामोडका त्रिलोचन भट्टराई र कमला बिष्ट भट्टराईले आफ्ना छोराछोरीको जन्मदिन बालबालिकासँग मनाएका छन् । छोरा गौरब र छोरी यारीका भट्टराइको जन्मदिन उनीहरुले अर्जुनधारा – ११ मा रहेको मनमाया आमा बालगृहमा मनाएका हुन् ।छोरा र छोरीको जन्मदिनको अवसर पारेर मंगलबार उनीहरुले बालगृहमा रहेका १८ जना बालबालिकालाई एक छाक खाना खुवाएर स्टिल दराज समेत प्रदान गरेका छन् । केक काट्ने लगायतका फजुल खर्च गरेर भन्दा बन्दी सहायता नेपालद्वारा संचालित मनमाया आमा बालगृहका बालबालिकाहरुलाई आवश्यक सामग्री राख्न छ कोठा भएको स्टिल दराज प्रदान गरेर जन्म दिन मनाउँदा नानीबाबुहरुमा पनि सकारात्मक सन्देश जाने भएर यसो

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 72 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.