काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्टुन बक्समा सुन लेपन गरी ल्याएको आरोपमा भारतीय महिला पक्राउ परेकी छिन् ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार नेपाल एयरलाइन्सको फ्लाइटमा शनिबार दुबईबाट काठमाडौं आएकी ३७ वर्षीया तसलिम सुल्ताना बुश्रा पक्राउ परेकी हुन् । सुराकीले दिएको सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको थियो।

OM Sai Pathibhara Hospital

उनले चार वटा खेलाउना राखिएका कार्टुन बाक्स बोकेकी थिइन् । सो बाकसका कागजभित्रको पत्रमा सुन लेपन गरिएको पाइएको प्रहरीले जनाएको छ । कुल ७०० ग्राम सुन र ७४० ग्रामको कफी पनि बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको छ ।