काठमाडौं। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसम्बद्व बिषयमा छलफल गर्न केही उच्च अधिकारीलाई बोलाउने भएको छ ।

गृहसँगसम्बद्व केही बिषयमा गम्भीर रुपमै छलफल गर्नुपर्ने भएकाले गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अुनसन्धान व्यूरो (सीआईवी) प्रमुखलाई यही १४ गते समितिमा बोलाउन लागिएको सचिवालयले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

राज्य व्यवस्था समितिका सदस्य रहिसक्नुभएका सांसद रवि लामिछाने अहिले गृह मन्त्रालयको नेतृत्वमा हुन्छ । गृहमा उनकै विरूद्वमा कारबाहीको माग गर्दै केही निवेदनहरु परेका छन् । त्यसबाहेक सुशासनसँग सम्बन्धित केही ऐन संशोधन गर्न तयार भएका विधेयक पनि छलफल गरेर टुंगो लाउनुपर्ने अवस्थामा रहेका सचिवालयले जनाएको छ ।

संवैधानिक परिषद ऐनमै संशोधन गर्ने भनेर छलफलकै चरणमा रहेको विधेयक सत्ता समीकरण फेरबदल भएपछि अड्किएको छ भने दलहरुको अडान अब के हुने भन्ने पनि अस्पष्ट रहेको बुझिएको छ ।

समितिका तीन सदस्य त वर्तमान सरकारमा उपप्रधानमन्त्री छन । गृहमन्त्री लामिछाने, उपेन्द्र यादव र रघुवीर महासेठ उपप्रधानमन्त्री छन ।