समाचार

    Showing 19,991-20,000 of 25,977 items.
  • नयाँ बानेश्वरमा प्रेम लामाले गरे आत्मदाह प्रयास

    काठमाडौं  ।    काठमाडौंको नयाँ बानेश्वर स्थित संसद भवन अगाडि आत्मदाह प्रयास गर्ने ब्यक्तिको पहिचान खुलेको छ। ति ब्यक्ति ५० वर्षीय प्रेम लामा रहेको प्रहरीले जनाएको छ।प्रहरीले उनको सुरक्षित उद्धार गरेको थियो । लामालाई अहिले नियन्त्रणमा लिईएको र परिवारको जिम्मा लगाउने प्रहरीको तयारी छ । उनले शरीरमा पेट्रोल खन्याएर आगो लगाउन खोजेका थिए । प्रहरीका अनुसार उनले ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याएका थिए। लामालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो। यसअघि केही महिनाअघि मात्रै इलामका प्रेम प्रसाद आचार्यले संसद भवनअघि नै आत्मदाह गरेका थिए। उपचारका क्रममा

    • प्रकाशित मितिः चैत २४, २०७९
    • 226 पटक पढिएको
  • प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरीहरुको सरुवा

    काठमाडौं   ।    प्रहरी प्रधान कार्यालयले एकैपटक ठूलो संख्यामा प्रहरीहरुको सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले एकैपटक २ हजार ४५ जनाको सरुवा गरेको हो ।  विभागले प्रहरी कार्यालय सहयोगीहरु ५३२ जना, प्रहरी जवानहरु ६८५ जना, प्रहरी सहायक हवल्दारहरु ५३८ जना, प्रहरी हवल्दारहरु १७३ जना, प्रहरी बरिष्ठ हवल्दारहरु ३९ जना, प्रहरी सहायक निरीक्षकहरु ५७ जना, प्रहरी नायव निरीक्षकहरु १६ जना र प्रहरी बरिष्ठ नायव निरीक्षकहरु ५ जनाको एकैपटक सरुवा गरेएको हो ।

    • प्रकाशित मितिः चैत २४, २०७९
    • 273 पटक पढिएको
  • साहारा नेपालको २८औं वार्षिकोत्सव समपन्न

    पथरी  ।   पथरी साहारा नेपाल सहकारी संस्था पथरी शनिश्चरेले २८औं वार्षिकोत्सव तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले २८ वार्षिकोत्सवको अवसरमा ट्राफिक कार्यलय पथरी र ईलाका प्रहरी कार्यलय पथरीको सहकार्यमा ट्राफिक दुर्घटना न्युनिकरण गर्ने उदेश्यका साथ सचेतना र्याली निकालेको छ । मादक पदार्थ सेवन गरि सवारी साधन नचलाउ, जेब्रा क्रसबाट मात्र बाटो काटौ, दायाँ बायाँ बाटो काट्दा समयमै साईट लाईट बालौ, दुर्घटनाको पीडा चालक आफैलाई हुन्छ प्रहरीलाई हुदैन, मेरो साहारा मेरो गौरव सबैका लागि सधैका लागि जस्ता प्ले कार्डका साथ र्यालीले पथरी बजार परिक्रमा गरि कार्यलयमा कोण सभा

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 172 पटक पढिएको
  • निर्वाचन आयोगले उम्मेदवार विरुद्ध परेका उजुरीको आज साझ सम्म छानबिन गर्ने

    काठमाडौं  ।  आगामी वैशाख १० गते तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार विरुद्ध मंगलबार परेका उजुरीको आयोगले बुधबार छानबिन गर्दैछ । छानबिन गरी साँझ निर्णय गरिने आयोगले जनाएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध चार वटा उजुरी परेका छन् भने अन्य उम्मेदवारविरुद्ध उजुरी परेको छैन ।उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन प्रदान गरिने आयोगले जनाएको छ ।नामावली प्रकाशनपछि चुनाव प्रचारप्रसार सु

