समाचार

    Showing 17,201-17,210 of 25,912 items.
  • नेपाल प्रहरीका ३३५ जना जवानको सरुवा

    काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले ३३५ जना प्रहरी जवानको सरूवा गरेको छ । प्रशिक्षार्थी दरबन्दी भएका ३३५ जना प्रहरी जवानहरुको सरुवा गरिएको हो ।सूचनामा जेठ महिना देखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खाने व्यवस्था गरिएको उल्लेख छ ।सूचीसहित....

    • प्रकाशित मितिः जेठ ११, २०८१
    • 251 पटक पढिएको
  • संसद्का दुवै सदनको बैठक आज, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

    काठमाण्डौ । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ भने राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि बस्दै छ ।आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रममाथि छलफल र छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने प्रस्ताव रहेको छ । त्यस्तै आजै नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ । संसदको बैठक आज बस्न लागेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध भएन कायम रहेको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगि प्रकरणमा सामेल रहेको भन्दै संसदीय समितिको गठनको माग गर्द

    • प्रकाशित मितिः जेठ ११, २०८१
    • 260 पटक पढिएको
  • राष्ट्रिय अनुसन्धान विभागमा ठूलो संख्यामा विज्ञापन खुल्यो

    काठमाण्डौ । राष्ट्रिय अनुसन्धान विभागले २५२ जनाका लागि दरखास्त आह्वान गरेको छ ।विभागअन्तर्गतको नेपाल विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचरका लागि दरखास्त आह्वान गरिएको छ ।सूचना अनुसार २३४ सहायक सूचक, सुरक्षा गार्ड १६ र परिचर २ का लागि दरखास्त आह्वान गरिएको हो ।सूचनाः

    • प्रकाशित मितिः जेठ ११, २०८१
    • 400 पटक पढिएको
  • माओवादीका नेता शिवकुमार सहित तीन दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश

    झापा  ।   नेकपा माओवादी केन्द्रका भद्रपुर नगर कमिटीका अध्यक्ष शिवकुमार राजभण्डारी सहित तीन दर्जन नेताकार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । पहिलो स्थानीय तहको निर्वाचनमा माओवादीका तर्फबाट भद्रपुरको मेयरका उम्मेदवार र दोस्रो निर्वाचनमा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार रहेका राजभण्डारीको समुहलाइ नेकपा एमाले दोस्रो दमक नगर अधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीले एमालेमा प्रवेश गराएका हुन्।राजभण्डारी सहितको समुह एमालेमा प्रबेश सङै अब भद्रपुर नगर लगायत झापा ३ नम्बर निर्वाचन क्षेत्रमा माओबादीका नेता कार्यकर्ता रित्तिएको छ।भद्रपुरका माओबादी नेताका प्रतिकृया फेसबुकमा .... माओब

    • प्रकाशित मितिः जेठ ११, २०८१
    • 564 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  आज तराईका विभिन्न जिल्लाहरुमा तातो हावा चल्न सक्ने देखिएको छ ।हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।महाशाखाका अनुसार अहिले बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको छ।दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर

    • प्रकाशित मितिः जेठ ११, २०८१
    • 396 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, कोशी गण्डकी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति कोशी, कर्णाली र सुदूरपश्चिम प्र

    • प्रकाशित मितिः जेठ १०, २०८१
    • 407 पटक पढिएको
  • गृहमन्त्रीविरुद्ध सडक तताउने काँग्रेसको तयारी

    काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा जाने निर्णय गरेको छ ।सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ । जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा सहभागी गराउने निर्णय गरेको छ ।केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सदनमा संसदीय छानबिन समिति गठनको मागलाई उठाउँदै पहिलो चरणमा शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्ने जानकारी दिनुभएको छ ।

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • 230 पटक पढिएको
  • लामिछाने र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

    काठमाण्डौ  । गृहमन्त्री रवि लामिछानेबारे महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।बुधबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएको हो ।सहकारीको करोडौं रकम अपचलन र ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेको संलग्नता छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • 578 पटक पढिएको
  • अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार

    काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले  भिसा दिन अस्वीकार गरेको छ। सन्दीपले सामाजिक सञ्जालमार्फत अमेरिकी दूतावासले अस्वीकृत गरेको बताएका हुन् ।आईसीसी टी-२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपले आफूलाई भिसा नदिएको फेसबुकमा लेखेका छन् । सन्दीपले फेसबुकमा लेखेका छन्,’नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्‍यो।दुर्भाग्य! अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।’बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • 554 पटक पढिएको
  • वडाध्यक्ष टंक विष्टमाथि कार्यकक्षभित्रै भाला प्रहार, विष्टको अवस्था गम्भीर

    काठमाण्डौ । दाङ देउखुरीको राजपुर गाउँपालिकामा एकजना वडा अध्यक्षमाथि भाला प्रहार भएको छ । मंगलबार दिउँसो राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष टंक विष्टमाथि कार्यकक्षभित्रै भाला प्रहार भएको हो ।उनको अवस्था गम्भीर छ । हाल उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।राजपुर गाउँपालिका वडा नम्बर ६ खयरभट्टी निवासी २० वर्षीय विजय नेपालीले वडाध्यक्ष विष्टमाथि दिउँसो करिब ४:३० बजे छातीको वायाँ भागमा भाला प्रहार गरेर घाइते बनाएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।घाइते भएका वडाध्यक्षलाई उपचारका लागि लमही अस्पतालमा पुर्‍याइएको छ । वडाध्यक्ष विष्टमाथि आक्रमण

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • 272 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.