समाचार

    Showing 18,941-18,950 of 25,959 items.
  • नेपाल र भट्टराईसँग सरकारी वकिलको रोहबरमा बयान लिइने

    काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान सरकारी वकिलको रोहबरमा लिइने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिल राखेर उनीहरूसँग बयान लिने तयारी गरेको हो ।पूर्वप्रधानमन्त्री नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किएपछि सिआइबीले बयानको तयारी थालेको हो । सरकारी वकिलको कार्यालयले करिब एक साताअघि नै मुद्दाका लागि दिन ताकेता गरिरहेका बेला सिआइबीले उनीहरूसँग बयान लिएर मुद्दा बुझाउन लागेको हो ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले बयान लिने काम अनुसन्धान अधिकारीहरूको रहेकाले प्रहरी प्रधान कार्याल

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • 124 पटक पढिएको
  • मुगुमा जिप दुर्घटना चार जनाको मृत्यु

    काठमाण्डौ  । मुगु जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थरका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन् ।यस्तै सिकिस्त घाइतेहरुमा मुगु जिल्ला सोरु गाउँपालिका–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडासदस्य लोकजङ्ग नेपाली छन् । त्यस्तै सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन् ।गमगढी बजार र नेपालगञ्ज जान जिप चढेका पाँचजना हुम

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • 108 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • 235 पटक पढिएको
  • सशस्त्र प्रहरीका ११८ हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस

    काठमाडौं । सशस्त्र प्रहरी बलका ११८ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले साधारण उपसमूहतर्फका ११८ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस गरेको हो ।सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिको सचिवालय हलचोकले जनाएको छ ।बढुवा हुनेमा शंकर नाथ, महेश प्रसाद भट्ट, अग्नीराज सिंह, राम वहादुर बोहरा लगायतका हवल्दारहरु रहेका छन् ।बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी हवल्दारहरुले सोही नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिन भित्र बढुवा उपरको

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 124 पटक पढिएको
  • सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाउने गठबन्धनको निर्णय

    काठमाडौं । सत्तारुढ राजनीतिक दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ ।सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग्नु अनुसन्धानलाई अझै लम्ब्याउनु रहेको निश्कर्ष निकालेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।‘उच्चस्तरीय आयोग आवश्यक छ कि छैन भन्ने विषयमा छलफल भयो । वास्तवमा उच्चस्तरीय आयोग माग्नु भनेको भइरहेको अनुसन्धानलाई डाइल्युट गर्नु भन्ने हाम्रो कुरा रह्यो’ उनले भने ।

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 123 पटक पढिएको
  • आत्महत्या दुरुत्साहन गरेको मुद्दामा राजेश राजबंशी जेल चलान

    मधेस प्रदेश । आत्महत्या गर्न दुरुत्साहनको गरेकाे मुद्दामा रौतहट जिल्ला अदालतले एक व्यक्तिलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्लाको गुजरा नगरपालिका वडा नम्बर ४ का ३३ वर्षीय प्रबेज उर्फ मजिला भन्ने राजेश राजबंशीलाई आफ्नै श्रीमतीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।गत बैशाख २४ गते गुजरा नगरपालिका वडा नम्बर ४ की २५ वर्षिया नुरजहा खातुनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेपछि उनका दाजु अब्बास देवानले राजबंशी विरुद्ध आत्महत्या गर्न दुरुत्साहनको मुद्दा दर्ता गरेका थिए । सोही मुद्दामा आइतबार भएको थुनछेक बहसमा ३ नम्बर इजालशका न्यायधीश बाबुक

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 144 पटक पढिएको
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितको उजुरी