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 61 पटक पढिएको
  • यातायात कार्यालयबाट एघार जना बिचौलिया पक्राउ

    वीरगंज  ।   वीरगंजस्थित नारायणी यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनि बार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र वाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने कार्यमा संलग्न एघार जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ।  सेवाग्रहीलाई दुःख र हैरानी गरिरहेको पटक पटक जनगुनासो आउन थालेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा सो कार्य गर्दै गरेको अवस्थामा फेला पारी वीरगञ्ज महानगरपालिका वडा नं. १२ रानीघाट बस्ने वर्ष २५ को आलोक कुमार यादव, वडा नं. १३ बस्

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 103 पटक पढिएको
  • सन्दीप विरुद्धको मुद्दा अन्तिम पेसी आज

    काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्दा आज ‘फास्ट ट्रयाक’बाट सर्वोच्च अदालतले टुंग्याउन लागेको छ । सन्दीप विरुद्धको जबरजस्ती करणी मुद्दाको अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको छ ।उनीविरुद्ध एक नाबालिगले गत भदौमा बलात्कार गरेको अभियोगमा उजुरी दिएकी थिइन् । सन्दीपले गत भदौ ५ मा एक होटलमा लगेर बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ । नाबालिगले भदौ २१ गते जाहेरी दिएकी थिइन् ।चैत १३ गते अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 135 पटक पढिएको
  • पोखरामा एक पुरुषले गरे आत्मदाह

    पोखरा । पोखरामा एकजना पुरुषले आत्मदाह गरेका छन्। स्याङ्जा अर्जुनचौपारी गाउँपालिका– १ घर भई पोखरा महानगरपालिका वडा नम्बर १७ बस्ने नन्दप्रसाद अर्यालले आत्मदाह गरेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।तीनतले घरको दोस्रो तलामा रहेको आफ्नै कोठामा उनले आत्मदाह गरेका हुन्। अर्यालको घरको कोठाबाट एक्कासि आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घरको पहिलो तला र दोस्रो तलाको च्यानल गेटमा ताला लगाएर उनले आफू सुत्ने कोठामा गई आत्मदाह गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।स्थानीयले खबर गरेलगत्तै पुगे पनि कोठामा समेत चुकुल लगाएका कारण उद्धार

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 234 पटक पढिएको
  • पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

    काठमाडौं  ।  अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।उनीमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको छन। आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् ।

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 315 पटक पढिएको
  • वायुसेवा सञ्चालक सङ्घले आजदेखि लागू हुनेगरी हवाई भाडा समायोजन

    काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर रु १० ले कटौती गरेको थियो । सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै रु चार सय ४० भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र रु सात हजार पाँच सय १० तिर्नुपथ्र्यो भने अब रु सात हजार ७० भाडा कायम गरिएको छ ।काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडा रु तीनसय ४५ घटेर अधिकतम भाडा रु पाँच हजार चार सय ९० कायम भएको छ । काठमाडौँ–भद्रपुर रुटमा रु तीन सय, विराटनगर

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 208 पटक पढिएको
  • भरुवा बन्दुक पड्किँदा बालिकाको मृत्यु, तीन जना घाइते

    काठमाण्डौ । सल्यानको कालीमाटी गाउँपालिकास्थित स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ ।त्यसको छर्रा लागेर तीन जना घाइते भएका छन् ।आलेको घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किँदा छर्राले लागेर कालिमाटी गाउँपालिका ७ स्वायनवासकी ९ वर्षीया पुजा घर्तीको मृत्यु भएको हो ।३ वर्षीया देवी घर्ती, ५ वर्षीया यमुना आले र ८ वर्षीय तेजेन्द्र आले घाइते भएका छन् ।घाइते भएकी यमुना आलेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य दुई जनालाई नेपालगन्जमा उपचार गरिएको छ ।

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 180 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.