काठमाडौं । काठमाडौं उपत्यकामा लुटपाट, चोरी तथा ठगी गरेको आरोपमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरी आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

माघ २५ गते काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. १ झोरमा १ करोड ५२ लाख रुपैयाँ बराबरको धनमाल डकैत गर्न संलग्न ६ जना व्यक्तिहरु पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा लुटपाटमा संलग्न सोनाम थापा र टाँसी तामाङ रहेका छन् । लुटेर ल्याइएको सुन किन्नेहरु अनन्तराज घिमिरे, आमोल बालुफुके, देवासी सावन्त र कार्तिक पाइका रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद १९ लाख ५० हजार रुपैयाँ, सुन २९५.३ ग्राम सुन, ५ थान मोवाइल र ३ थान मोटरसाइकल बरामद गरिएको छ ।

OM Sai Pathibhara Hospital

माघ २५ गते काठमाडौ जिल्ला टोखा नगरपालिका वडा नं. १ झोरमा रसुवा गोसाइकुण्ड गाउँपालिका वडा नं. १ बस्ने वर्ष २५ को कार्साङ लामा र सिन्धुपाल्चोक घर भएका कुसाङ लामाको साथबाट नगद २५ हजार रुपैयाँ, सुनको १८ तोला तौल भएको बुटिल ३ जोर, बहुमूल्य सिमला मुगा माला जडित सुनको घवा, आइफोन १२ र उनीहरुले चढिआएको ४२८३ नम्बरको मोटरसाइकल गरी अन्दाजी १ करोड ५२ लाख बराबरको चोरी भएको थियो ।फागुन ६ गते ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोल बासुकी टोलस्थित मनिष डाँगीको घरमा ४५ लाख बराबरको धनमाल चोरी गर्ने ३ जना व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अनुप तामाङ, रविन तामाङ र राजन श्रेष्ठ रहेका छन् । उनीहरुको साथबाट नगद १ हजार ९९६ रुपैयाँ विभिन्न देशका नोटहरु ५१ थान र विभिन्न प्रकारका गरगहना पनि बरामद भएको छ । डलर देखाइ ठगी गर्ने गिरोहका रामबहादुर तामाङ, विवि तामाङ र शंकर योगी पनि पक्राउ परेका छन् । उनीहरूमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धान थालेको छ ।