काठमाडौँ । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी फैसला गरेको छ ।

न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले आज बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन फैसला गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त मेडिकल कलेजलाई सम्वन्धन दिन आदेश गरेको हो ।आदेशमा बीएण्डसी मेडिकल कलेजले प्रक्रिया पुर्याएको भए सम्बन्धन दिन आदेश गरेको छ । फैसलाको पूर्णपाठ पछि आउनेछ ।

OM Sai Pathibhara Hospital

प्रसाईले मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरिसकेको अवस्थामा अध्यापन अनुमति नदिएको भन्दै काठमाण्डौ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका थिए।