मुगु । हिमपहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता भएका छन् । जुम्लाको पातारासि गाउँपालिका२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीरबोहोरा बेपत्ता भएको जुम्लाको पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए ।अन्दाजी १२ देखि १३ जनाको टोली मध्ये ३ जना बेपत्तामा परेको बोहोराको भनाई छ। उनीहरू मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु भन्ने लेकमा शनिबार बेपत्ता भएको अध्यक्ष बोहोराले बताए ।उनीहरू यार्सा संकलनको लागि सो क्षेत्रमा गएको उनले जानकारी दिए । थप विवरण आउन भने बाँकी रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । बेपत्ता भएता तीन जनालाई उद्धार गर्न मुगुको जिल्
काठमाडौँ । ‘अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०२२) मा भरेको डिभीको नतिजा शनिवार ९ः४५ (मे ६ तारिख न्यूयोर्क समय मध्यान्ह १२ बजेपछि) बजेपछि सार्बजनिक भएको हो। डिभी लट्री २०२४ को नतिजा शनिबार सार्वजानिक भएको छ।अमेरिकी डिभी चिठ्ठापरे नपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन।इडिभी पर्यो कि परेन भनेर https://www.dvlottery.state.gov/ लिंकमा गएर डिभी चिठ्ठाको नतिजा हेर्न सकिन्छ।हरेक वर्ष विभि
काठमाडौं । आइतबार देशका चारवटा प्रदेशमा वर्षा हुने भएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। आइतबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
काठमाण्डौ । दोलखामा आफ्नै दिदीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छन। ३२ वर्षीया कल्पना भुजेल श्रेष्ठको हत्या आरोपमा मेलुङ गाउँपालिका–१ पोवटी बस्ने २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो।विगत १ वर्षदेखि माइतमा बस्दै आएकी कल्पनालाई उनकै भाई रामभरतले उतिसको दाउराले टाउकोमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
मोरङ । विराटनगरबाट अवैध ५४ तोला सुन र साढे सात लाख भारतीय रुपैयाँ बरामद गरेको छ।प्रहरीले सुन र नगदसहित कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक विनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारका छन्। विनोद मुरारका विराटनगरको केएल दुगर समूहका लेखापाल हुन्। पुष्पा भने नेपाली नागरिक हुन्। उनीहरूको साथबाट ८ किलो चाँदी पनि बरामद भएको छ। प्रहरीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको हो।को २ च १४९५ नम्बरको कारमा भारत लैजाने प्रयास गर्दा उनीहरू पक्राउ परेका हुन् । बरामद सुन र चाँदीको मूल्य ९० लाख बराबरको रहेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी प्र
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कसैको दबाबमा नपर्ने बताएका छन् । प्रक्रिया र कानूनअनुसार सरकार अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए ।भ्रष्टाचारविरुद्धको कारबाही नरोकिने बताउँदै प्रचण्डले भने, प्रक्रिया, पद्दति र ऐनअनुसार सरकार दृढताका साथ अगाडि बड्छ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट सरकार अगाडि बड्छ ।ओलीले अस्ति र आजको भेटमा पार्टीका नेता टोपबहादुर रायमाझीको विषयमा चासो राखेको प्रचण्डले स्वीकार गरे । तर आफ्नो नेता जोगाउन नभनेको उनको आशय थियो ।प्रचण्डले भने अस्ति पनि उहाँको कन्सर्न थियो । तर आफ्नो नेता बचाउ भनेर
बर्दिबास । नेपाल भारत सीमा क्षेत्रमा तस्करी व्यापक मात्रामा भएको समाचार प्रकाशनमा आएपछि मधेश प्रदेश सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआइजि दिपेन्द्र शाहले रौतहट सदरमुकाम गौरमै पुगेर सीमा वारपार हुने तस्करी नियन्त्रणका लागि कडा निर्देशन दिएका छन्। डिआइजि शाहले तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिँदै तस्करी नियन्त्रण नभए कमान्डर नै जिम्मेवार हुने चेतावनी पनि दिएका छन्। सीमा वारपार हुने अवैध गतिविधिलाई शुन्य सहनशीलता अपनाई काम गर्न डिआइजि शाहले निर्देशन दिएका छन् । गौर भन्सार कार्यालयनजिकै रहेको बिओपिमा डिआइजि शाहले निर्देशन दिँदै गर्दा भन्सारमा खटिएका सशस्त्र प
रौतहट । भन्सार कर्मचारीकै मिलोमतोमा रौतहटमा तस्करी उत्कर्षमा पुगेको बेला तस्करी आरोपमा गौर भन्सार कार्यालयका प्रमुखमाथि अख्तियारले अनुसन्धान गरिरहेको बुझिएको छ। भारतबाट आएको सामान गौर भन्सार भएर कर्मचारीकै मिलोमतोमा तस्करी हुने गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार प्रमुख वासुदेव नेपालविरुद्ध अनुसन्धान गरेको हो। यसबारे नेपालसँग बुझ्दा अख्तियारले सोधेको र त्यसको जवाफमा आफूले चिठ्ठि पठाएको स्वीकार गरे।गत बैसाख ७ मा गौर भन्सार भएर भित्रिएको करिब ८ लाखको कपडा मकवानपुरको हेटौँडामा पक्राउ परेको थियो। यसै गरी चैत ४ गते शनिवार काठमाडौँ जाँदै गरेको ८ लाख ३५ हजार रुपैया बराबरको
काठमाडौं । पोल्ट्री व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका अर्का व्यवसायी प्रदीप रुङ्गटालाई पक्राउ नगरिएको भन्दै चितवन बन्द गरिएको छ।चितवन बन्दको प्रभाव राजमार्ग क्षेत्रमा परेको छ ।राजमार्गमा ठूला सवारी साधान सञ्चालन हुन सकेका छैनन् ।चितवनमा सडक बन्दमा पूर्व-पश्चिम आउने जाने गाडी र यात्रु बीच बाटोमै रोकिएका छन।शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वानमा नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन्।कांग्रेस चितवनका निवर्तमान कोषाध्यक्षसमेत रहेका पोल्ट्री व्यवसायी शंकर कँडेलले अनमोल फिड्सको आफ्नै क
इलाम । इलाममा घर निर्माण गर्ने क्रममा चारजना भारतीय मजदुरको मृत्यु भएको छ । जिल्लाको सूर्योदय नगरपालिका-१० फिक्कलका स्थानीय विनोद श्रेष्ठको घर निर्माण गर्ने क्रममा चारजना मजदुरको मृत्यु भएको हो ।श्रेष्ठको घर निर्माण गर्दै गर्दा शुक्रबार साँझ माथिबाट झरेको सुक्खा पहिरोमा पुरिएर उनिहरुको मृत्यु भएको हो । आजैबाट निर्माण सुरु गरिएको घरको गजको प्लम हाल्ने क्रममा एक्कासि माथिबाट पहिरो झरेर पुरिएका मजदुरको घटना स्थलमै मृत्यु भएको हो ।मृत्यु हुनेमा भारतको किसनगन्ज डिगल बैंकका तोसीब अलाम, अजि मोदिन, मुजाफर अलाम र अब्दुल अलाम रहेको पुष्टि भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.