सुनसरी  । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परी एक बच्चा, ४ पुरुष र तीन महिलाको मृत्यु भएको हो ।

को १ज २५९३ नम्बरको जिप आज १ः३० बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । जिपमा १७ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटनामा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुासर जीप दुर्घटनामा परेर हतुवागढी गाउँपालिका-२ मानबहादुर बस्नेतसहित रामकुमारी राईं, पदमबहादुर थापा, दिशान राई, कमला अधिकारी, पर्वतमाया राई र किसान राईको मृत्यु भएको छ । किसानको उपचारको क्रममा ज्या गएको हो भने अन्य सबैको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर ९ जना घाईते भएका छन् । घाइते हुनेहरुमा विशेष पराजुली, सावित्रा राई, मिनु राई, शान्तिकला राई, सविना परियार, गायत्री थापा कटुवाल, सुशील परियार, कुलबुङ्ग राई , निकिता कटुवाल रहेका छन् ।