    काठमाडौँ    ।     नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितको उजुरी परेको छ ।  नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कार्यमा ठगी गरेको भन्दै थप १८ जना पीडितले प्रहरीमा उजुरी दिएका छन् ।  काठमाडौँमा सानु भण्डारी, केशव दुलाल समेतको संयुक्त मिलेमतोमा अमेरिका लैजाने बहानामा ठगी गरेको भन्दै लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौँ लगायतका जिल्लाहरुका १८ जना पीडितहरुले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका हुन् । उजुरीमा करिव १ करोड ८५ लाख ९२ हजार भन्दा बढी ठगी गरेको दाबी गरिएको छ भने ३ वटा छुट्टाछुट्टै किटानी जाहेरी पर

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 135 पटक पढिएको
  • काम रोकिएका आयोजनाको ठेक्का तोडिने, काम भएजतिकाे मात्रै भुक्तानी दिइने

    काठमाण्डौ    । अर्थमन्त्री डा प्रकाशशरण महतले काम रोकिएका आयोजनाको ठेक्का सम्झौता तोडिने बताएका छन् । आज अर्थ मन्त्रालयमा आन्दोलनरत निर्माण व्यवसायीसँग भएको छलफलमा अर्थमन्त्री डा महतले हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने तर काम अघि बढ्न नसक्ने देखिएमा त्यस्ता आयोजनाको ठेक्का तोड्ने स्पष्ट पारे । उनले निर्माण व्यवसायीका जायज समस्या समाधान हुने समेत बताए ।“कतिपय आयोजनामा ठेक्का तोड्न नसकिने अवस्था छ भने त्यस्ता आयोजनामा बजेट व्यवस्थापन गरी जतिसक्दो छिटो काम सम्पन्न गरौँ”, उनले भने, “काम हुन सकेको छैन र बजेट पनि छैन भने ती आयोजनाको ठेक्का तोडिन्छ । जतिबेला बजेट हुन्छ, त्

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 172 पटक पढिएको
  • ललिता निवास प्रकरणमा पूर्वमुख्यसचिव पौडेलसँग सीआईबीले लियो बयान

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वमुख्यसचिव लिलामणि पौडेलसँग ललिता निवास प्रकरणबारे बयान लिएको छ । सो प्रकरणमा पौडेलको पनि नाम जोडिएपछि सीआईबीले आइतबार उनीसँग बयान लिएको हो ।२०६९ सालमा गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीको नाममा रहेको ललितानिवासको जग्गा पशुपति टिकिन्छा गुठीको नाममा सार्न मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएको थियो । त्यो स्वीकृतिपछि मन्त्रिपरिषद्को बैठकको निर्णय मुख्यसचिव पौड्यालले प्रमाणीकरण गरेका थिए । त्यही विषयमा सीआईबीले पौड्यालसँग सोधपुछ गरेको हो ।यस प्रकरणमा हाइ प्रोफाइलहरुमाथि छानबिन भइरहेको छ भने सर्वोच्च अदालतले तत्कालीन पूर्वप्रधानमन्त्री

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 165 पटक पढिएको
  • ठमेलको एलओडीमा राजस्वको छापा

    काठमाडौं   ।    राजस्व अनुसन्धान विभागले ठमेलमा रहेको नेपालकै ठूलो नाइट क्लब ‘लर्ड अफ ड्रिङ्क्स’ (एलओडी)मा राजस्व छलीको आशंकामा छापा मारेको छ।विभागको टोलीले शनिबार बिहान ५ बजे छापा मारेर खातापाता नियन्त्रणमा लिएको हो। विभाग स्रोतका अनुसार एलओडीमा भइरहेको कारोबारमा राजस्व छलीको उजुरी परेपछि छापा मारिएको हो।‘हामीले एलओडीको खातापाता र त्यहाँको कम्प्युटरबाट कारोबारको डेटा लिएर अनुसन्धान गरिरहेका छौं,’ विभागका एक कर्मचारीले भने, ‘क्लबमा ठुलो कारोबार भएपनि त्यो बराबरको राजस्व दाखिला नभएको उजुरी आएपछि छापा मारिएको हो।’ यो क्लब सन् २०१९ फेब्रुअरीबाट संचालनमा आएको थियो।१८ सयदेखि दुई

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 160 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.