समाचार

    Showing 17,521-17,530 of 23,804 items.
  • नेपाल प्रहरीका २२ डिएसपी एसपीका लागि बढुवा सिफारिस

    काठमाडौँ । नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी उपरीक्षक पद सङ्ख्या २२ मा बढुवाका लागि सिफारिस भएको हो ।गौतमकुमार केसी एक नम्बरमा एसपी बढुवाका लागि सिफारिस भएका छन् । बसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रविन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्तिमगर, बासुदेव पाठक र रुपेश खड्का क्रमशः २ देखि १०औं नम्बरमा छन् ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • 275 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो कोशी प्रदेशका साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।कोशी प्रदेशका साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको सम्भावना रहेको छ । राति भने देशभर मौसम

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • 129 पटक पढिएको
  • एमालेका युवा विद्यार्थीको जेठ १ गते शक्ति प्रदर्शन

    काठमाडौं । नेकपा एमाले निकट युवा–विद्यार्थीले १ जेठमा शक्ति प्रदर्शन गर्ने भएका छन् ।काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य कलेजबाट प्रज्ञा भवनसम्म मार्चपाससहित शक्ति प्रदर्शन गर्ने भएको हो ।नेकपा एमालेविरुद्ध लागेको आरोपको प्रतिरोध गर्नका निम्ति शक्ति प्रदर्शन गर्न लागेको राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले जानकारी दिए । शक्ति प्रदर्शनमा दश हजार बढी सहभागिता हुने बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • 163 पटक पढिएको
  • रौतहटमा प्रहरीले युरिया मल बरामद

    रौटहट  ।   रौतहटको राजपुर नगरपालिका वाड नम्बर ५ बाट नेपाल प्रहरीले युरिया मल बरामद गरेको छ ।भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा भारी मात्रा युरिया मल बरामद गरिएको रौतहटका प्रहरी निरीक्षक दिनेश कुवरले जानकारी दिए ।शुक्रबार करिब तीन १ बजेको समयमा राजपुर नगरपालिका-५ स्थित स्कुल चौकका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको उनले बताए।नेपाल प्रहरी रौतहटले बरामद गरेको युरिया मल आवश्यक रौतहट भन्सार कार्यलयमा लैजाने त्यारी गर्दै उनले बताए ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • 158 पटक पढिएको
  • चितवनमा भ्रष्टाचार बिरुद्ध अभियान

    चितवन   ।    चितवनको नारायणगढमा भ्रष्टाचार बिरुध्द प्रदर्शन गरिएको छ । चितवनको नारायणगढस्थित बालकुमारी रोडमा भ्रष्टाचारीहरुलाई कारवाहीको माग गर्दै स्वतस्फुर्त रुपमा प्रदर्शनमा उत्रिएका हुन् ।प्रदशर्नकारीहरुले भ्रष्टाचारीलाई कारबाही गर, जनता सरकारको साथमा छ, सरकार खुट्टा कमाउ, भ्रष्टाचारीलाई समाउ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।प्रदर्शनकारीहरुले करीब एक घण्टा सडकको छेउमा उभिएर झाली बजाएर भ्रष्टचारीहरुको बिरोध गरेका थिए ।

    • प्रकाशित मितिः वैशाख २९, २०८०
    • 144 पटक पढिएको
  • एमाले केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल

    काठमाडौं   ।    नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । आजको बैठकमा पनि बिहीबार पेस गरिएका प्रतिवेदनमाथि समूहगत छलफल हुने छ ।बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओली, चार निकाय र नौ प्रदेश कमिटीले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बिहीबार पेस गरिएका राजनीतिक र मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदनमाथि समूहगत छलफल हुने छ ।आठ समूहमा केन्द्रीय सदस्यले छुट्टछुट्टै मिसन ग्रासरुट अभियानको समीक्षा गर्ने छन् । सात प्रदेश र एक गैरभौगोलिक समूह बनाइको छ । समूहगत छलफलबाट आउने निष्कर्षलाई आधार मानेर प्रदेश कमिटी

    • प्रकाशित मितिः वैशाख २९, २०८०
    • 152 पटक पढिएको
  • प्रेस काउन्सिलमा जागिर खुल्यो

    काठमाडौँ । नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ। अधिकृत प्रशासन (छैठौं) सहित १२ जनाका लागि जागिर खुलेको हो। आगामी २०८० जेठ १८ सम्म आवाश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।जसअनुसार अधिकृत (प्रशासन) छौठौ खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा) महिला १ जना, सहायक स्तर (पाँचौं) खुल्ला, २, महिला, १, आदिवासी जनजाति १ गरी तीन जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सुचनामा उल्लेख गरिएको छ।

    • प्रकाशित मितिः वैशाख २९, २०८०
    • 139 पटक पढिएको
  • पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश

    एजेन्शी । पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीलाई ‘गैरकानुनी’ ठहर गर्दै उहाँलाई तत्काल रिहा गर्न निर्देशन दिएको छ ।पूर्वप्रधानमन्त्रीलाई अदालतमा उपस्थित भएको केही समयपछि नै ठूलो राहत मिलेको हो । गत वर्ष अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइएका खानलाई सर्वोच्च अदालतले अपराह्न ४:३० बजे उपस्थित हुन आदेश दिएको थियो तर एक घण्टापछि साँझ ५:४० बजे उहाँलाई उपस्थित गराइएको थियो ।पाकिस्तानका मुख्य न्यायाधीश उमर अता बन्दियालले पीटीआई नेता खानलाई इस्लामाबाद उच्च अदालत परिसरबाट हिरासतमा राख्नु देशको कानुनी प्रणालीको ठूलो अपमान भएको बताएपछि उहाँलाई अदालतमा

    • प्रकाशित मितिः वैशाख २९, २०८०
    • 156 पटक पढिएको
  • दश सहकारीको इजाजत खारेज

    काठमाण्डौ  ।   ललितपुर महानगरपालिकाले तोकिएको समय वार्षिक साधारणसभा (एजीएम) र लेखापरीक्षण नगर्ने १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको छ।महानगरले आफूमातहतका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको हो । महानगरले महिला सीप विकास बहुउद्देश्यीय सहकारी, बडीखेल पर्यटन सहकारी, प्रयास बहुउद्देश्यीय सहकारी, एभरग्रीन बचत तथा ऋण सहकारी, कुसुन्ती बहुउद्देश्यीय सहकारी, पारपीदेवी महिला विकास बचत तथा ऋण सहकारी, राजवृक्ष जडीबुटी सहकारी, एभरेष्ट कृषि सहकारी, रातो सूर्य सूचना तथा सञ्चार सहकारी र भृगेश्वर उपभोक्ता सहकारी संस्थाको इजाजत खारेज गरेको हो ।यी सहकारी सथाहरुले सहकारी ऐन, २०७५ बमोजिम

    • प्रकाशित मितिः वैशाख २९, २०८०
    • 211 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ ।आज दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । कोसी प्रदेशका साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।विभागका अनुसार आज राति कोसी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

    • प्रकाशित मितिः वैशाख २९, २०८०
    • 159 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.