रौतहट  । रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ । राैतहटकाे परोहा नगरपालिका–९ रामपुरखाप स्थित मनि ट्रान्सफरमा शुक्रबार दिउँसाे १ बजे लुटेराहरुले गोली हानेका हुन् ।IMG_20240315_152542

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठका अनुसार गाेली लागि घाइते भएका साहलाई उपचारका लागि वीरगञ्ज  पठाइएकाे छ ।  उनकाे अवस्था  कन्चटमा गाेली लागेकाेले चिन्ताजनक रहेको छ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएकाे छ । उनीहरुकाे साथबाट एक थान कटुवा पेस्ताेल पनि बरामद गरेकाे छ ।

श्रेष्ठका अनुसार मनिष कुमार, राजकुमार कुसुहा र चन्द्रमान सिंहलाई घटनामा संलग्न भएकाे आराेपमा पक्राउ गरीएकाे हाे ।