समाचार

    Showing 17,731-17,740 of 25,912 items.
  • ब्राउन सुगर र गोलीसहित ४ जना पक्राउ

    काठमाडौं । ललितपुरबाट पेस्तोलको गोली र ब्राउन सुगरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।बुधबार दिउँसो १ बजे महालक्ष्मी नगरपालिका-७ चाँगाथलीस्थित एक घरबाट प्रहरीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक र तीन जना नेपाली नागरिक रहेका छन्।सोही वडामा बस्ने सुरेश उप्रेती, लायोक कङ्दवा (लिम्बू), प्युठान घर भई भक्तपुर बस्ने मनोज थापा र भारतीय नागरिक सिनामंगल बस्ने सञ्जय मेहतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू लायोक बस्ने घरबाट पक्राउ परेका हुन्। उनीहरूको साथबाट १४.६८ ग्राम ब्राउन सुगर र दुई राउण्ड नाइन एमएमको गोली बरामद भएको प्रहरीको भनाइ छ।लागूऔषधको क

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 245 पटक पढिएको
  • रास्वपाले सवारीसाधन दुर्घटना न्युनीकरणका लागि संसदमा छलफलका गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा सवारी दुर्घटना न्यूनीकरणका उपायसहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । बढ्दो सवारी दुर्घटनाबाट प्रत्येक वर्ष दुई हजारभन्दा बढीले ज्यान गुमाइरहेको भन्दै सचेतक निशा डाँगीले प्रस्ताव दर्ता गराएकी हुन् ।प्रस्तावमा सवारी दुर्घटनाको अवस्था, दुर्घटनाले पुर्‍याउने तत्कालीन र दीर्घकालीन असर र दुर्घटनाका कारणसमेत उल्लेख गर्दै चालक अनुमतिपत्र किनबेच गर्ने बिचौलिया प्रवृत्तिको अन्त्य, ट्राफिक सचेतना प्रवर्द्धन, सडक प्रयोगकर्तामैत्री पूर्वाधार र व्यवस्थित तथा सुरक्षित सार्वजनिक यातायातको माग गरिएको छ ।

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 241 पटक पढिएको
  • करेन्ट लागेर एक युवकको मृत्यु

    काठमाण्डौ । अछाममा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।जिल्लाको पञ्देवल विनायक नगरपालिका–५ लयाँटीका २५ वर्षीय प्रकाश बुढाको करेन्ट लागेर मृत्यु भएको हो। उनी एभरेस्ट नेटवर्क प्रालिमा कार्यरत थिए। दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ।उनलाई मंगलवार बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका बुढालाई अस्पताल पुर्‍याउँदा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 220 पटक पढिएको
  • कवाडमा पनि बिकेनन् अर्बौंका चिनियाँ जहाज

    काठामाण्डौ  ।  कवाडमा पनि बिकेनन् अर्बौंका चिनियाँ जहाज  १३ वर्षअघि ६ वटा चिनियाँ जहाज ६ अर्ब ६७ करोड १० लाख रूपैयाँमा किनिएका थिए। एउटा जहाज भने दुर्घटनामा पर्‍यो। बाँकी पाँचवटा जहाजको अहिलेको मूल्यांकनका आधारमा ३८ करोड रूपैयाँ कायम गरिएको छ।

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 281 पटक पढिएको
  • गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने मन्त्रिपरिषद्को निर्णय सर्वोच्च अदालतबाट बदर

    काठमाडौँ । गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी मन्त्रिपरिषदबाट दिइएको स्वीकृति सर्वोच्च अदालतले बदर गरिदिएको छ ।बुधवारको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णय बदर गरिदिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले अधिवक्ता ओमप्रकाश अर्याल लगायतबाट दायर रिटकै पक्षमा फैसला सुनाएको हो ।सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२ लगायतका कानूनी प्रावधान अनुकुल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र स

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 1,138 पटक पढिएको
  • प्रतिनिधि सभाबाट पारित भयो सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक

    काठमाडौं । प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण मनि लाउण्डरिङ्ग निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धधन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ ।बुधवार बसेको प्रतिनिधि सभाको बैठकले सम्पत्ति शुद्धीकरण मनि लाउण्डरिङ्ग० निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० बहुमतले पारित गरेको छ ।विधेयक पारित गरियोस् भनि कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 255 पटक पढिएको
  • अरुण चौधरीसहित ३ जना सीआईबीको हिरासतबाट रिहा, अस्पतालबाट पनी भए डिस्चार्ज

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित ३ जनालाई रिहा गरेको छ। उनिहरु रिहाहुने बित्तिकै अस्पतालबाट पनि डिस्चार्ज भएका छन। काठमाडौं जिल्ला अदालतको आदेशानुसार उनीहरुलाई बुधबार रिहा गरिएको सीआईबीले जनाएको छ।बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा योजनाबद्ध रुपमा निजी स्वामित्वमा ल्याएको विषयमा अनुसन्धान गरिरहेको सीआईबीले बिहीबार चौधरीसहितलाई पक्राउ गरेको थियो। सीआईबीले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी ल

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 270 पटक पढिएको
  • सवारी दुर्घटना हुँदा २ वर्षीया बालिकाको मृत्यु

    काठमाण्डौ  ।   सुवर्ण गाउँपालिका-३ सतगंजमा बुधवार भएको सवारी दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु भएको छ । कलैयाबाट सतगंजतर्फ जाँदै गरेको ना ३ ख ९९९० नम्बरको यात्रुबाहक बसबाट आमासित ओर्लिने क्रममा कलैया उपमहानगपालिका-८ मदर्सा टोलका मुना साहकी छोरीको मृत्यु भएको कलैया अस्पतालले जनाएको छ । उपचार गर्नु अघि नै बालिकाको मृत्यु भइसकेको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए ।बालिका आमासित त्यही बसमा मामा घर भारत तर्फ जाँदै थिइन् । घटनास्थल सतगंज दसगजासित जोडिएकाले बालिकाको मामा घरबाट आएका आफन्त र भारतीय गाउँ छौडादानोका स्थानीय बासिन्दाको समुहले बसमा समान्य तोडफोड गर्दै दसगजामा केहीबेर घटन

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 187 पटक पढिएको
  • समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न खापुनले दिए निर्देशन

    पाचथर  ।  समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले आज जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको स्थलगत निरीक्षण गरेका छन । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यरत प्रहरी कर्मचारीहरुलाई समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न  निर्देशन दिएका छन । निर्देशनको क्रममा वहाँले सम्पुर्ण प्रहरी कर्मचारीहरुले आपसी भाईचारा तथा

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 211 पटक पढिएको
  • प्रतिवन्धित लागुऔषध सहित ३ जना पक्राउ

    बिराटनगर   ।   झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र  औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका शिवसताक्षी नगरपालिका-५ का २३ बर्षीय शायद बोहोराको साथबाट ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो छ । यसै गरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले मोरङको बिराटनगर-१५ स्थितबाट सुनसरी बराहक्षेत्र नगरपालिका-२ का २१ बर्षीय

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 191 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.