काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उपप्रधान एवम गृहमन्त्री रवि लामिछाने पनि उपस्थित हुने भएका छन् ।समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुवँरलाई बोलाएकोमा पदेन सदस्यको हैसितमा लामिछाने पनि उपस्थित हुन लागेका हुन् ।उनका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ । उपप्रधान एवम गृहमन्त्री लामिछाने यसअघि यसै समितिको सदस्य रहेका थिए । उपप्रधान एवम गृहमन्त्रीको जिम्मेवारीमा गइसकेपछि स्वत पदेन स
काठमाडौं । बीएन्डसी अस्पतालका मालिक दुर्गा प्रसाई बडिगार्ड थुनामुक्त भएका छन्। बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रसाईका दुवै बडिगार्डलाई थुनामुक्त गर्न आदेश दिएको हो। सर्वोच्चका न्यायाधीशद्वय नकहुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईका बडिगार्डद्वय रामकुमार धिमाल र दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो।दुईजना बडिगार्ड पक्राउ प्रकरणमा उनीहरूका परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए। त्यसपछि सर्वोच्चले गत बुधबार सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन भनेको थियो। अघिल्लो सोमबार सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका २ ज
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू–भागमा बिहान आंशिक देखि साधारण तया बदली रहेको छ । केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेश र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ
काठमाडौँ । कैलाली र बर्दिया जोड्ने चिसापानीस्थित कर्णाली नदीमा बेपत्ता भएका युवा मृत भेटिएका छन् ।पुलबाट पौडी खेल्न हाम फालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए ।बेलौरी स्थायी घर भए पनि उनी कैलालीको लम्कीचुहा नगरपालिका ३, चिसापानीमा बस्दै आएका थिए ।घटनालगत्तै डुंगाबाट उनको खोजीकार्य गरिएको थियो ।
काठमाडौँ । सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा २४ सै घण्टा व्यापार व्यवसायी सञ्चालन सम्बन्धी समन्वय बैठकमा सम्बन्धित सबै निकायहरू र व्यवसायीहरुसँग काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल गरेका हुन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौँले यसको तयारी थालेको छ । ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाएको छ । सोमवार सम्बन्धित निकाय र व्यवसाय
काठमाडौं। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसम्बद्व बिषयमा छलफल गर्न केही उच्च अधिकारीलाई बोलाउने भएको छ ।गृहसँगसम्बद्व केही बिषयमा गम्भीर रुपमै छलफल गर्नुपर्ने भएकाले गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अुनसन्धान व्यूरो (सीआईवी) प्रमुखलाई यही १४ गते समितिमा बोलाउन लागिएको सचिवालयले जानकारी दिएको छ ।राज्य व्यवस्था समितिका सदस्य रहिसक्नुभएका सांसद रवि लामिछाने अहिले गृह मन्त्रालयको नेतृत्वमा हुन्छ । गृहमा उनकै विरूद्वमा कारबाहीको माग गर्दै केही निवेदनहरु परेका छन् । त्यसबाहेक सुशासनसँग सम्बन्धित केही ऐन संशोधन गर्न तयार भएका विधेयक पनि छलफल गरेर टु
ललितपुर । ललितपुरमा होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ ।आइतबार राति ललितपुरको ढोलाहिटीमा होली खेलिसकेपछि होटेलमा मदिरा सेवन गरेको समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई ढोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई ढोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका छन् ।पूजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको छ । उनीहरू दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको एसपी सुवेदीले बताए।घ
धनुषा । धनुषामा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरका अन्दाजी २२ वर्षीय जिते महतो रहेको प्रहरीले जनाएको छ । सोही ठाउँका २५ वर्षीय सरोजकुमार महतो गम्भीर घाइते भएका छन् ।प्रहरीका अनुसार सोमबार साँझ साढे ६ बजे जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा जनकपुर तर्फबाट ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ च ०५१२०७१२ नम्बरको एम्बुलेन्सले बाटो काट्दै गरेको ज ११ प १९९ मोटरसाइकललाई ठक्कर दिएको थियो ।एम्बुलेन्स र मोटरसाइकल तीव्र गतिमा
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ ।मन्त्रालयले वेवसाइटमार्फत सूचना प्रकाशन गरी सार्वजनिक विद्यालयमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ को नियम ५ मा उल्लेख भए बमोजिम भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक बापत कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्थालाई सोही बमोजिम कार्यान्वयन गर्न÷गराउन आग्रह गरेको हो । संविधानमा भएको निःशुल्क र अनिवार्य शिक्षा
काठमाडौँ । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी फैसला गरेको छ ।न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले आज बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन फैसला गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त मेडिकल कलेजलाई सम्वन्धन दिन आदेश गरेको हो ।आदेशमा बीएण्डसी मेडिकल कलेजले प्रक्रिया पुर्याएको भए सम्बन्धन दिन आदेश गरेको छ । फैसलाको पूर्णपाठ पछि आउनेछ ।प्रसाईले मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरिसकेको अवस्थामा अध्यापन अनुमति नदिएको भन्दै काठमाण्डौ विश्वविद्यालय र चिकित्सा शिक्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.